धनगढी- बझाङका २ जना युवक कैलालीबाट लागूऔषध सहित पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–५ यातायात कार्यालय पछाडी सडक छेउबाट बझाङको केदारस्यूँ गाउँपालिका–६ घरभएका २६ वर्षीय गोविन्द बहादुर धामी र २८ वर्षीय लोकेन्द्र बोहरा पक्राउ परेका हुन् ।
उनीहरूलाई लागूऔषध खैरो हिरोइन ३१ ग्राम ७ सय ३० मिलिग्राम र चरेश जस्तो देखिने कालो पदार्थ २ केजी १ सय ७५ ग्राम सहित मंगलबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
यसैबीच लम्कीचुहा नगरपालिका–२ बगनियाबाट लागूऔषध खैरो हेरोइन ५ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई पनि मङ्गलवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ति किशोरलाई इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले पक्राउ गरेको थियोे ।

