Advertisement

बझाङ

केदारस्यूँ गाउँपालिका २ जुवमा लाग्ने बिर्सती मेला सम्पन्न,, थलिनौबिसमा लाग्ने बिर्सतीको अवसरमा आयोजित भलिबल प्रतियोगिता सुरु

केदारस्यूँ गाउँपालिका २ जुवमा लाग्ने बिर्सती मेला सम्पन्न,, थलिनौबिसमा लाग्ने बिर्सतीको अवसरमा आयोजित भलिबल प्रतियोगिता सुरु

Breaking News 1, खेलकुद, बझाङ, मनोरञ्जन, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको केदारस्युँ गाउँपालिका २ जुवमा लाग्ने बिर्सती मेला सम्पन्न भएको छ । हरेक वर्ष भाद्र २० गतेदेखि सुरु भएर २१ गतेसम्म चल्ने बिर्सती मेला सनिबार सम्पन्न भएको हो । प्राचिन कालदेखि नै मनाइदैँ आएको बिर्सती मेला यस वर्षपनि देवी देउताको पुजा आरधना गर्नुका साथै देउडा खेलेर धुमधामका साथ मनाइएको स्थानीयले जानकारी दिएका छन । देवीदेउतालाई नमान्ने सिजापति राजालाई देवीभगवतीले पराजित गरेको उपलक्षमा हरेक वर्ष भाद्र २०गते बिर्सती मेला मनाउने गरेको कालिका देउताका धामी उमेश विक जानकारी दिनुभएको छ । मेलाका विशेष करिया जुव, मरगाउँ, चौडामका स्थानीयवासीलाई मानिन्छ । मेलाको अवसरमा देउडा प्रतियोगिताको आयोजना गरिएको थियो । स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने उदेश्यले देउडा प्रतियोगिताको आयोजना गरिएको मेला व्यवस्थावन समितिले जनाएको छ । आमन्त्रित देउडीया जयलक्ष्मी खड्का र प्रयागराज उपाध्याय बिच घम्साघम्स...
बझाङमा इलाका प्रशासन कार्यालय विवाद : देउराबासीको विरोध, टुंगो जिल्ला सभाबाट

बझाङमा इलाका प्रशासन कार्यालय विवाद : देउराबासीको विरोध, टुंगो जिल्ला सभाबाट

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ– इलाका प्रशासन कार्यालय केदारस्युँ गाउँपालिका–१ देउरामा तोकेको भए पनि केही समूहले स्थान परिवर्तनको प्रयास गरेको भन्दै देउरावासीले घोर आपत्ति जनाएका छन्। नेपाल सरकारले इलाका प्रशासन कार्यालयले देउरामा तोकेको भए पनि अन्यत्र सार्ने प्रयास भएको भन्दै शुक्रबार देउरावासीले घोर आपत्ति जनाएका हुन् । इलाका प्रशासन कार्यालयको स्थान परिवर्तनको प्रयास विरुद्ध देउरावासीले गाउँपालिकामा विरोधसहित ज्ञापनपत्र बुझाएका छन्। उनीहरूले गाउँपालिका मार्फत जिल्ला प्रशासन कार्यालय चैनपुर र जिल्ला समन्वय समिति चैनपुरलाई ज्ञापनपत्र बुझाए । इलाका प्रशासन कार्यालय स्थापनाका लागि आवश्यक पर्ने सबै सेवाहरू देउरामा रहेको स्थानीय उत्तम भण्डारीले बताए । उनले भने देउरा क्षेत्र नं २ को मध्य भागमा पर्छ, जहाँ हुलाक, बैंक, अस्पताल, स्थायी प्रहरी कार्यालय, गाउँपालिकाको कार्यालयसहितका विभिन्न सेवा प्रदायक निकायहरू उपलब्ध छ...
दर्ता नभएका सामाजिक सञ्जाल बन्दबारे अध्यक्ष बोहराको चिन्ता

दर्ता नभएका सामाजिक सञ्जाल बन्दबारे अध्यक्ष बोहराको चिन्ता

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, विचार, समाचार
बझाङ- दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्न सरकारको तयारीबारे बझाङको केदारस्यूँ गाउँपालिका अध्यक्ष गणेशबहादुर बोहराले चिन्ता व्यक्त गर्नुभएको छ। सरकारले "गलत सूचना रोक्न र पारदर्शिता बढाउन" भन्दै आजदेखि दर्ता नभएका केही सामाजिक सञ्जाल बन्द गर्ने निर्णय लिएको छ। तर अध्यक्ष बोहराले भने यस कदमले ग्रामीण क्षेत्रका जनतामा थप प्रश्न उब्जिएको बताउनुभयो। "यो कदमले हाम्रो आवाज दबाउने प्रयास हो कि? अभिव्यक्ति स्वतन्त्रता खोसिने हो कि? गाउँ–बस्तीमा सहज सञ्चार गर्ने बाटो नै बन्द हुन्छ कि?" अध्यक्ष बोहराले प्रश्न गर्नुभयो। उहाँका अनुसार सामाजिक सञ्जाल आज मनोरञ्जनको माध्यम मात्र नभई जीवनयापन, व्यवसाय, शिक्षा र भावना पोख्ने प्रमुख साधन बनेको छ। "यो कदमले हामीलाई सुरक्षित बनाउँछ कि? कि हाम्रो स्वर नै बन्द गरिदिन्छ?" उहाँले जिज्ञासा व्यक्त गर्नुभयो।...
बाह्रदेउ क्याम्पस पूर्वतयारी समिक्षा, उपाध्यक्ष धामी सञ्चालक समिति अध्यक्ष, दुई लाखभन्दा बढी चन्दा संकलन

बाह्रदेउ क्याम्पस पूर्वतयारी समिक्षा, उपाध्यक्ष धामी सञ्चालक समिति अध्यक्ष, दुई लाखभन्दा बढी चन्दा संकलन

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, शिक्षा, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका-६ भाडसैनमा सञ्चालनको तयारीमा रहेको बाह्रदेउ क्याम्पसको पूर्व तयारी समिक्षा कार्यक्रम गरिएको छ । १७ भदौ मंगलबार चन्द्रोदय माध्यमिक विद्यालयको प्राङ्गणमा गाउँपालिका उपाध्यक्ष मनिषा धामीको उपस्थितिमा क्याम्पसको पूर्व तयारी समिक्षा कार्यक्रम गरिएको हो । समिक्षाबाट २ वर्ष लामो संघर्षपश्चात् सुदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पसलाई के कसरी सञ्चालन गर्ने, आर्थिक संकलन, तथा सञ्चालक समिति गठन लगायतका निर्णय गरेको छ । पूर्वतयारी कार्यक्रममा चन्द्रोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक जनक बहादुर धामीले २०८० सालदेखि माथिल्लो क्षेत्रका विद्यार्थीलाई मध्यनजर गर्दै क्याम्पस सञ्चालनको तयारीमा जुटेको बताए । त्यस्तै यश क्षेत्रका नागरिक ,शिक्षाप्रेमी , वडाका जनप्रतिनिधि, राजनीतिज्ञ,शिक्षक लगायत गाउँपालिका अध्यक्ष गणेशबहादुर बोहरा र उपाध्यक्ष मनिषा धाम...
बझाङको केदारस्युमा २ दिने वित्तीय साक्षरता तथा बचत सम्बन्धि तालिम सम्पन्न

बझाङको केदारस्युमा २ दिने वित्तीय साक्षरता तथा बचत सम्बन्धि तालिम सम्पन्न

Breaking News 1, Breaking News 2, Breaking News 3, अन्तरबार्ता, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : केदारस्यु गाउँपालिकाको वडा नं. ९, झोतामा मिति २०८२ भदौ १६ र १७ गते दुई दिने वित्तीय साक्षरता तथा बचत सम्बन्धी तालिम सम्पन्न भएको छ। वर्ल्ड भिजन इन्टरनेशनल नेपाल, दलित सहयोग समाज र केदारस्यु गाउँपालिकाको समन्वयमा सञ्चालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजनाअन्तर्गत तालिम आयोजना गरिएको हो। कार्यक्रममा ३५ वटा बचत समूहका प्रतिनिधित्व गर्ने ३५ जना सदस्य सहभागी भएका थिए। तालिममा सहकारी र बचत समूहको महत्व, बचत गर्ने तरिका, अभिलेख व्यवस्थापन, डेबिट–क्रेडिट प्रणाली, ऋण व्यवस्थापन तथा व्यवहारिक हिसाबकिताब सम्बन्धी सीप सिकाइिएको थियो। कार्यक्रममा सहभागीको तर्फ बाट बोल्दै राम बिष्टले यो तालिमले हाम्रो समूह लगाएत अन्य समूहले धेरै कुरा सिक्ने अवसर पएको बताउदै संस्था लाई धन्यवाद पनि दिनु भएको थियो। तालिममा परियोजना संयोजक रमेश बहादुर माली, प्रशासन तथा लेखा अधिकृत बिजय राज जोशी र फिल्ड ...
शिक्षक रामचन्द्र मण्डेल अनिवार्य अवकाश, विद्यालयद्वारा विदाइ, ३१ हजारको अक्षकोष स्थापना

शिक्षक रामचन्द्र मण्डेल अनिवार्य अवकाश, विद्यालयद्वारा विदाइ, ३१ हजारको अक्षकोष स्थापना

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, शिक्षा, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ मा अवस्थित मजखाेरी माध्यमिक विद्यालयमा अध्यापन गर्दै आएका शिक्षक रामचन्द्र मण्डेलको अनिवार्य अवकाशसँगै सम्मानपूर्वक विदाइ गरिएको छ । विद्यालयले सोमबार आयोजना गरेको विशेष कार्यक्रममा प्रावि तहमा लामो समयसम्म सेवा पुर्‍याएका मण्डेललाई दोसल्ला, खादामाला र नागरिक अभिनन्दनसहित सम्मानपूर्वक विदाइ गरेको हो । गाउँपालिका उपाध्यक्ष लक्षिमन बोहराको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष विजय बहादुर धामीले विदाइ कार्यक्रममा विद्यालय परिवार भावविह्वल बनेको जानकारी दिए । शिक्षक मण्डेलले स्थायी रूपमा ३८ वर्ष र अन्य गरी जम्मा ४४ वर्ष अध्यापन गरेको स्मरण गर्दै आफ्नो शिक्षण यात्राका अनुभवहरू कार्यक्रममा बाँडे । उनले विद्यार्थीलाई मन लगाएर अध्ययन गर्न, शिक्षकहरूलाई कर्तव्यप्रति निष्ठावान रहन आग्रह गर्दै विद्यालयका लाग...
बझाङको केदारस्यूँ गाउँपालिका–४ सुदाडामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार, पालिका उपाध्यक्षद्वारा उद्घाटन

बझाङको केदारस्यूँ गाउँपालिका–४ सुदाडामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार, पालिका उपाध्यक्षद्वारा उद्घाटन

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका–४ सुदाडामा राष्ट्रिय प्रसारण लाइनको विद्युत पुगेको छ। लामो समयदेखि सौर्य ऊर्जामै निर्भर रहँदै आएका स्थानीय नागरिकले अब राष्ट्रिय प्रसारण लाइनको विद्युत् प्रयोग गर्न पाउने भएका छन्। भदौ १५ गते आइतबार एक विशेष कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मनिषा धामीले गाउँमा स्थापन गरिएको ट्रान्सफर्मरमा बत्ती बालेर विद्युत् उद्घाटन गर्नुभयो। बाजागाजासहित गरिएको उद्घाटन कार्यक्रममा स्थानीयवासीले विद्युत् आगमनले जीवन सहज हुने विश्वास व्यक्त गरे। स्थानीय रबिन्द्र मल्लले विद्युत पुगेपछि बालबालिकाले सहजै लेखपढ गर्न पाउने, घरधुरीमा बत्ती बाल्न सकिने तथा उद्योगधन्दा सञ्चालन गर्न मद्दत पुग्ने बताए। सुदाडामा शाखा लाइन विस्तार कार्य समेत सम्पन्न भइसकेकाले अब नेपाल विद्युत् प्राधिकरणबाट मिटर जडान गरी विद्युत् प्रयोग गर्न सकिने भएको छ। बागथला प्रशाखाबाट विद्युत् आपूर्...
बाहृदेब क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयबाट नयाँ सम्बन्धन

बाहृदेब क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयबाट नयाँ सम्बन्धन

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका–६, भाडसैंनस्थित प्रस्तावित बाहृदेब क्याम्पसले सुदूरपश्चिम विश्वविद्यालयबाट नयाँ सम्बन्धन प्राप्त गरेको छ। भदौ १२ गते प्रस्तावित बाहृदेब क्याम्पसले सुदूरपश्चिम विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको हो । यससँगै स्थानीय जनसमुदायमा ठूलो खुशी छाएको छ। पालिकाको माथिल्लो भूभागका विद्यार्थीलाई घरआगनमै उच्च शिक्षा प्रदान गर्न क्याम्पस सञ्चालनमा ल्याउन लागिएको छ । उक्त क्षेत्रमा १२ कक्षासम्म अध्ययनका लागि विद्यालय भए पनि स्नातक तहको अध्ययन गर्नका लागि नजिकै क्याम्पसको सुविधा नहुँदा वडा नम्बर ५, ६, ७ , ८ र दुर्गाथलि गाउँपालिका-६ का विद्यार्थीलाई टाढासम्म धाउनुपर्ने बाध्यता थियो। सम्बन्धन प्राप्त भएपछि ती विद्यार्थीलाई आफ्नै क्षेत्रमा बस्दै उच्चशिक्षा अध्ययन गर्ने अवसर उपलब्ध हुने भएको छ। केदारस्यूँ गाउँपालिकाका अध्यक्ष गणेश बहादुर बोहराले यो उपलब्धि गाउँपालि...
निलकमल सहकारीमाथि कोष हिनामिनाको आरोप, पदाधिकारी मौन

निलकमल सहकारीमाथि कोष हिनामिनाको आरोप, पदाधिकारी मौन

Breaking News 1, दैनिक, बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ, बझाङको मष्टा गाउँपालिका–१ मा अवस्थित निलकमल महिला बहुउद्देशीय बचत तथा ऋण सहकारी संस्थामाथि वर्षौंदेखि बचतकर्ताको रकम हिनामिना र दुरुपयोग गरेको गम्भीर आरोप लागेको छ।   वि.सं. २०६७ सालमा तत्कालीन कोटदेवल गाविसमा स्थापना भएको सहकारीले पारदर्शी हिसाब–किताब नगरी, आन्तरिक अडिटमा देखिएका त्रुटिहरू लुकाउने र नियम विपरीत खर्च गर्ने जस्ता गतिविधि गर्दै आएको बचतकर्ताहरूको आरोप छ।   सहकारीकी अध्यक्ष विमला रावलसहित पदाधिकारीहरूले मिलेमतो गरी संस्थाको कोष दुरुपयोग गरेको पीडितहरूले दाबी गरेका छन्। उनीहरूका अनुसार, पटक–पटक गुनासो गर्दा पनि सहकारी नेतृत्वले बेवास्ता गरेको र स्थानीय सरकारले समेत चासो नदिएको छ।   “हामीले पसिनाको पैसा विश्वास गरेर बचत गरेका थियौँ, तर अहिले रकम फिर्ता पाउने कि नपाउने अनिश्चित छ,” एक बचतकर्ताले बताए।   स्थानीय महिलाहरूले सहकारीले मनपरी ढंगले १...
सुदूरपश्चिममा गौरा पर्व सुरु, आज बिरुडा भिजाइँदै

सुदूरपश्चिममा गौरा पर्व सुरु, आज बिरुडा भिजाइँदै

Breaking News 1, कन्चनपुर, कैलाली, डडेल्धुरा, डोटी, ताजा अपडेट, दार्चुला, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
सुदूरपश्चिम प्रदेशको मौलिक तथा ऐतिहासिक पर्व गौरा आजदेखि विधिवत् रूपमा सुरु भएको छ। पर्वको पहिलो दिन व्रतालु महिलाले पाँच प्रकारका अन्न तथा गेडागुडी मिसाएर तयार पारिने बिरुडा भिजाएर गौराको सुरुवात गर्ने चलन छ। यस दिनलाई बिरुडा पञ्चमी पनि भनिन्छ। पर्वअनुसार तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो र अक्षताले सजाइन्छ। त्यसपछि भाँडाभित्र बिरुडा राखी देवी गौरीलाई अर्पण गरिन्छ। बिरुडालाई गौरीको प्रसादका रूपमा लिने चलन छ। गौरा पर्व पुत्रदा एकादशीपछि भदौ महिनाको बिरुडा पञ्चमीका दिनदेखि सुरु हुन्छ। यसअघि एक महिना शुद्ध शाकाहार र ब्रह्मचर्यको पालना गर्ने परम्परा रहिआएको छ। बिरुडा भिजाउँदा गाउँघरमा मंगल गीत गाउँने र सगुन बाँड्ने प्रथा छ। यस पर्वमा पुरुषको व्रतबन्ध जस्तै महिलाले दुवधागो (रक्षासूत्र) बाँध्ने गर्छन्। साथै, महिलाले व्रत बसेर गौरीलाई पूजाआर्चना गरी दीर्घायु, परिवार सुख–शान्ति र स...
बाढीले बगाएको चार वर्षपछि पुनःनिर्माण भयो देउरा–रेगम जोड्ने झुलुङ्गे पुल

बाढीले बगाएको चार वर्षपछि पुनःनिर्माण भयो देउरा–रेगम जोड्ने झुलुङ्गे पुल

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- चार वर्षअघि बाढीले बगाएको झुलुङ्गे पुल पुनः निर्माण गरिएको छ। केदारस्यूँ गाउँपालिकाको देउरा र थलारा गाउँपालिकाको रेगम जोड्ने सेती नदीमाथिको उक्त पुल पुनःनिर्माण गरिएको हो। २०७८ असोज ३१ देखि कात्तिक ३ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढीले पुल बगाएपछि स्थानीयले झण्डै चार वर्ष सास्ती भोग्नुपरेको थियो। पुल बग्दा थलारा गाउँपालिका–१ र २ का सबै गाउँसँगै डोटी जिल्लाका केही बस्तीका बासिन्दा समेत आवतजावतमा समस्यामा परेका थिए। पुल नभएपछि रेगम, पिपलकोट, चुथी, बगडा, मोरायल, खरायल, थापागाँउ, तेलिमाडु लगायतका गाउँका स्थानीयलाई उपभोग्य सामान किन्न, बिरामीलाई स्वास्थ्य संस्थामा लैजान र विद्यार्थीलाई विद्यालय पुग्न समेत कठिनाइ हुने गरेको थियो। आपतकालीन रूपमा दुवै पालिकाले हिउँदमा अस्थायी काठेपुल बनाएर आवतजावतलाई सहज बनाउने प्रयास गरे पनि बर्खामा नदीमा पानी बढ्दा पुल बग्ने भएकाले समस्या दोहोरि...
केदारस्यूँको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा, दसैंसम्म पालिकाको नयाँ भवनमा सर्ने तयारी

केदारस्यूँको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा, दसैंसम्म पालिकाको नयाँ भवनमा सर्ने तयारी

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाको प्रशासनिक भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। केदारस्यूँ गाउँपालिका– १ देउरामा निर्माण भइरहेको अत्याधुनिक प्रशासनिक भवनको निर्माण अन्तिम चरणमा पुगेको हो। हाल सम्म सुविधा सम्पन्न जिल्लामै सबैभन्दा ठूलो पाँचतले प्रशासनिक भवनको ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको पालिकाले जनाएको छ । भवन निर्माणको भौतिक कार्य सबै सकिएको छ भने लिप्ट जडान र फलामे सिडि जडान कार्य बाँकी रहेको गाउँपालिकाका सब-इन्जिनियर लोकराज पाण्डेले कामना टुडेसँग बताए । दुई वर्षमा भवन निर्माण कार्य सम्पन्न गर्ने गरि एल.बि एण्ड एबी बुल्डर्सर प्रालि धनगढी कैलालीले २०७९ मंसिर २१ गते ६ करोड ८० लाख ४५ हजार ३ सय ३२ रुपैयाँ ८८ पैसामा जिम्मा लिएको थियोे । तर निर्माण कम्पनीले तोकिएको समयमा भवन निर्माण गर्न नसकेपछि दुई पटक म्याद थपको माग गर्दै अहिले निर्माण कार्य अन्तिम चरणमा पुर्‍याएको हो ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज