धनगढी- बझाङको साइपाल गाउँपालिकामा हिम पहिरोमा परि ४५ वटा भेडा बेपत्ता भएका छन्। साइपाल गाउँपालिका-४ धुलीका जयपाल रोकायाका ४५ भेडा हिमपहिरोमा परि बेपत्ता भएका हुन।
गुदुपाल हिमालको फेदीमा रहेको गुदुपाल सामुदायिक वनबाट भेडा चराएर घर तर्फ फर्किने क्रममा हिमपहिरो आएको प्रहरीले जनाइएको छ। घटना शनिबारको भए पनि प्रहरीमा भने आइतबार मात्रै खबर आएको प्रहरीले जनाएको छ।
हिमपहिरोमा भेडाहरू परेको खबर आएलगत्तै सीमा प्रहरी चौकी धुलीबाट उद्धारको लागि आइतबार नै प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सोमबार पनि प्रहरी र स्थानीयले पहिरोमा पुरिएका भेडाहरूको खोजी गरिराखेका जनाइएको छ।

