सुरेन्द्र खत्री बझाङ ।
बझाङमा राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) को पार्टी कार्यालय उद्घाटन गरिएको छ ।
सोमबार जिल्ला सदरमुकाम चैनपुरमा पार्टी कार्यालय उद्घाटन गरिएको हो ।
पार्टी कार्यालयको कुनै पनि राजनीति दलसँग आवद्ध नभएकी(स्वतन्त्र) जेष्ठ नागरिक ८५ वर्षीय महेश्वरी सिंहले पानसमा बत्ती बालेर उद्घाटन गरेकी हुन् ।
सिंहले कार्यालय उद्घाटन गरेर अवलोकन तथा निरीक्षण समेत गरेकी छिन् ।
जिल्लामा पार्टी विस्तारको काम स्थापना कालदेखिनै गरि विभिन्न कार्यक्रम गरिएतापनि औपचारिक रूपमा भने सोमबारबाट कार्यालय उद्घाटन गरिएको जिल्ला कमिटी सदस्य तथा पार्टी प्रवक्ता अशोक मल्लले जानकारी दिए । जिल्लामा कार्यालय स्थापना सँगै अब पार्टीका विभिन्न गतिविधि सञ्चालन गर्न सहज हुने प्रवक्ता मल्लको भनाइ छ। कार्यालय उद्घाटन गर्नु अघि चैनपुर बजार परिक्रमा गरिएको थियो ।

पार्टीका जिल्ला सभापति सत्यराज उपाध्यायको अध्यक्षमा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथी जेष्ठ नागरिक सिंह रहेकी थिइन् । कार्यक्रममा विशिष्ट अतिथि जयपृथ्वी नगरपालिकाका प्रमुख चेतराज बजाल र रास्वपा सुदूरपश्चिम प्रदेश सल्लाहकार सत्यराज रावल रहेका थिए । कार्यक्रममा विभिन्न पार्टी प्रतिनिधि,सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख ,पत्रकार व्यवसायी एवंम रास्वपा नेता कार्यकर्ता पार्टी प्रती आस्थावानहरूको बाक्लो उपस्थिति रहेको थियो । यस्तै पार्टी कार्यालय उद्घाटनको अबसरमा विभिन्न पार्टी परित्याग गरि १० जनाले रास्वपामा प्रवेश गरेका छन् ।


