Advertisement

दार्चुलाका करार कर्मचारीको सम्झौता नवीकरण नहुँदा सेवा प्रभावित

Advertisement

दार्चुला- दार्चुलाका नौ वटै स्थानीय तहमा कार्यरत एक हजार २८९ जना करार सेवाका कर्मचारीहरूको सम्झौता नवीकरण नहुँदा जनसेवामा असर परेको छ। अपिहिमाल गाउँपालिकाबाहेक अन्य कुनै पनि पालिकाले नयाँ आर्थिक वर्षमा कर्मचारी नियुक्ति नवीकरण गरेका छैनन्।

करार नवीकरण नहुँदा विशेष गरी स्वास्थ्य सेवा प्रभावित भएको स्थानीय तहहरूले जनाएका छन्। केही पालिकामा भने सम्झौता नविकरण नभए पनि करार कर्मचारी अझै काम गरिरहेका छन्। सुदूरपश्चिम प्रदेश सरकारले चालु आवदेखि करार वा ज्यालादारी कर्मचारी नियुक्तिका लागि स्वीकृत दरबन्दी रिक्त भए मात्र प्रदेश सरकारबाट सहमति लिएर नियुक्ति गर्न सकिने व्यवस्था गरेको छ।

प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ को दफा १५ (उपदफा ९३००) अनुसार करार वा ज्यालादारी नियुक्तिका लागि प्रदेश सरकारसँग स्वीकृति लिनुपर्ने कानुनी प्रावधानले पालिकाहरूमा अन्योल उत्पन्न भएको हो।

अपिहिमाल गाउँपालिकाले भने गत आवमा कार्यरत ९३ करार कर्मचारीको कार्यसम्पादन मूल्याङ्कनका आधारमा नियुक्ति नवीकरण गरेको छ। प्रमुख प्रशासकीय अधिकृत इन्द्रबहादुर रावलका अनुसार मूल्याङ्कनमा ८० अंकभन्दा माथि ल्याउने कर्मचारीको सम्झौता छ महिनाका लागि नवीकरण गरिएको हो।

जिल्लाका अन्य आठ पालिकामा भने नियुक्ति नवीकरण भएको छैन। महाकाली नगरपालिकामा गत वर्ष १७५, शैल्यशिखर नगरपालिकामा २९६, लेकम गाउँपालिकामा ६३, नौगाडमा ११०, मार्मामा १२३, दुहुँमा ८६, व्यासमा ११० र मालिकार्जुन गाउँपालिकामा १३५ जना करार कर्मचारी कार्यरत थिए।

यसबीच, नौगाड गाउँपालिकाले नयाँ कार्यविधि तयार गरी नियुक्तिको प्रस्ताव प्रदेश सरकारमा पठाएको छ भने राजनीतिक दल र स्थानीय बासिन्दाले पनि करार कर्मचारीलाई पुन: काममा फर्काउन माग गरेका छन्।

प्रदेश सरकारका अनुसार दरबन्दी रिक्त भएमा नियुक्तिका लागि स्वीकृति लिनु अघि चार वटा प्रक्रिया पूरा गर्नुपर्नेछ— स्वीकृत दरबन्दी, कार्यरत कर्मचारीको स्थिति, रिक्त पद विवरण तथा तलबभत्ताको स्रोत सुनिश्चितता। यी दस्तावेज कार्यालय प्रमुखले प्रमाणित गरी पठाउनुपर्ने व्यवस्था छ।

सरकारबाट हस्तान्तरण कार्यक्रमअन्तर्गत दातृ निकायमार्फत तलब भत्ता हुने पदहरूमा भने सम्झौता तथा प्रचलित कानुन अनुसार नियुक्तिमा रोक छैन। तर, प्रदेश सरकारले ऐन ल्याए पनि कार्यान्वयनका लागि आवश्यक नियमावली अभावले पालिकाहरूमा नियुक्ति नवीकरणको प्रक्रिया अन्योलमा परेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका- ८ मा सिस्नु पाउडर प्रशोधन तथा उत्पादन सम्बन्धी ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । गरिबी न...
बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

धनगढी- बैतडीको मेलौली नगरपालिका-२ सलेनामा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट सवार गाडी र यात्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज