दार्चुला- दार्चुलामा चरेससहित एक व्यक्ति पक्राउ परेका छन्। जिल्लाको दुहु गाउँपालिका–६ झोलुङ्गे पुलबाट सोही स्थानका ५६ वर्षीय हर्कबहादुर बमलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनको साथबाट शनिवार करिब ४८० ग्राम चरेस बरामद भएको जिल्ला प्रहरी कार्यालय, दार्चुलाले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

