धनगढी- कैलालीमा एक बालकको पानीमा डुबेर ज्यान गएको छ।
जिल्लाको गोदावरी नगरपालिका–१ बाँसभारी बस्ने प्रेम विकको ३ वर्षीय छोरा पियुस विकको पानीमा डुबेर ज्यान गएको हो।
आफ्नै घर अगाडी रहेको धारामा खेल्ने क्रममा धारा नजिक रहेको पानीले भरिएको खाल्डोमा डुबेर बालक घाइते भएका थिए। घाइते बालकलाई उपचारको लागि मायामेट्रो अस्पताल धनगढी लगिएकोमा उपचारको क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

