बझाङमा घर छोडि विभिन्न दलसँग जोडिएका नेताकार्यकर्ता पुरानै घरमा फर्किए
धनगढी- बझाङमा घर छोडि विभिन्न दलसँग जोडिएकाहरू फेरि पुरानै घरमा फर्किएका छन् ।
जिल्लाको बुङ्गल नगरपालिकाका विभिन्न दलसँग जोडिएका नेता कार्यकर्ताहरू पुनः पुरानै घर नेकपा एमालेमा फर्किएका हुन् ।
नेकपा एमाले बुंगल नगरकमिटीको दोस्रो नगर अधिवेशनमा समाजवादीका जिल्ला सचिवालय सदस्य कर्ण धामी, जिल्ला कमिटी सदस्य गोर्ख धामी, नगरकमिटी अध्यक्ष दिपक कुँवर र नेपाली काँग्रेसबाट जयराज धामी पुरानै घरमा फर्किएका नेकपा एमाले बझाङले जनाएको छ
उनीहरू एमाले फुटेर नेकपा एकीकृत समाजवादी हुँदा एमाले छोडेर समाजवादीमा जोडिएका थिए ।
मोहन कुँवरको अध्यक्षतामा सुरु भएको अधिवेशनमा नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा बझाङ जिल्ला इन्चार्ज भैरव बहादुर सिंह रहेका छन् भने, केन्द्रीय सदस्य, संविधान सभा सदस्य तथा प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ का इन्चार्ज अफिलाल ओखेडा, संविधानसभा सदस्य तथा नेकपा एमाले केन्द्रीय सल्लाह...












