Advertisement

बझाङ

मृतक परिवार ठगेको आरोपमा व्यापारी मल्ल पक्राउ

मृतक परिवार ठगेको आरोपमा व्यापारी मल्ल पक्राउ

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङका ठूला व्यापारी सुरत बहादुर मल्ल पक्राउ परेका छन्। मृतकको परिवारलाई ठगेको आरोपमा उनी पक्राउ परेका हुन् । अहिले उनलाई पिडितकाे उजुरीका आधारमा सदरमुकाम चैनपुरबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। प्रहरीका अनुसार केही समयअघि जिल्लाको झनाना भएको ट्याक्टर दुर्घटनामा जाजरकोटका लोकेन्द्र घर्ती र सञ्जय बुढाको मृत्यु भएको थियो। त्यसपछि जिल्ला प्रशासन कार्यालयमा ट्याक्टरधनी र ठेकेदारले मृतकका परिवारलाई जनही पाँच लाख रुपैयाँ दिने सम्झौता भएको थियो। पीडित परिवारले जनही पाँच लाखको चेक पाए पनि, प्रशासनको गेटभन्दा तल पुग्नेबित्तिकै मल्लले चेक खोस्न लगाएको र मात्र दुई–दुई लाख रुपैयाँ बुझाएको आरोप लगाएका छन्। बाँकी रकम नदिएर उल्टै धाकधम्की र कुटपिट गरेको भन्दै मृतकका बुवा तुले घर्ती र कृष्ण बहादुर बुढाले उजुरी दिएका हुन्। प्रमुख जिल्ला अधिकारी कैलाश ठकुराठीले पीडितलाई न्याय दिला...
उच्च रक्तचाप भएकी बालिकाको ज्यान प्रहरी खत्रीको रक्तदानले बचायो

उच्च रक्तचाप भएकी बालिकाको ज्यान प्रहरी खत्रीको रक्तदानले बचायो

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ– उच्च रक्तचापका कारण ज्यान जोखिममा परेकी १३ वर्षीया बालिकालाई जिल्ला प्रहरी कार्यालय बझाङकी प्रहरी कपुर खत्रीले रक्तदान गरेर बचाएकी छन्। जिल्लाको दुर्गाथली गाउँपालिका–३ की समीक्षा पार्की उच्च रक्तचापका कारण जिल्ला अस्पताल बझाङमा उपचाररत थिइन्। रगतको आवश्यकता भएपछि समाजसेवी सविता खड्काको पहलमा महिला बालबालिका शाखामा लामो समयदेखि सेवा गर्दै आएकी खत्रीले बी-पोजिटिभ रक्तदान गरिन्। स्थानीय स्रोतका अनुसार खत्रीको समयमै गरिएको रक्तदानका कारण पार्कीको ज्यान बचाउन सफल भएको हो। महिला र बालबालिकाको स्वास्थ्य तथा सुरक्षामा सक्रिय खत्री विगतदेखि नै जिल्लामा ‘मलमपट्टी’ जस्तै सहयोग पुर्‍याउँदै आएकी छन्।...
बझाङमा मृतकलाई दिने ५ लाखको चेक खोसिएको आरोपमा दुईजनामाथि मुद्दा

बझाङमा मृतकलाई दिने ५ लाखको चेक खोसिएको आरोपमा दुईजनामाथि मुद्दा

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको झनाना क्षेत्रमा ट्याक्टर दुर्घटनामा मृत्यु भएका व्यक्तिका परिवारलाई दिने भनिएको ५–५ लाखको चेक खोसिएको आरोपमा सुरतबहादुर मल्ल र अरुणप्रसाद थपलियाविरुद्ध मुद्दा दर्ता गरिएको छ। जिल्ला प्रशासन कार्यालय बझाङमा भएको निर्णयअनुसार मृतक लोकेन्द्रबहादुर घर्ती र सञ्जय बुढाका परिवारलाई जनही ५ लाख राहत दिने तय भएको थियो। तर पीडितका अनुसार चेक वितरणका क्रममा प्रशासन कार्यालयको गेट बाहिर दुबै आरोपीले धम्की दिँदै चेक खोसेका हुन्। उक्त दुर्घटना केही समयअघि झनाना नजिकैको पक्की पुलमाथि भएको थियो। ट्याक्टर सुरतबहादुर मल्लको स्वामित्वमा रहेको र दिव्य ज्योति कन्स्ट्रक्सनले प्रयोगमा ल्याएको थियो। पीडित परिवारका तर्फबाट जाजरकोट भेरी नगरपालिका–२ का धनबहादुर घर्ती, तुले घर्ती र कृष्णबहादुर बुढाले उजुरी दिएका छन्। उनीहरूका अनुसार आरोपितहरूले मृतकका परिवारलाई दिइएको चेक खोसेर सट्टामा २ लाखको मा...
वित्थडचिर गाउँपालिकाकी उपाध्यक्षको नेतृत्वमा कृषकमुखी विकासीय काम : सयौं कृषकलाई वर्षेनी फलफूलका बिरुवा वितरण

वित्थडचिर गाउँपालिकाकी उपाध्यक्षको नेतृत्वमा कृषकमुखी विकासीय काम : सयौं कृषकलाई वर्षेनी फलफूलका बिरुवा वितरण

Breaking News 2, बझाङ, रोजगार, समाचार
बझाङ, — बझाङको वित्थडचिर गाउँपालिकाकी उपाध्यक्ष धनलक्ष्मी मल्लको नेतृत्वमा वडा नम्बर ५ र ९ का कृषकहरुलाई लक्षित गर्दै ठूलो परिमाणमा वर्षेनी फलफूलका बिरुवा वितरण गरिएको छ । हिजो शनिबार सम्पन्न कार्यक्रममा तल्लाभताँडा, धामीगाउँ र वसैल टोलका कृषकहरुलाई विभिन्न जातका फलफूलका बिरुवा हस्तान्तरण गरिएको हो ।   गाउँपालिकाको कृषि विकास कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको यस कार्यक्रममा उपाध्यक्ष मल्लसँगै वडा अध्यक्ष, सदस्य, कृषि शाखाका प्राविधिक र स्थानीय जनप्रतिनिधिहरु सक्रिय रूपमा सहभागी थिए । वितरण कार्यक्रममा कृषकहरुलाई अनार, अम्बा लगायतका वर्षेनी फलफूलका बिरुवा उपलब्ध गराइएको थियो । उपाध्यक्ष मल्लले कार्यक्रममा भनिन्, हाम्रो गाउँपालिकामा उत्पादनशील र दीर्घकालीन लाभ दिने योजनाहरुलाई प्राथमिकतामा राखेका छौं । वर्षेनी फलफूलका बिरुवा वितरण गर्नुको उद्देश्य कृषकहरूको आय आर्जन बढाउनु, पर्याव...
बझाङको छबिसपाथिभेराको बिरीजात मेलामा दुई जनामाथि चक्कु प्रहार

बझाङको छबिसपाथिभेराको बिरीजात मेलामा दुई जनामाथि चक्कु प्रहार

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ मजखोरिमा लाग्ने बिरिजात मेलामा भएको झडपमा दुई जना घाइते भएका छन्। प्रहरीका अनुसार खोरीका क्षितिज बोहरा र अंकित बोहरालाई बुडखोरीका सुशील धामीले पछाडिबाट चक्कु प्रहार गरेका हुन्। भागदौडका क्रममा अन्दाजी ७० वर्षीया क्युटा देवी बोहरा लडेर घाइते भएकी छन्। घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल सिमखेत पठाइएको छ। प्रहरीले चक्कु प्रहारमा संलग्न सुशील धामीलाई नियन्त्रणमा लिएको छ,भने मजखोरी माध्यमिक विद्यालयका अङ्ग्रेजी शिक्षक जनक धामी पनि झडपमा परि घाइते भएका छन ।...
जगन्नाथ माविमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन, अध्यक्षमा भरत बहादुर मल्ल चयन

जगन्नाथ माविमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन, अध्यक्षमा भरत बहादुर मल्ल चयन

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका–४ स्थित श्री जगन्नाथ माध्यमिक विद्यालय सैन्स्यूँमा नयाँ विद्यालय व्यवस्थापन समिति (वि.व्य.स) गठन गरिएको छ। आज सम्पन्न अभिभावक भेलाबाट भरत बहादुर मल्लको अध्यक्षतामा नयाँ समिति चयन गरिएको हो। विद्यालयको व्यवस्थापनलाई थप प्रभावकारी बनाउन आयोजित अभिभावक भेलाले सर्वसम्मत निर्णयमार्फत मल्ललाई विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदमा चयन गरेको हो। अध्यक्षमा चयन भएपछि मल्लले धन्यवाद ज्ञापन गर्दै भने, “मेरो समाजसेवाको पाटोलाई मूल्याङ्कन गर्दै श्री जगन्नाथ माविको अध्यक्ष पदमा विश्वासका साथ सर्वसम्मत चयन गर्नु भएकोमा सम्पूर्ण बौद्धिक वर्ग, समाजसेवी, अभिभावक तथा आफन्तजनप्रति आभार व्यक्त गर्दछु। तपाईंहरूको विश्वास नटुटाउने पूर्ण प्रतिबद्धता व्यक्त गर्दछु।” नयाँ विद्यालय व्यवस्थापन समिति गठनसँगै विद्यालयमा शैक्षिक, भौतिक र संस्थागत सुधारको अपेक्षा गरिएको छ। स्थानीय अभि...
सुनकुडा बजार र सुनकुडा माविमा डेंगु नियन्त्रणका लागि सरसफाइ

सुनकुडा बजार र सुनकुडा माविमा डेंगु नियन्त्रणका लागि सरसफाइ

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको बित्थडचिर गाउँपालिका अन्तर्गतको सुनकुडा स्वास्थ्य चौकीको आयोजनामा डेंगु नियन्त्रणका लागि सुनकुडा बजार र सुनकुडा नमुना माध्यमिक विद्यालयमा विशेष सरसफाइ अभियान सञ्चालन गरिएको छ। श्रावण महिनालाई डेंगु सचेतना महिनाका रूपमा मनाउने रणनीति अनुरूप गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा यो अभियान सञ्चालन गरिएको हो । कार्यक्रममा स्वास्थ्यकर्मी, बजार क्षेत्रका व्यापारी, सडक विभागका कर्मचारीलगायतको सहभागिता रहेको थियो। सरसफाइ अभियान अन्तर्गत स्थानीय क्षेत्र सफा गर्ने, पानी जम्न नदिने र लामखुट्टे उत्पादन हुने स्थानहरूमा विशेष ध्यान दिइएको थियो। कार्यक्रमका क्रममा सहभागीलाई डेंगु रोगको जोखिम, लक्षण र रोकथामका उपायहरूबारे जानकारी दिएको स्वास्थ्य चौकी प्रमुख सुरेश ओखेडाले बताए । सरसफाइ अभियान निरन्तर रुपमा सञ्चालन गरिने जानकारी समेत उनलेे दिए ।...
बझाङमा डिएसपी धमलाको नेतृत्वमा चरेस नियन्त्रण अपरेसन, एक जना पक्राउ

बझाङमा डिएसपी धमलाको नेतृत्वमा चरेस नियन्त्रण अपरेसन, एक जना पक्राउ

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुखमा डिएसपी खगेन्द्र धमला आएपछि चरेस नियन्त्रण सम्बन्धी अपरेसन सुरु गरिएको छ। डिएसपी धमलाको पहिलो अपरेसनकै रूपमा प्रहरीले चरेससहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी लोकेन्द्र ठगुन्नाको नेतृत्वमा खटिएको टोलीले सुर्मा गाउँपालिका–२ घर भई जयपृथ्वी नगरपालिका–९ चिउडिखानमा डेरा गरी बस्ने अन्दाजी ३२ वर्षीय शेरबहादुर बोहरालाई चरेससहित पक्राउ गरेको हो। गोप्य सूचनाका आधारमा झोलामा लुकाईछिपाई लैजाँदै गरेको अवस्थामा उनलाई २०८२ साउन २२ गते बिहान १०:३० बजे पक्राउ गरिएको हो। पक्राउपछि पत्रकार सम्मेलनमार्फत डिएसपी धमलाले बोहरासँग १.६९० केजी (एक किलो छ सय नब्बे ग्राम) चरेस बरामद गरिएको जानकारी दिए। डिएसपी धमलाका अनुसार जिल्लामा शान्ति, सुरक्षा र अमनचयन कायम गर्न आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए। सदरमुकाम चैनपुरमा गरिएको...
राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंहको योगदानको कदर, बझाङमा जन्मजयन्ति भव्यरूपमा मनाउने तयारी

राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंहको योगदानको कदर, बझाङमा जन्मजयन्ति भव्यरूपमा मनाउने तयारी

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको १४९औँ जन्मजयन्ति यस वर्ष बझाङमा विशेष कार्यक्रमसहित भव्यरूपमा मनाउने तयारी भइरहेको छ। भदौ ७ गते जिल्लाको छबिसपाथिभेरा गाउँपालिका-२ मा अवस्थित सत्यवादी माध्यमिक विद्यालय, जयपृथ्वीनगरमा विशेष कार्यक्रमको आयोजनासहित जन्मजयन्ति भव्यरूपमा मनाउने तयारी भइरहेको हो । उक्त विद्यालयमा पालिका स्तरीय भलिबल, हाजिरीजवाफ तथा नृत्य प्रतियोगिता सञ्चालन गर्ने तयारी तिब्रगतिमा भइरहेको छ । छबिसपाथिभेरा गाउँपालिकाको मेल्लेख क्षेत्रमा ऐतिहासिक महत्वका पुराना राजदरवार र त्यसमा प्रयोग गरिएको ‘जय’ लेखिएको पुरानो इटा अहिले पनि देखिन्छ छ। यो स्थानले क्षेत्रीय इतिहासमा विशेष स्थान ओगटेको बताइएको छ। जयपृथ्वीबहादुर सिंहको नाममा प्रदान गरिने पुरस्कार पनि त्यहीँ प्रदान गर्ने तय भएको छ । त्यस्तै स्थानीय तह, नागरिक समाज, शैक्षिक संस्थाहरू र जयपृथ्वी प्रतिष्ठानको समन्वयमा व...
केदार मन्दिर मेला स्थगन : कोही समर्थनमा, कोही विरोधमा- कारण यस्तो छ

केदार मन्दिर मेला स्थगन : कोही समर्थनमा, कोही विरोधमा- कारण यस्तो छ

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाको केदार डाँडामा अवस्थित मुख्य धार्मिक आस्थाको केन्द्र र सांस्कृतिक गौरवको प्रतीक केदार मन्दिर अहिले चर्चामा छ। केदार मन्दिर निर्माणाधीन अवस्थामा रहेकाले गाउँपालिकाले हरेक वर्ष श्रावण जनैपुर्णिमाका दिन लाग्ने मेला स्थगित गरियो भन्ने सूचना जारीगरेपश्चात अहिले यो विषय चर्चामा आएको हो । यो चर्चा आस्थाका कारण हो कि असन्तुष्टिका? भन्न गाह्रो छ। तर यथार्थमा, यो मन्दिर निर्माण सजिलो छैन। बाटो छैन, साधन छैन, ढुंगा जुटाउनको लागि पनि घण्टौं हिँड्नु पर्ने। त्यस्तो स्थानमा श्रद्धा, साहास र समर्पणको बलमा मन्दिर निर्माण गर्नु भनेको सामान्य काम पक्कै होइन। तर यिनै असाध्य परिश्रम गर्ने निर्माणकर्ता रकेदारस्यु गाउँपालिका लाई हामी कसरी हेर्दै छौं? कतिपयले मन्दिरको पूजाआजा रोकिएको भनेर आवाज उठाइरहेका छन्। केदार मन्दिरको निर्माण कार्य अपूर्ण रहँदा जनैपूर्णिमाको पूजामा रोक...
केदार चारधाम परियोजना समृद्धिको आधार हो- अध्यक्ष बोहरा

केदार चारधाम परियोजना समृद्धिको आधार हो- अध्यक्ष बोहरा

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- केदार, कैलाश, भैरव र त्रिवेणीलाई समेटेर अघि बढाइएको चारधाम धार्मिक तथा पर्यटन विकास कार्यक्रम सुदूरपश्चिमको समृद्धिको दीर्घकालीन आधार बन्ने विश्वास केदारस्युँ गाउँपालिका अध्यक्ष गणेशबहादुर बोहराले व्यक्त गर्नुभएको छ। केदारस्यूँ गाउँपालिकाको पहलमा निर्माणाधीन केदार मन्दिरको कार्य हाल तीव्र गतिमा अगाडि बढिरहेको छ। आर्थिक वर्ष २०८१/०८२ बाट सुरु भएको मन्दिर निर्माण कार्य अझै करिब दुई महिना लाग्ने अध्यक्ष बोहराले जानकारी दिनुभयो। “केदारजस्तो दुर्गम र उचाइमा मन्दिर निर्माण गर्नु चुनौतीपूर्ण छ। तर स्थानीय उपभोक्ता समिति र जनताको सहयोगले हामीले अपेक्षित प्रगति गर्न सकेका छौं,” अध्यक्ष बोहराले बताउनुभयो। उहाँका अनुसार, मन्दिर निर्माणपछि भूमि शुद्धिकरणदेखि प्राण प्रतिष्ठा सम्मका सम्पूर्ण विधि पारम्परिक र वैदिक संस्कारअनुसार गरिनेछ। यस्ता विधिहरू मन्दिरको पवित्रता स्थापना र देवताको आव्हानस...
च्याम्पियन फाइटर रविन्द्रलाई दुर्गाथलीको बधाई र एक लाखभन्दा बढी सहयोग

च्याम्पियन फाइटर रविन्द्रलाई दुर्गाथलीको बधाई र एक लाखभन्दा बढी सहयोग

Breaking News 1, खेलकुद, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङी बाघ उपनामले चिनिने नेपाली एमएमए फाइटर रविन्द्र ढाँटलाई दुर्गाथलि गाउँपालिकाले बधाई तथा आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । केही दिनअघि भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट-१७ (MFN-17) मा भारतीय खेलाडी चुनरङ कोरेनलाई पराजित गर्दै वाटरवेट च्याम्पियनसिप टाइटल आफ्नो पोल्टामा पार्न सफल ढाँटलाई पालिकाले उक्त सहयोग गर्ने घोषणा गरेको हो । गाउँपालिकाले रविन्द्रको आगामी खेल यात्रा अझ सफल होस् भन्ने शुभकामनासहित उनलाई रु. १,११,१११ (एक लाख एघार हजार एक सय एघार रुपैयाँ) आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। गाउँपालिका अध्यक्ष दिल बहादुर थापाले बधाई सन्देश जारी गर्दै ढाँटका उपलब्धिले नेपाली खेलकुद क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा सम्मानित बनाएको उल्लेख गरेका छन्। साथै, भविष्यमा अझ ठूला उपलब्धिहरू हासिल गर्ने विश्वास समेत व्यक्त गरेका छन्।   ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज