बझाङको देउरामा इलाका प्रशासन कार्यालय स्थापना हुने, सुदूरपश्चिममा ६ र देशभर २३ इलाका प्रशासन थपिँदै
बझाङ- सरकारले सेवा प्रवाहमा सहज ल्याउन बझाङको देउरामा इलाका प्रशासन कार्यालय स्थापना गर्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले बझाङको देउरा सहित २३ जिल्लामा इलाका प्रशासन कार्यालय स्थापना सम्बन्धि प्रस्ताव मन्त्रिपरिषदको प्रशासन समितिमा पठाएको छ। प्रशासन समितिले आवश्यक छलफल गरि कार्यान्वयनका लागि अगाडि बढाउने छ।
बझाङको देउरामा इलाका प्रशासन कार्यालय स्थापना हुने भन्ने खबर आएपछि केही समय अघि झोताबासीले झोतामा इलाका प्रशासक कार्यालय हुनुपर्ने माग राखेका थिए । नापी पालपोत कार्यालय झोता भएको र इलाका प्रशासन कार्यालय पनि झोतामै हुनुपर्ने मागसहित जिल्ला प्रशासन कार्यालय समेत पुगेका थिए । केहीले व्यक्तिले भने भूगोलका हिसाबले सबैलाई पायक पर्ने देउरा भएकाले देउरामा नै इलाका प्रशासन कार्यालय हुनुपर्ने माग गर्दै आएका थिए । अन्ततः सरकारले इलाका प्रशासन कार्यालय देउरामै स्थापना गर्ने निश्चित गरेक...











