Advertisement

दार्चुला

सुदूरपश्चिम र कर्णालीका हिमाल आरोहण शुल्क दुई वर्षका लागि मिनाहा

सुदूरपश्चिम र कर्णालीका हिमाल आरोहण शुल्क दुई वर्षका लागि मिनाहा

Breaking News 3, कर्णाली प्रदेश, ताजा अपडेट, दार्चुला, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- सुदूरपश्चिम र कर्णाली प्रदेशमा अवस्थित हिमालहरूको आरोहण शुल्क अब दुई वर्षसम्म लाग्ने छैन। पर्यटन प्रवर्द्धन तथा हिमाली क्षेत्रको आर्थिक विकासका लागि नेपाल सरकारले यी प्रदेशका सबै हिमाल आरोहण गर्दा लाग्ने शुल्क (सलामी दस्तुर) आर्थिक वर्ष २०८२/८३ र २०८३/८४ का लागि पूर्ण रूपमा मिनाहा गर्ने निर्णय गरेको छ। दार्चुलाको अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्तबहादुर सिंह (ठेकरे) बोहराका अनुसार, सुदूरपश्चिममा हिमाली पर्यटनको अपार सम्भावना हुँदाहुँदै पनि हालसम्म ६ हजार मिटरभन्दा अग्ला हिमालहरूको सफल आरोहण हुन नसकेको अवस्था छ। यसैले अपिहिमाल गाउँपालिकाले २०८२ वैशाख २ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पर्यटन विभागलाई आरोहण दस्तुर छुट गर्न विशेष अनुरोध गरेको थियो। सरकारले उक्त अनुरोधअनुसार साउन १२ गते बसेको मन्त्री परिषद्को बैठकबाट निर्णय गरेको हो। उक्त निर्णय अनुसार, सुदूरपश्च...
दार्चुलाको अपीहिमाल गाउँपालिका सामाजिक सुरक्षा कोषमा आबद्ध

दार्चुलाको अपीहिमाल गाउँपालिका सामाजिक सुरक्षा कोषमा आबद्ध

Breaking News 1, ताजा अपडेट, दार्चुला, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
दार्चुला- दार्चुलास्थित अपीहिमाल गाउँपालिकाले सामाजिक सुरक्षा कोषसँग औपचारिक सम्झौता गर्दै सुदूरपश्चिम प्रदेशमै सामाजिक सुरक्षाको दायरामा प्रवेश गर्ने पहिलो गाउँपालिका बन्न सफल भएको छ। साउन १२ गते सम्पन्न उक्त सम्झौता पश्चात अपीहिमाल गाउँपालिकामा कार्यरत १५० भन्दा बढी करार सेवाका कर्मचारी, स्वयंसेवक शिक्षक तथा अन्य अस्थायी श्रमिकहरू प्रत्यक्ष लाभान्वित हुने भएका छन्। गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरे बोहराका अनुसार अब ती कर्मचारीहरूले निवृत्तिभरण, बीमा तथा उपचार खर्चजस्ता सामाजिक सुरक्षा सुविधाहरू प्राप्त गर्नेछन्। अध्यक्ष ठेकरेले यो सम्झौतालाई कर्मचारीहरूको हकहित सुनिश्चित गर्ने दिशामा "एक निर्णायक कदम"को रूपमा वर्णन गरे। उनले भने, “यसले कर्मचारीहरूको भविष्य सुरक्षित गर्नुका साथै उनीहरूलाई थप उत्साहका साथ सेवा प्रवाह गर्न प्रेरित गर्नेछ।” सामाजिक सुरक्षा कोषमा आबद्धतापछि कर्मचारी...
सुर्मा देवी बिरीजात मेला: सुदूरपश्चिमको आस्था, परम्परा र पुनर्मिलनको उत्सव

सुर्मा देवी बिरीजात मेला: सुदूरपश्चिमको आस्था, परम्परा र पुनर्मिलनको उत्सव

Breaking News 1, ताजा अपडेट, दार्चुला, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- साउन कृष्ण औंसीदेखि प्रारम्भ भई आधा महिनासम्म चल्ने सुर्मा देवी बिरीजात मेला अहिले सुदूरपश्चिमको बझाङ र दार्चुलामा विशेष रौनकता छाएको छ। यो मेला धार्मिक श्रद्धा, सांस्कृतिक पहिचान र सामाजिक समागमको प्रतीक मानिन्छ। यो मेला बिशेषगरि सुर्मा देवीका करियाहरूले मनाउने गर्दछन् । अहिले बझाङको सुर्मा गाउँपालिका, छबिसपाथिभेरा गाउँपालिका , दुर्गाथलि गाउँपालिका , जयपृथ्वी नगरपालिकाका सुर्मा देवीको पुजा स्थलमा मेलाको रौनकता छाएको हो । प्रत्येक वर्ष लाग्ने मेला यश वर्ष साउन ८ गते बिहीबारदेखि सुभारम्भ भएको छ । मेलामा निराहार व्रत, माछा–मासु–लसुन निषेध, खाली खुट्टा हिडडुल, सुर्मा देवीको पूजा–आराधना, ढाका नाच, मागल र ढुस्का गीत गाउने, चाभाइ खेल, र सुर्मा सरोवरमा स्नानजस्ता परम्परागत गतिविधिहरू सम्पन्न हुन्छन्। मेलाको प्रारम्भ: बाँधा र पूजाआराधना मेलाको पहिलो दिन, औंसीका दिन करिया, धामीझाँक्री, नाइ...
दार्चुलामा मन्दिर गेटमै फोहोरको थुप्रो, सभ्यतालाई गिज्याउने दृश्य

दार्चुलामा मन्दिर गेटमै फोहोरको थुप्रो, सभ्यतालाई गिज्याउने दृश्य

Breaking News 1, ताजा अपडेट, दार्चुला, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
दार्चुला- सदरमुकाम खलङ्गास्थित मालिकार्जुन मन्दिर जाने मुख्य प्रवेशद्वार नजिकै रहेको बाटो अहिले फोहोरले ढाकिएको छ । श्रद्धालु भक्तजन यहीँबाट मन्दिर प्रवेश गर्छन् भने सर्वसाधारणको पनि दैनिक आवतजावत यहीँबाट हुन्छ । तर, मन्दिरको गेटमै थुप्रिएको फोहोरले धार्मिक तथा सांस्कृतिक स्थलमा गम्भीर बेइज्जती गरेको छ । यो त प्रतिनिधि दृश्य मात्रै हो । बजारभरि यस्तै फोहोरका थुप्रा देखिन्छन्, जसले नगरको सभ्यतालाई निरन्तर गिज्याइरहेको छ । घर वरिपरि सफा राख्ने, तर सार्वजनिक बाटोमै फोहोर फाल्ने मानसिकता कहिले सुध्रिन्छ ? स्थानीय बासिन्दा र मन्दिर आउने श्रद्धालुहरूले बारम्बार गुनासो गर्दै आएका छन् कि बाटो छेउमै फोहोर राख्दा दुर्गन्ध फैलिन्छ र वातावरण दूषित हुन्छ । यस अवस्थामा महाकाली नगरपालिकाले तुरुन्तै कदम चाल्नु आवश्यक छ । नगरको सबै क्षेत्रलाई समेट्ने गरी डस्टविनको व्यवस्था गरिनुपर्छ र सार्वजनिक स्...
दार्चुला र बझाङमा वर्षा, नदी तटीय बस्तीलाई सतर्कता अपनाउन आग्रह

दार्चुला र बझाङमा वर्षा, नदी तटीय बस्तीलाई सतर्कता अपनाउन आग्रह

Breaking News 1, ताजा अपडेट, दार्चुला, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
काठमाडौं- दार्चुला र बझाङ जिल्लामा वर्षा भएको छ। दार्चुलास्थित चमेलिया नदीको जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। जलसतह अझै बढ्दो क्रममा रहेकाले नदी आसपासका क्षेत्र तथा डुबानको जोखिमयुक्त होचा स्थानमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। बझाङको बौलीगाड खोलामा समेत जलसतह सतर्कता तह नजिक पुगेको छ। खोला आसपासको क्षेत्रमा पानीको सतह बढ्दो रहेकाले नदी किनारका बासिन्दालाई सतर्क रहन भनिएको छ। यसैगरी, गएराति बर्दियाको दौलतपुर वर्षामापन केन्द्र र वरपरको क्षेत्रमा पनि भारी वर्षा भएको महाशाखाले जनाएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको महाशाखाको जानकारी छ। पहाडी भूभागमा मौसम सामान्यतया बदली भएको छ। आज बागमती र गण्डकी प्रदेशका केही स्थान तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। यस्तै, कोशी, बागम...
दार्चुलाका ८ पालिकामा कित्ताकाट रोकियो, केवल नौगाडले मात्रै भू–उपयोग वर्गीकरण पूरा

दार्चुलाका ८ पालिकामा कित्ताकाट रोकियो, केवल नौगाडले मात्रै भू–उपयोग वर्गीकरण पूरा

Breaking News 1, ताजा अपडेट, दार्चुला, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
दार्चुला- दार्चुलामा नौगाड गाउँपालिका बाहेकका अन्य आठ स्थानीय तहमा साउन १ गतेदेखि जग्गाको कित्ताकाट रोकिएको छ। नापी कार्यालय दार्चुलाका प्रमुख टिकेन्द्रसिंह धामीका अनुसार भू–उपयोग क्षेत्र वर्गीकरण नगरेका कारण ती पालिकाहरूमा कित्ताकाट बन्द गरिएको हो। भू–उपयोग ऐन, २०७६ र नियमावली, २०७९ को नियम ५ अनुसार प्रत्येक स्थानीय तहले भू–उपयोग परिषद् गठन गरी आफ्नो क्षेत्रमा भू–उपयोगको वर्गीकरण गर्नुपर्ने व्यवस्था छ। सरकारले भू–उपयोग नियमावली २०७९ को दोस्रो संशोधनमार्फत पालिकाहरूलाई वर्गीकरणका लागि २०८२ असारसम्मको समय दिएको थियो। तर, तोकिएको समयभित्र नौगाड गाउँपालिका बाहेक अन्य कुनै पनि पालिकाले वर्गीकरण प्रक्रिया पूरा नगरेको नापी कार्यालयले जनाएको छ।...
दार्चुलाको शैल्यशिखर नगरपालिकाका दुई कर्मचारी किर्ते र जालसाजी अभियोगमा पक्राउ

दार्चुलाको शैल्यशिखर नगरपालिकाका दुई कर्मचारी किर्ते र जालसाजी अभियोगमा पक्राउ

Breaking News 1, ताजा अपडेट, दार्चुला, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
दार्चुला-  शैल्यशिखर नगरपालिकाका दुई कर्मचारी सरकारी कागजात किर्ते र जालसाजीको आरोपमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा नगरपालिकाको कृषि शाखा प्रमुख दीपकराज विष्ट र भेटेरिनरी प्राविधिक जनकसिंह धामी रहेका छन्। जनकसिंह धामी शैल्यशिखर नगरपालिकाका नगरप्रमुख विजयसिंह धामीका छोरा समेत हुन्। जिल्ला अदालतको अनुमति लिएर बुधबार उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए। जोशीका अनुसार, उनीहरूलाई मालिकार्जुन अगुवा कृषक समूहसम्बन्धी कागजातमा किर्ते गरी ‘ओखर पकेट क्षेत्र’ कार्यक्रमको रकम निकाल्ने प्रयत्न गरेको आरोपमा पक्राउ गरिएको हो। अनुसन्धानबाट खुल्न आएअनुसार, कृषि शाखा प्रमुख विष्ट र प्राविधिक धामीले समूहका कोषाध्यक्ष जानकी धामी र सचिव मञ्जु धामीलाई मृत देखाउँदै झूटा कागजात तयार पारेका थिए। निष्क्रिय रहेको समूहको बैंक...
दार्चुलाको नेपाल–चीन सीमानाका साउन ७ देखि ९ गतेसम्म खुल्ने

दार्चुलाको नेपाल–चीन सीमानाका साउन ७ देखि ९ गतेसम्म खुल्ने

Breaking News 1, ताजा अपडेट, दार्चुला, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
दार्चुला- दार्चुलाको व्यास गाउँपालिका–१ मा पर्ने नेपाल–चीन सीमानाका (टिङ्करभन्ज्याङ १ नम्बर पिल्लर) साउन ७ देखि ९ गतेसम्म खुल्ने भएको छ। चीनको तिब्बतस्थित ताक्लाकोट प्रशासनले छाङरु र टिङ्करका स्थानीय व्यापारीलाई नाका खुल्नेबारे जानकारी गराएको हो। नाका खुल्ने सूचना पाएपछि यहाँका व्यापारी चीनको ताक्लाकोटतर्फ व्यापारका लागि तयारीमा जुटेका छन्। व्यापारी योगेश बोहराका अनुसार नेपाली व्यापारीले ताक्लाकोटमा नेपाली तथा भारतीय सामानको व्यापार गर्दै आएका छन्। उनका अनुसार हाल ७०–८० जना व्यापारी यसमा संलग्न छन्। नेपाल–चीनमैत्री संघका केन्द्रीय सदस्यसमेत रहेका बोहराले जिल्ला प्रशासनलाई जानकारी दिएको बताए पनि प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले भने तिब्बत प्रशासनको आधिकारिक पत्र प्राप्त नभएको जनाएका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार यस वर्ष व्यास गाउँपालिकाका १४६ जनाले तिब्बत प्रवेश अनुमति नव...
दार्चुलामा तुइन तर्दा ३२ वर्षमा २३ जना बेपत्ता

दार्चुलामा तुइन तर्दा ३२ वर्षमा २३ जना बेपत्ता

Breaking News 1, ताजा अपडेट, दार्चुला, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
दार्चुला- दार्चुलाको व्यास गाउँपालिका–२, तल्लो दुम्लिङका २८ वर्षीय नारायण बुढाथोकी मङ्गलबार तुइन तर्दै गर्दा महाकाली नदीमा खसेर बेपत्ता भएका छन्। भारतीय बजारतर्फ जाँदै गर्दा तुइनको डोरी चुँडिएर उनी खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। वडाध्यक्ष धीरनसिंह बुढाथोकीका अनुसार, सन् १९९३ (वि.सं. २०५०) देखि हालसम्म दुम्लिङ क्षेत्रमा तुइन तर्दै गर्दा २३ जना बेपत्ता भएका छन्। तीमध्ये २० जना दुम्लिङका हुन् भने बाँकी अन्य स्थानका। दुम्लिङमा झोलुङ्गे पुल नहुँदा स्थानीय वर्षौंदेखि अवैध रूपमा तुइन प्रयोग गर्दै आएका छन्। मालगाउँमा पुल भए पनि दुम्लिङबाट तीन घण्टा पैदल हिँड्नुपर्ने बाध्यता छ। नेपाल सरकारले तुइन विस्थापन योजना सञ्चालन गरे पनि दार्चुलाका केही ठाउँमा अझै अवैध तुइनमार्फत वारपार भइरहेको छ। प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले सीमा क्षेत्रमा तुइन प्रयोग नगर्न आग्रह गर्दै यसले सुरक्षामा...
उत्तराखण्डको पञ्चायत निर्वाचनका कारण नेपाल–भारत सीमा नाका बन्द हुने

उत्तराखण्डको पञ्चायत निर्वाचनका कारण नेपाल–भारत सीमा नाका बन्द हुने

Breaking News 1, ताजा अपडेट, दार्चुला, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडी- भारतको उत्तराखण्ड प्रदेशमा हुन लागेको पञ्चायत निर्वाचनलाई मध्यनजर गर्दै बैतडी र दार्चुला जिल्लाका नेपाल–भारत सीमाका नाका बन्द हुने भएका छन्। भारतको उत्तराखण्ड प्रदेशमा यही जुलाई २४ र २८ (आगामी साउन ८ र १२ गते) पञ्चायत निर्वाचनको मिति तय भएको छ। उक्त निर्वाचनलाई शान्तिपूर्ण ढंगले सम्पन्न गराउनका लागि नेपालतर्फका सीमावर्ती नाका अस्थायी रूपमा बन्द गर्ने निर्णय भएको हो। प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलका अनुसार दार्चुलास्थित पुलघाट नाका जुलाई २१ (साउन ५) को बेलुकादेखि जुलाई २४ (साउन ८) को बिहानसम्म बन्द हुनेछ। यस्तै, बैतडीको झुलाघाट नाका साउन ९ गतेदेखि साउन १२ गतेसम्म बन्द रहनेछ। निर्वाचनको सुरक्षा चासोलाई दृष्टिगत गर्दै सीमा बन्द गरिएको जनाइएको छ। यद्यपि, अत्यावश्यक वा आकस्मिक परिस्थितिमा दुवै देशको आपसी सहमतिमा नाका खोल्न सकिने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी पौड...
दार्चुलामा तुइनबाट खसेर एक युवक बेपत्ता

दार्चुलामा तुइनबाट खसेर एक युवक बेपत्ता

Breaking News 1, ताजा अपडेट, दार्चुला, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
दार्चुला- जिल्लाको व्याँस गाउँपालिका–२ दुम्लिङमा तुइनबाट खसेर एक युवक बेपत्ता भएका छन्। बेपत्ता हुनेमा २८ वर्षीय नारायण बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी छत्रबहादुर रावतले जानकारी दिए। उनका अनुसार आज मध्यान्ह १२ बजे बुढाथोकी दुम्लिङबाट भारतीय बजारतर्फ जाँदै गर्दा तुइन अचानक चुडिएर महाकाली नदीमा खसेका हुन्। बेपत्ता बुढाथोकीको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी परिचालन गरिएको छ। दुम्लिङमा झोलुङ्गे पुलको अभावका कारण स्थानीयवासी जोखिम मोलेर तुइन प्रयोग गर्न बाध्य छन्। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।...
दार्चुलाको शैल्यशिखरमा ‘ओखर पकेट कार्यक्रम’को रकम हिनामिना : जीवितलाई मृत देखाएर फर्जी कागज बनाइएको खुलासा

दार्चुलाको शैल्यशिखरमा ‘ओखर पकेट कार्यक्रम’को रकम हिनामिना : जीवितलाई मृत देखाएर फर्जी कागज बनाइएको खुलासा

Breaking News 1, ताजा अपडेट, दार्चुला, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
दार्चुला- दार्चुलाको शैल्यशिखर नगरपालिकामा सञ्चालित ‘ओखर पकेट क्षेत्र कार्यक्रम’मा रकम हिनामिना गर्न जीवित व्यक्तिलाई मृत देखाएर फर्जी कागज बनाइएको खुलेको छ। नगरपालिकाको कृषि शाखा प्रमुख दिपकराज विष्ट र भेटेरिनरी प्राविधिक जनसिंह धामी (नगर प्रमुख विजयसिंह धामीका छोरा) को मिलोमतोमा वडा नं. ६ का मालिकार्जुन अगुवा कृषक समूहका कोषाध्यक्ष जानकी धामी र सचिव मञ्जु धामीलाई मृत देखाइएको हो। कृषि शाखा प्रमुखले ग्लोबल आईएमई बैंक गोकुलेश्वर शाखामा पत्र पठाउँदै जानकी र मञ्जुको सट्टा अध्यक्ष जनकसिंह धामी र सचिव बसन्ती बोहराका हस्ताक्षर मान्य गरिदिन अनुरोध गरेका थिए। पीडित जानकी र मञ्जुले आफूहरूलाई मरेको भनी झूटा कागज बनाएर खाताबाट रकम निकाल्ने प्रयास भएको जनाए। उनीहरूका अनुसार समूह लामो समयदेखि निष्क्रिय थियो, तर अध्यक्षले कार्यक्रमको रकम हत्याउन फर्जी कागज बनाए। कृषि शाखा प्रमुख विष्टले समू...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज