Advertisement

कैलाली

अब धनगढीबाट बझाङ र अछाम उडान, कति छ भाडा ?

अब धनगढीबाट बझाङ र अछाम उडान, कति छ भाडा ?

Breaking News 1, Breaking News 2, Breaking News 3, अछाम, कैलाली, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी । कैलालीको धनगढीदेखि सुदूरपश्चिमका पहाडी जिल्लामा पुनः उडान सुचारू हुने भएको छ । समिट एयरले धनगढी विमानस्थललाई केन्द्र बनाएर बझाङ र अछामको साँफेमा उडान गर्ने भएको हो । साताको दुई दिन अछामको साँफेबगर विमानस्थल र बझाङको देवल विमानस्थलमा धनगढीबाट उडान भर्ने समिट एयरले जनाएकाे छ । जेठ १९ गतेदेखि उडान सुरु गर्ने जनाइएको छ । समिट एयरका प्रतिनिधि आभाश शाहले प्रत्येक सोमबार सोमबार धनगढी–बझाङ–धनगढी र धनगढी–साँफे–नेपालगञ्ज तथा बिहीबार धनगढी–साँफे–धनगढी र धनगढी–बझाङ नेपालगञ्ज उडान हुने जानकारी दिए । उनका अनुसार धनगढी–बझाङको भाडा छ हजार पाँच सय तथा धनगढी–साँफेको भाडा चार हजार पाँच सय निर्धारण गरिएको छ । एयर फास्ट कार्गो सर्भिससंगको सहकार्यमा समिट एयरले पहाडी जिल्लामा उडान भर्ने तयारी थालेको हो ।...
धनगढीमा लागू औषधसहित ३ जना पक्राउ: प्रहरी निरीक्षक योगेश खत्रीको टोलीको सफल अपरेशन

धनगढीमा लागू औषधसहित ३ जना पक्राउ: प्रहरी निरीक्षक योगेश खत्रीको टोलीको सफल अपरेशन

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी; लागू औषध नियन्त्रणमा संलग्न प्रहरी टोलीले धनगढीमा ठूलो सफलता हात पारेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीअन्तर्गत धनगढी वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगेश खत्री र प्रहरी नायव निरीक्षक दीपेन्द्र किमाडीको विशेष टोलीले १७ ग्राम ८५० मिलिग्राम खैरो हिरोइनसहित तीन जनालाई पक्राउ गर्न सफल भएको छ। २०७८ जेठ १२ गते बिहीबार, लागू औषध ब्युरो शाखा कार्यालय धनगढीसँगको समन्वयमा खटिएको संयुक्त प्रहरी टोलीले धनगढी उपमहानगरपालिका वडा नम्बर ३ चौराहा र वडा नम्बर १२ जुगेडा ‘बी’ गाउँमा अपरेशन चलाएको थियो। अपरेशनको क्रममा दुई स्थानबाट लागू औषध बरामद गरिएको हो। धनगढी–३ चौराहाबाट प्रहरीले १६ ग्राम २३० मिलिग्राम खैरो हिरोइन बरामद गर्दै भारतको लखिमपुर खिरी गोला घर भई हाल पल्यामा बस्दै आएका २४ वर्षीय अभिनेश कुमारलाई पक्राउ गर्‍यो। धनगढी–१२ जुगेडा बी गाउँबाट प्रहरीले थप १ ग्राम ६२० मिलिग्राम खैरो हिरो...
कैलालीका भन्सार प्रमुख माथी कुटपिट

कैलालीका भन्सार प्रमुख माथी कुटपिट

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी । प्रमुख भन्सार अधिकृत अनन्तप्रसाद तिम्सिनामाथि कुटपिट भएपछि कैलाली भन्सार कार्यालयका कर्मचारी र एजेन्ट आन्दोलनमा उत्रिएका छन् । शनिबार राति भन्सार कार्यालयको परिसरमै प्रमुख भन्सार अधिकृत तिम्सिनामाथि धनगढी उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख लक्ष्मणसिंह धामीको टोलीले कुटपिट गरेको भन्दै भन्सार कार्यालयको सेवा ठप्प पार्दै कर्मचारी र एजेन्ट महासंघ आन्दोलनमा उत्रिएको हो । कुटपिटमा सङ्लग्न नगर प्रहरी प्रमुख धामीसहितलाई कारबाही र सुरक्षाको माग गर्दै सेवा ठप्प पारिएकी बताइएको हो । भन्सार कार्यालय बन्द भएपछि आयात र निर्यात रोकिएको छ । एजेन्ट महासंघ कैलालीले विज्ञप्ति जारी गर्दै घटनाको भत्सर्ना गरेको छ । उसले घटनाको निष्पक्ष छानबिनको माग गर्दै कर्मचारीको सुरक्षाको ग्यारेन्टी गर्न कैलाली प्रशासनलाई आग्रह गरेको छ । के हो घटना ? धनगढी–अत्तरिया छ लेन सडकको ट्री गार्डेनमा लगाइएको जाली...
अत्तरियामा बेहोस अवस्थामा भेटिएका एक जनाको मृत्यु

अत्तरियामा बेहोस अवस्थामा भेटिएका एक जनाको मृत्यु

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, मुख्य समाचार, सुदूरपश्चिम
९ जेठ, धनगढी- कैलालीको अत्तरियामा बेहोस अवस्थामा भेटिएका एक जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका–२ अत्तरिया बसपार्कमा बिहीबार राति बेहोस अवस्थामा भेटिएका नाम, थर नखुलेका अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार बेहोस अवस्थामा भेटिएका उनलाई प्रहरीले उपचारका लागि पद्ममा अस्पताल पुर्‍याएको थियो । तर पद्मा अस्पतालले सेती प्रादेशिक अस्पताल रेफर गरेको थियो । उनको सेती प्रादेशिक अस्पतालमा राति उपचारकै क्रममा मृत्यु भएको डीएसपी सिंहले जानकारी दिए ।   मृतकको पहिचान भने खुलेको छैन । उनको शव परीक्षणका लागि प्रादेशिक अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।...
वाईसीएलको सुदूरपश्चिम प्रदेश सम्मेलन वैशाख ३० र ३१ गते धनगढीमा हुने

वाईसीएलको सुदूरपश्चिम प्रदेश सम्मेलन वैशाख ३० र ३१ गते धनगढीमा हुने

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी : नेकपा (माओवादी केन्द्र) को भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)को प्रथम सुदूरपश्चिम प्रदेश सम्मेलन हुने भएको छ । सम्मेलन यही वैशाख ३० र ३१ गते धनगढीमा हुने र सम्मेलनको तयारी पूरा भएको वाईसीएलका केन्द्रीय उपमहासचिव तथा सुदूरपश्चिम इन्चार्ज मीनबहादुर घर्तीमगर ‘विश्व’ले जानकारी दिए । उनले सम्मेलनमा प्रदेशका नौ वटै जिल्लाबाट दुई सय २८ जना प्रतिनिधिको सहभागिता रहने बताए । उनले भने ‘प्रत्येक पालिकाबाट दुई जनाका दरले,प्रत्येक जिल्लाबाट पाँच जना र प्रदेशबाट सात जना प्रतिनिधीको सहभागिता हुने छ ।’ सम्मेलनले १३ पदाधिकारीसहित ७१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने उनले जानकारी दिए । इन्चार्ज घर्तीमगरका अनुसार कार्यसमितिमा ३३ प्रतिशत महिला अनिवार्य राखिने छ । वैशाख ३० गते २ वजे धनगढीको रिद्धीसिद्धी पार्टी प्यालेसमा सम्मेलन उद्घाटन हुने उनले जानकारी दिए । सम्मेलन उद्घाटनपूर्व १२ देखि १ बजेक...
सुरेश धामीको नेतृत्वमा वाईसीएल गौरीगङ्गा नगर कमिटी गठन

सुरेश धामीको नेतृत्वमा वाईसीएल गौरीगङ्गा नगर कमिटी गठन

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
कैलाली: नेकपा माओवादी केन्द्रको भातृ संगठन वाईसीएल नेपाल, गौरीगङ्गा नगरपालिकाको अध्यक्षमा सुरेश धामी सर्वसम्मत चयन भएका छन्। आज सम्पन्न नगरस्तरीय अधिवेशनले धामीको नेतृत्वमा ५५ सदस्यीय नगर कमिटी गठन गरेको हो । कार्यक्रमको अध्यक्षता नवनिर्वाचित अध्यक्ष सुरेश धामीले गरेका थिए भने प्रमुख अतिथिका रूपमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्णकुमार चौधरी 'कुन्दन'को विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा वाईसीएलको भूमिकाबारे विभिन्न तहका नेताहरूले धारणा राखेका थिए। कार्यक्रमको सञ्चालन नरेश भुलले गरेका थिए । गौरीगङ्गा नगरपालिका इन्चार्ज नवीन धामीले वाईसीएलले गणतन्त्रको रक्षा तथा भ्रष्टाचारविरुद्ध अग्रणी भूमिका खेल्नुपर्ने बताए । उनले स्थानीय सरकारका गतिविधिमा निगरानी राख्नुपर्ने र आगामी २०८४ मा वाईसीएललाई माओवादी सेनाको रुपमा खडा गर्ने योजनासमेत सार्वजनिक गरे । वाईसीएलका केन्द्रीय उपमहासच...
धनगढीमा लागू औषध सहित एकजना पक्राउ

धनगढीमा लागू औषध सहित एकजना पक्राउ

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढीः धनगढीका एक युवक लागूऔषधसहित पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-१३ कैलालीगाँउबाट सोही ठाउँ बस्ने ३६ वर्षीय सहदेव राना लागूऔषधसहित सोमवार पक्राउ परेका हुन्। रानालाई २५० मिलिग्राम लागूऔषधसहित प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।
माओवादी निकट विद्यार्थी संगठन बाट जितेका स्ववियु सभापतिनै फर्जी विद्यार्थी

माओवादी निकट विद्यार्थी संगठन बाट जितेका स्ववियु सभापतिनै फर्जी विद्यार्थी

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, ताजा अपडेट, मुख्य समाचार, राजनीति, शिक्षा, सुदूरपश्चिम
  धनगढी : कैलालीको घोडाघाडी नगरपालिका–१ स्थित सुखडको राष्ट्रिय कलेजमा भर्ना नै नभएका एक व्यक्ति स्ववियु सभापति बनेका छन् भन्ने खुलासा भएको छ । चैत्र ४ गते सम्पन्न स्ववियु निर्वाचनमा अनेरास्ववियु र नेविसंघको संयुक्त गठबन्धनका उम्मेदवारलाई माओवादी निकट अखिल (क्रान्तिकारी) का सुन्दर गौतमले भारी मतान्तरले पराजित गर्दै सभापति निर्वाचित भएका थिए । एमाले र कांग्रेसका भातृ संगठनहरूको गठबन्धनसँग प्रतिस्पर्धा गर्दै गौतमले ९७ मतले जित हात पारेका थिए । दोस्रो स्थानमा रहेका अखिल समाजवादीका माइकल चौधरी ९२ मतले पछि परे । तर, विजयी गौतम राष्ट्रिय कलेजमा नामै नदिई उम्मेदवार बनेको प्रमाण खुलेको हो । स्नातक तह सकिसकेका उनले स्नातकोत्तर तहमा भर्ना नगरीकनै दोहोर्‍याएर उम्मेदवारी दिएका थिए । अघिल्लो कार्यकालमा पनि उनी सभापति थिए । भर्ना नभएका गौतमको नाम कलेजको भर्ना र...
कैलालीको चुरेमा पानीको हाहाकार: नागरिकलाई पानीकै दुख

कैलालीको चुरेमा पानीको हाहाकार: नागरिकलाई पानीकै दुख

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
गर्मी याम सुरु हुनै लाग्दा कैलालीको चुरे क्षेत्रमा रहेका बस्तीमा खानेपानीको चरम अभाव हुनु थालेको छ । पानीका मुहान सुक्दै जान थालेपछि चुरे गाउँपालिका ६ का कुमैना, सिराडी, चौमासे लगायतका बस्तीमा पानीको अभाव हुन थाले पछि एक गाग्री पानी लिन एक घण्टासम्म हिँडेर मुहानसम्म पुग्नुपर्ने, त्यहाँ पालो कुरेर बस्नुपर्ने र फेरी फर्केर उकालो चढ्नुपर्ने बाध्यता छ । प्रत्येक घरबाट पानी लिनका लागि एक जना मान्छे दिनभर खटिनुपर्ने बाध्यता रहेको गुनासो गर्दै सिराडीका स्थानीय जयराज धामी भन्छन् ‘वरपर मुहान छैन एक घण्टा हिँडेर एक गाग्री पानी ल्याउनु पर्छ, बस्तुभाउका लागि र खानेपानी ओसार्दैमा दिन बित्छ ।’ नजिकैको मुहानको पानी खान प्रयोग गर्ने गरिन्थ्यौ तर अहिले मुहानको पानी सुकेपछि त झन् समस्या भएको छ । घर परिवारमा दुई जनाले पानी ओसार्ने काममा लागेपछि बालबालिकाको पढाइमा समेत असर पर्न थालेको छ । स्थानीय नव...
धनगढीमा छुट्टाछुट्टै सडक दुर्घटना- एकको मृत्यु, तीन घाइते

धनगढीमा छुट्टाछुट्टै सडक दुर्घटना- एकको मृत्यु, तीन घाइते

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको धनगढीमा मंगलबार भएको छुट्टाछुट्टै सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। धनगढी उपमहानगरपालिका–८ स्थित क्याम्पस चोकमा सुपप्र ०१००२ त ४०१५ नम्बरको ट्याक्टरले सुपप्र ०१०११ प ८७१७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक ५५ वर्षीय सुन्दर चौधरीको मृत्यु भएको हो। धनगढी उपमहानगरपालिका–८ निवासी चौधरीको माया मेट्रो अस्पतालमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। दुर्घटनामा संलग्न ट्याक्टर चालक गोदावरी नगरपालिका–९ निवासी २४ वर्षीय अजय चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। त्यसैदिन राति धनगढी उपमहानगरपालिका–१३ झलारी गाउँमा एयरपोर्टबाट राजपुरतर्फ जाँदै गरेको से ६ प ७०१९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुईजना घाइते भएका छन्। धनगढी–४ निवासी २८ वर्षीय चालक लक्ष्मण चौधरी र मोटरसाइकलमा सवार रतीराम चौधरी घ...
कैलालीमा खैरो हेरोइनसहित एक युवक पक्राउ

कैलालीमा खैरो हेरोइनसहित एक युवक पक्राउ

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी— कैलालीको कैलारी गाउँपालिका–१, सडकपुरबाट खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय हसुलिया र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको संयुक्त टोलीले कैलारी गाउँपालिका–८, दुधिया बस्ने २५ वर्षीय सन्जु कुमार चौधरीलाई पक्राउ गरेको हो। उनको साथबाट ४३० मिलिलिटर खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।...
कैलालीमा माइक्रो बसको ठक्कर, सशस्त्र प्रहरीका हवल्दार गम्भीर घाइते

कैलालीमा माइक्रो बसको ठक्कर, सशस्त्र प्रहरीका हवल्दार गम्भीर घाइते

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी— कैलालीको घोडाघोडी नगरपालिका–५ मा माइक्रो बसले ठक्कर दिँदा सशस्त्र प्रहरी बलका एक हवल्दार गम्भीर घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बा ५ ख ४३१७ नम्बरको माइक्रो बसले सुपप्र ०१०११ प ५५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनामा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ निवासी ३९ वर्षीय राजेन्द्र बम गम्भीर घाइते भएका हुन्। उनी सशस्त्र प्रहरी बलको राजश्व, भन्सार तथा औद्योगिक तालिम शिक्षालय टीकापुरमा कार्यरत हवल्दार हुन्। बमको टाउको र अनुहारमा गम्भीर चोट लागेको छ र उनको उपचार धनगढीस्थित निजी अस्पतालमा भइरहेको छ। घटनापछि माइक्रो बस चालक धनगढी उपमहानगरपालिका–१९ फूलबारीका ३९ वर्षीय कृष्ण थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज