Advertisement

कैलाली

कैलालीमा एक बालकको पानीमा डुबेर गयो ज्यान

कैलालीमा एक बालकको पानीमा डुबेर गयो ज्यान

कैलाली, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीमा एक बालकको पानीमा डुबेर ज्यान गएको छ। जिल्लाको गोदावरी नगरपालिका–१ बाँसभारी बस्ने प्रेम विकको ३ वर्षीय छोरा पियुस विकको पानीमा डुबेर ज्यान गएको हो। आफ्नै घर अगाडी रहेको धारामा खेल्ने क्रममा धारा नजिक रहेको पानीले भरिएको खाल्डोमा डुबेर बालक घाइते भएका थिए।  घाइते बालकलाई उपचारको लागि मायामेट्रो अस्पताल धनगढी लगिएकोमा उपचारको क्रममा ज्यान गएको  इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।...
आजदेखि क्रिकेटको सहर धनगढीमा कैलाली प्रिमियम लिग क्रिकेट सुरु हुँदै

आजदेखि क्रिकेटको सहर धनगढीमा कैलाली प्रिमियम लिग क्रिकेट सुरु हुँदै

कैलाली, खेलकुद, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी- आजदेखि क्रिकेटको सहर धनगढीमा कैलाली प्रिमियम लिग  क्रिकेट प्रतियोगिता सुरु हुनेभएको छ । कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा तेस्रो संस्करणको प्रतियोगिता धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुन लागेको हो । सुदूरपश्चिमका खेलाडीको खेल प्रतिभा पहिचान,क्षमता अभिवृद्धिका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न लागि प्रतियोगिता आयोजना गर्नलागेको कैलाली जिल्ला क्रिकेट संघका अध्यक्ष विक्रम बिष्टले बताए । प्रतियोगिताको विजेताले नगद २ लाख रुपैयाँ पाउनेछन् भने उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन्। प्लेयर अफ द सिरिज लाई २५ हजार, वेष्ट ब्याट्सम्यान लाई १५ हजार, नवप्रतिभावान खेलाडी लाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजक कमिटीले जनाएको छ । प्रत्येक खेलमा प्लेयर अफ द म्याच हुने खेलाडीलाई २५ सय रुपैयाँका साथमा ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गर...
कैलालीबाट लागूऔषध सहित बझाङको केदारस्यूँका गोविन्द र लोकेन्द्र पक्राउ

कैलालीबाट लागूऔषध सहित बझाङको केदारस्यूँका गोविन्द र लोकेन्द्र पक्राउ

Breaking News 2, कैलाली, ताजा अपडेट, बझाङ, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङका २ जना युवक कैलालीबाट लागूऔषध सहित पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–५ यातायात कार्यालय पछाडी सडक छेउबाट बझाङको केदारस्यूँ गाउँपालिका–६ घरभएका २६ वर्षीय गोविन्द बहादुर धामी र २८ वर्षीय लोकेन्द्र बोहरा पक्राउ परेका हुन् । उनीहरूलाई लागूऔषध खैरो हिरोइन ३१ ग्राम ७ सय ३० मिलिग्राम र चरेश जस्तो देखिने कालो पदार्थ २ केजी १ सय ७५ ग्राम सहित मंगलबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । यसैबीच लम्कीचुहा नगरपालिका–२ बगनियाबाट लागूऔषध खैरो हेरोइन ५ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई पनि मङ्गलवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ति किशोरलाई इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले पक्राउ गरेको थियोे ।...
राष्ट्रिय युवा संघ नेपालको कैलाली जिल्ला कार्यसमिति गठन, हेमन्त साउदको नेतृत्वमा ३६ सदस्यीय टोली

राष्ट्रिय युवा संघ नेपालको कैलाली जिल्ला कार्यसमिति गठन, हेमन्त साउदको नेतृत्वमा ३६ सदस्यीय टोली

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, ताजा अपडेट, राजनीति, समाचार, सुदूरपश्चिम
कैलाली: नेकपा (एमाले) निकट भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको कैलाली जिल्ला कमिटीको १०औं अधिवेशनले हेमन्त साउदको अध्यक्षतामा ३६ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा हिमान्शु साह, सचिवमा उत्तम महरा, सहसचिवमा कृष्ण थापा र छत्र गुरुङ तथा कोषाध्यक्षमा सरिता जैशी रहेका छन् । सदस्यहरूमा समिर सोडारी, प्रदीप थापा, यज्ञराज बिक, कृष्ण ढाट, गजेन्द्र बोगटी, ललित देवकोटा, सन्तोष चौधरी, दिनेश बिकलगायत युवाहरू चयन भएका छन् । राष्ट्रिय युवा संघ नेपाल देशभरका युवाहरूलाई संगठित गर्दै राष्ट्रनिर्माण र सामाजिक न्यायका लागि अग्रसर भैरहेको नेकपा (एमाले) निकट भातृ संगठन हो । संघले शिक्षा, रोजगारी, युवा उद्यमशीलता र सामाजिक जागरणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। नवनिर्वाचित अध्यक्ष हेमन्त साउदले अधिवेशनलाई सम्बोधन गर्दै युवाहरूको हक, अधिकार र अवसरको सुनिश्चितताका लागि स...
कैलालीमा ५ दिनमा ६५  प्रतिशत किशोरीलाई एचपीभी खोप

कैलालीमा ५ दिनमा ६५ प्रतिशत किशोरीलाई एचपीभी खोप

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, सुदूरपश्चिम, स्वास्थ्य
धनगढी । कैलालीमा पाँच दिनमै लक्ष्यको ६५ प्रतिशत किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाइएको छ । स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले २२ माघदेखि आइतबारसम्म जिल्लाभरका ३२ हजार ८८२ जना बालिका र किशोरीलाई एचपीभी खोप लगाइएको जानकारी दिए । उनकाअनुसार विभिन्न खोप केन्द्रमार्फत ६ कक्षादेखि १० कक्षासम्म अध्ययनरत १०-१४ वर्ष उमेर समूहका बालिका र किशोरीलाई खोप लगाइएको हो । स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार पहिलो दिन चार हजार ८३९, दोस्रो दिन नौ हजार २७५, तेस्रो दिन सात हजार ९७०, चौंथो दिन पाँच हजार १०९ र पाचौं दिन पाँच हजार ६८९ जनालाई खोप लगाइएको छ । भजनी नगरपालिकामा पालिकास्तरीय खेलकुद प्रतियोगिताका कारण ढिलोगरी सोमबारदेखि मात्र खोप लगाइने स्वास्थ्य कार्यालयका प्रमुख कुँवरले बताए । स्वास्थ्य कार्यालयले एचपीभी खोप अभियान अन्तरगत जिल्लाभरका ५० हजार ६ सय १६ बालिका तथा किश...
अङ्ग्रेजी माध्यमबाट गुणस्तरीय शिक्षा प्रदान गर्न समता स्कुल अत्तरिया कैलालीमा शैक्षिक सत्र २०८२ का लागि भर्ना खुल्यो

अङ्ग्रेजी माध्यमबाट गुणस्तरीय शिक्षा प्रदान गर्न समता स्कुल अत्तरिया कैलालीमा शैक्षिक सत्र २०८२ का लागि भर्ना खुल्यो

Breaking News 1, कैलाली, ताजा अपडेट, दैनिक, मुख्य समाचार, शिक्षा
देशका 77 जिल्लामै न्युनतम शुल्कमा अङ्ग्रेजी माध्यमबाट गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको समता एजुकेसन् फाउन्डेसन काठमाडौं द्वारा संचालित समता स्कुल अत्तरिया कैलालीमा शैक्षिक सत्र २०८२ का लागि भर्ना खुलेको छ ।  सम्पुर्ण कक्षामा समान तथा न्युनतम शुल्कमा नर्सरी देखी कक्षा ७ सम्म अध्यापन गराउदै आएको समता स्कुल कैलालीले  सरस्वती पुजाको पावन अवसरमा अक्षरारम्भ कार्यक्रम सहित (play group) मा तथा सोही दिन कक्षा ७ सम्म शैक्षिकसत्र २०८२ का लागी समेत प्रि. रजिस्ट्रेसन पनि नि:शुल्क खुलाएको सम्पुर्णमा सहर्ष जानकारी गराउदछौ।         विशेषताहरु:- 🔘 सम्पूर्ण कक्षामा न्यूनतम शुल्कमा पठनपाठन गराउने नेपालको एकमात्र बिद्यालय। 🔘World Books of Records मा नाम बिश्वकै न्यूनतम समान  शुल्कमा पढाउने बिद्यालयको रेकर्ड राख्न सफल ।           🔘 देशका ७७ जिल्ला सहित भारत, म्यानमार, श्रीलंका र  बंगलादेशमा समेत संचालनमा...
पशु स्वास्थ तथा सेवा ब्यवसायी परिषद निर्वाचनमा भुगोल तर्फ सुदुरपश्चिममा लाल बहादुर बोहरा को उम्मेदवारी

पशु स्वास्थ तथा सेवा ब्यवसायी परिषद निर्वाचनमा भुगोल तर्फ सुदुरपश्चिममा लाल बहादुर बोहरा को उम्मेदवारी

Breaking News 2, कैलाली, ताजा अपडेट, राजनीति, सुदूरपश्चिम
माघ १८ गते हुने पशु स्वास्थ तथा सेवा ब्यवसायी परिषद निर्वाचनमा भुगोल तर्फ सुदुर पश्चिममा लाल बहादुर बोहरा ले उम्मेदवारी  दिएका छन । नेकपा एमाले र नेपाली कांग्रेस निकट गठबन्धन बाट उपाध्यक्षका उम्मेदवार काजिबहादुर श्रेष्ठ नेतृत्वको प्यानल बाट बोहरा उम्मेदवार बनेका हुन् । एमाले -कांग्रेस गठबन्धन बाट भुगोल तर सुदुर पश्चिम् प्रदेश सदस्यमा उम्मेदवार दिएका बोहरा नेल्टा नेपालका सुदुर पश्चिम् प्रदेश संयोजक हुन। सुदुर पश्चिम् प्रदेशमा कुल १ हजार ६ सय ६७ जना मतदाता रहेका छन। बोहराले भूगोल तर्फ सुदुर पश्चिम् प्रदेश सदस्यमा उम्मेदवारी गरे सँगै आफ्नो प्रतिबद्धता समेत सार्बजनिक गरेका छन। उनको क्र.सं.( २ ) रहेको छ। बोहराको उम्मेदवारी किन ? १.पशु स्वास्थ तथा पशु सेवा ब्यवसायलाई कानुनी मान्यताका लागि ब्यवस्थित,मर्यादित र गुणस्तरीय बनाउन। २.एक गाउँ एक प्राबिधिक तथा तिनै तहमा करार सेवामा कार्यरत ...
छाउगोठमा सुतिरहेको बेला बाघको आक्रमण

छाउगोठमा सुतिरहेको बेला बाघको आक्रमण

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, सुदूरपश्चिम
धनगढी: कैलालीको मोहन्याल गाउँपालिका-७ कुइनेकी एक महिला छाउगोठमा सुतिरहेको अवस्थामा बाघको आक्रमणमा परेकी छिन् । ४० वर्षीया सरस्वती बिकलाई आइतबार राति साढे १० बजेको समयमा बाघले आक्रमण गरी घाइते बनाएको हो । मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायका अनुसार बाघको आक्रमणले उनको टाउको र मुखमा चोटमा लागेको छ । गाउँलेले होहल्ला गरेपछि बाघ भागेको उनको भनाई छ । बिकलाई अहिले उपचारको लागि लम्की ल्याउने तयारी गरिएको अध्यक्ष उपाध्यायले रातोपाटीलाई जानकारी दिए । उनको अवस्था भने खतरामुक्त रहेको छ ।...
धनगढीका मेयर हमालको मिडियामा कार्यरत कर्मचारीले तलब नपाई जागिर छोडे

धनगढीका मेयर हमालको मिडियामा कार्यरत कर्मचारीले तलब नपाई जागिर छोडे

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको मिडिया ‘दिनेशखबर’ का सम्पादक वीरेन्द्र भट्टले जागिर छोडेका छन् । झण्डै पाँच वर्षदेखि सो मिडियामा कार्यरत उनले तलबबापत लाखौं रुपैयाँ लिन बाँकी छ । केही दिनअघि उनले सामाजिक सञ्जालमा जागिर छोडेको पोष्ट हालेका छन् । लेखेका छन्,‘मैले आजदेखि दिनेशखबर छोडेँ ।’ उनले तलबका लागि पत्रकारसम्बद्ध संघ संगठन गुहारेको बुझिएको छ । मेयर हमालको अनलाइनले विगतदेखि नै तलब दिन आनाकानी गर्दै आएको स्रोत बताउँछ । जसका कारण अधिकांश पत्रकारले तलब नलिइकन धमाधम जागिर छोडिरहेका छन् । सम्पादक भट्टले आफ्नो ६ लाख रुपैयाँ बाँकी रहेको बताए । गत माघ ६ गतेदेखि जागिर छोडेका उनले तलबका लागि निरन्तर मेयर हमालसँग आग्रह गरिरहेका छन् । उनले अलिअलि गरेर रकम लैजान भनेको भट्टको भनाइ छ । ‘मैले मेयरसँग कुरा गरेँ । त्यसपछि म्यानेजमेण्टमा पनि कुरा राखेँ । उहाँहरु विभिन्न बहा...
हेमा श्री फाउन्डेसन र ट्राफिक प्रहरीको सहकार्यमा सचेतना कार्यक्रम सम्पन्न

हेमा श्री फाउन्डेसन र ट्राफिक प्रहरीको सहकार्यमा सचेतना कार्यक्रम सम्पन्न

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कैलाली : हेमा श्री फाउन्डेसन नेपालको आयोजना र अस्थायी ट्राफिक प्रहरी पोस्ट चौमाला, कैलालीको समन्वयमा गौरीगंगा–२ मा रहेको मालिका माध्यमिक विद्यालयमा कक्षा ११ र १२ का विद्यार्थीहरूलाई लक्षित गरी सडक सुरक्षा तथा ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। सडक दुर्घटनाका घटना वृद्धि भइरहेका कारण विद्यालयस्तरबाटै ट्राफिक सचेतना दिएर दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमबारे जानकारी दिँदै हेमा श्री फाउन्डेसन नेपालका कार्यवाहक अध्यक्ष हेमन्त राज जोशी (बाजे) ले गौरीगंगा नगरपालिकाका पाँचवटा विद्यालयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने बताए। गौरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीले यो कार्यक्रमले विद्यार्थीहरूलाई व्यस्त सडक र राजमार्ग पार गर्दा हुने जोखिमबाट जोगिन सहयोग पुर्‍याउने अपेक्षा व्यक्त गरे। कार्यक्रमका प्रशिक्षक तथा अ...
नेकपा एमालेका युवा नेता उपेन्द्र बम: राजनीतिक सफलताको प्रेरणादायी यात्रा

नेकपा एमालेका युवा नेता उपेन्द्र बम: राजनीतिक सफलताको प्रेरणादायी यात्रा

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, ट्रेन्डिङ, डोटी, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
  कैलाली : डोटी जिल्लाका युवा नेता उपेन्द्र बमले सानै उमेरमा राजनीतिक क्षेत्रमा उल्लेखनीय सफलता हासिल गर्दै आफ्नो पहिचान स्थापित गरेका छन्। नेकपा एमालेको वडा कमिटीबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका बमले पालिका कमिटी, जिल्ला कमिटी हुँदै पार्टीको भातृ संगठनको प्रदेश सदस्यको जिम्मेवारी पूरा गरेका छन्। हाल नेपाल पर्यटन बोर्डको केन्द्रीय सदस्यमा मनोनित हुँदै उनले आफ्नो नेतृत्व क्षमताको प्रमाण दिएका छन्। राजनीतिक यात्रा र योगदान उपेन्द्र बमको राजनीतिक यात्रा केवल व्यक्तिगत प्रगतिमा सीमित छैन; यो समाजको सेवा र परिवर्तनको चाहनामा आधारित छ। बोगटान फुड्सिल गाउँपालिका वडा नं. २, चाल्समा जन्मिएका बमले गाउँस्तरबाट राजनीतिमा प्रवेश गरे। उनी समाजसेवीको रूपमा समेत परिचित छन्। उनले स्थानीय स्तरमा विभिन्न सामाजिक परियोजनाहरूमा संलग्न रहँदै गरिब, पिछडिएका र सीमान्तकृत समुदायको हितका लागि काम...
धनगढीमा आजदेखि प्रधानमन्त्री कप महिला क्रिकेट सुरु हुँदै

धनगढीमा आजदेखि प्रधानमन्त्री कप महिला क्रिकेट सुरु हुँदै

Breaking News 2, कैलाली, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढीः कैलालीको धनगढीमा आज देखि प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु हुँदै छ। नेपाल क्रिकेट संघ क्यानले धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा प्रतियोगिता आयोजना गर्न लागेको हो। १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेश तथा दुई विभागीय एपीएफ र आर्मीको टोली सहभागी हुनेछन। प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेश रहेका छन्। यसैगरी, प्रतियोगिताको समूह ‘बी’ मा कोशी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र त्रिभुवन आर्मी क्लब रहेका छन्। उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशको सामना गर्नेछ भने पहिलो दिनको दोस्रो खेल कर्णाली प्रदेश र एपीएफ क्लबबिच खेलिने छ। प्रतियोगितामा सहभागिताका लागि सुदूरपश्चिम प्रदेशले विन्दु रावलको कप्तानीम...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज