Advertisement

सुरेश धामीको नेतृत्वमा वाईसीएल गौरीगङ्गा नगर कमिटी गठन

Advertisement

कैलाली: नेकपा माओवादी केन्द्रको भातृ संगठन वाईसीएल नेपाल, गौरीगङ्गा नगरपालिकाको अध्यक्षमा सुरेश धामी सर्वसम्मत चयन भएका छन्। आज सम्पन्न नगरस्तरीय अधिवेशनले धामीको नेतृत्वमा ५५ सदस्यीय नगर कमिटी गठन गरेको हो ।

कार्यक्रमको अध्यक्षता नवनिर्वाचित अध्यक्ष सुरेश धामीले गरेका थिए भने प्रमुख अतिथिका रूपमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्णकुमार चौधरी ‘कुन्दन’को विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा वाईसीएलको भूमिकाबारे विभिन्न तहका नेताहरूले धारणा राखेका थिए। कार्यक्रमको सञ्चालन नरेश भुलले गरेका थिए ।

गौरीगङ्गा नगरपालिका इन्चार्ज नवीन धामीले वाईसीएलले गणतन्त्रको रक्षा तथा भ्रष्टाचारविरुद्ध अग्रणी भूमिका खेल्नुपर्ने बताए । उनले स्थानीय सरकारका गतिविधिमा निगरानी राख्नुपर्ने र आगामी २०८४ मा वाईसीएललाई माओवादी सेनाको रुपमा खडा गर्ने योजनासमेत सार्वजनिक गरे ।

वाईसीएलका केन्द्रीय उपमहासचिव बिश्वले अबको युवा संगठनलाई अर्थतन्त्रसँग जोड्दै उत्पादनशील बनाउनुपर्ने धारणा राखे । उनले युवा देशको मेरुदण्ड भएको र त्यसलाई मजबुत बनाउनुपर्नेमा जोड दिए ।

नगर प्रमुख तथा पार्टीका प्रदेश सदस्य देवी कडेलले आफ्नो कार्यकालमा युवालाई आत्मनिर्भर बनाउँदै नगरपालिकाको सञ्चालनमा वाईसीएलसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाए । उनले वाईसीएललाई हरेक क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

पार्टीका केन्द्रीय सदस्य लक्षीराम आचार्यले २०६४ सालको वाईसीएलको सक्रियतालाई सम्झाउँदै सोही शैलीमा अगाडि बढ्नुपर्ने धारणा राखे । प्रमुख अतिथि तथा संविधानसभा सदस्य कुन्दनले वाईसीएलले हरेक तहमा नेतृत्व निर्माणमा अग्रसर हुनुपर्ने र युवाहरुलाई रोजगारीसँग जोड्नुपर्ने बताए ।

वाईसीएल गौरीगङ्गा नगर कमिटीको नेतृत्व:

अध्यक्ष: सुरेश धामी

उपाध्यक्ष: अमित नेपाली, पार्वती चौधरी

सचिव: नरेश भुल

सह–सचिव: भीम भुल, दिपेश चौधरी

कोषाध्यक्ष: सुरज आउजी

५५ सदस्यीय नगर कमिटीले आगामी दिनमा युवा परिचालन, स्थानीय सरकारको अनुगमन तथा सामाजिक रूपान्तरणमा अग्रणी भूमिका खेल्ने लक्ष्य राखेको छ।

 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका- ८ मा सिस्नु पाउडर प्रशोधन तथा उत्पादन सम्बन्धी ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । गरिबी न...
बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

धनगढी- बैतडीको मेलौली नगरपालिका-२ सलेनामा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट सवार गाडी र यात्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज