Advertisement

राजनीति

रुपन्देही उपनिर्वाचन: कस्ले मार्ला बाजि ? (तथ्यगत रिपोर्ट सहित) 

रुपन्देही उपनिर्वाचन: कस्ले मार्ला बाजि ? (तथ्यगत रिपोर्ट सहित) 

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सूचना प्रविधि
लुम्बिनी प्रदेश : रुपन्देही–३ फेरि एकपटक देशको ध्यान खिचिएको क्षेत्रमा उभिएको छ । प्रतिनिधिसभा सदस्य दीपक बोहराको असामयिक निधनपछि रिक्त बनेको यस निर्वाचन क्षेत्रमा सरकारले कात्तिक १७ गते उपनिर्वाचन गर्ने घोषणा गरेसँगै यहाँको राजनीतिक माहोल पुनः तातिएको छ । यो क्षेत्रको राजनीति विगतकै चुनावी समीकरण, दलहरूको संगठनात्मक शक्ति र आगामी सम्भावनाका कारण अहिले राष्ट्रिय बहसको केन्द्रबिन्दु बनेको छ । २०७९ सालको आमनिर्वाचनमा यो क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहरा विजयी भएका थिए । उनले ३६ हजार ७ सय १७ मत ल्याएर नेपाली कांग्रेसका बालकृष्ण खाँणलाई करिब २ हजार ७ सय मतले पछि पार्दै संसद् पुगेका थिए । खाँणले ३४ हजार ३६ मत पाए भने राष्ट्रिय स्वतन्त्र पार्टीका जितबहादुर गुप्ता तेस्रो स्थानमा सीमित भए, जसले ५ हजार ७ सय ९६ मत ल्याएका थिए । बोहराको जित नेकपा एमालेको रणनीतिक समर्थनकै कारण सम्भ...
रुपन्देही–३ उपचुनावमा रास्वपाबाट डा. लेखजंग थापा उम्मेदवार

रुपन्देही–३ उपचुनावमा रास्वपाबाट डा. लेखजंग थापा उम्मेदवार

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही–३ को उपचुनावका लागि डा. लेखजंग थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। उम्मेदवारीका लागि आवेदन दिएका नौ जनामध्ये प्रारम्भिक मतदानमार्फत थापा चयन भएको रास्वपाले जनाएको छ। डा. थापा यसअघि नागरिक उन्मुक्ति पार्टीसँग आबद्ध हुनुहुन्थ्यो। २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा उहाँ लुम्बिनी प्रदेशतर्फ खस आर्य समुदायको समानुपातिक सूचीमा परेको भए पनि सांसद बन्न सक्नुभएको थिएन। रुपन्देही–३ मा उपचुनाव हुने भएपछि उहाँले नागरिक उन्मुक्तिबाट राजीनामा दिएर रास्वपामा प्रवेश गर्नुभएको हो। रुपन्देही–३ को उपचुनाव आगामी कात्तिक १७ गते हुँदैछ।...
लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको निधन

लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको निधन

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ- लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको आज निधन भएको छ। काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल महाराजगञ्जअन्तर्गत मनमोहन सेन्टरमा उपचारका क्रममा उनको निधन भएको हो। नेपाल कम्युनिष्ट पार्टी (एमाले) पोलिटब्यूरो सदस्य तथा रुकुम पूर्व इन्चार्ज खेममान खड्काका अनुसार रुकुम पूर्व, तकसेरा निवासी पुनलाई केही दिनअघि स्वास्थ्य समस्या देखिएपछि काठमाडौँ लगिएको थियो। उनीमाथि एकैपटक दुईवटा जटिल शल्यक्रिया गरिएको थियो। पहिलो शल्यक्रियामार्फत छोरीलाई जन्म दिइएको र दोस्रो शल्यक्रियामार्फत मुटुमा कृत्रिम ‘भल्भ’ प्रत्यारोपण गरिएको भए पनि उपचारकै क्रममा उनको निधन भएको खड्काले जानकारी दिए। पुन एमालेबाट समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत लुम्बिनी प्रदेशसभा सदस्य निर्वाचित भएकी थिइन्।...
प्रधानमन्त्री ओली चीन प्रस्थान, एससीओ शिखर सम्मेलनमा सम्बोधन गर्ने

प्रधानमन्त्री ओली चीन प्रस्थान, एससीओ शिखर सम्मेलनमा सम्बोधन गर्ने

Breaking News 1, अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा साङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुन २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलसहित आज चीनको तियान्जिन प्रस्थान गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र मुख्यसचिव एकनारायण अर्यालले बिदाइ गरे। प्रधानमन्त्रीको बिदाइका अवसरमा नेपाल सरकारका उच्चपदस्थ अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा नेपालस्थित चिनियाँ दूतावासका प्रतिनिधि उपस्थित थिए। त्यसअघि नेपाली सेनाको एक टुकडीले उहाँलाई सम्मान गारत अर्पण गरेको थियो। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले सेप्टेम्बर १ मा तियान्जिनमा हुने शिखर सम...
रास्वपा नेता कँडेल निलम्बित

रास्वपा नेता कँडेल निलम्बित

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाण्डौ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागमती प्रदेश प्रशिक्षण विभागका संयोजक हरिप्रसाद कँडेललाई निलम्बन गरेको छ। नक्कली शैक्षिक प्रमाणपत्र छपाइमा संलग्न रहेको आरोपमा पक्राउ परेका कँडेललाई पार्टीले शुक्रबार निलम्बन गरेको हो। चितवनको कालिका नगरपालिका–५ पदमपुरका कँडेललाई बुधबार प्रहरीले पक्राउ गरी रुपन्देही ल्याएको प्रहरी प्रमुख एसपी प्रदीप क्षेत्रीले जानकारी दिए। उनका अनुसार कँडेलमाथि नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा अनुसन्धान भइरहेको छ।...
युवाहरू तयार भए म पद छोड्न तयार छु- प्रधानमन्त्री ओली

युवाहरू तयार भए म पद छोड्न तयार छु- प्रधानमन्त्री ओली

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरू तयार भए आफू पद छोड्न तयार रहेको बताएका छन्। मंगलबार राजधानीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले अहिलेको समय युवाहरूको भएको उल्लेख गर्दै देश विकासका जिम्मेवारी उनीहरूले सम्हाल्नुपर्ने बताए। ओलीले भने, “यो युवाहरूको समय हो। युवाहरूले अघि बढ्नुपर्छ, देश विकासमा लाग्नुपर्छ। म त पद छोड्न तयार नै छु, तर युवाहरू पनि तयार हुनुपर्छ। म त उनीहरूलाई इन्करेज गर्न चाहन्छु।” प्रधानमन्त्री ओलीले वैज्ञानिक अनुसन्धान, अध्ययन, आविष्कार र विकासमार्फत मुलुकले द्रुतगतिमा प्रगति गर्न सक्ने विश्वास पनि व्यक्त गरे।...
प्रधानमन्त्री ओलीसँग भारतीय विदेश सचिव मिश्रीको भेटवार्ता

प्रधानमन्त्री ओलीसँग भारतीय विदेश सचिव मिश्रीको भेटवार्ता

Breaking News 2, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेश सचिव विक्रम मिश्रीले शिष्टाचार भेटवार्ता गरेका छन्। आज बिहान काठमाडौँ आइपुगेका मिश्रीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन्। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा दुईदिने नेपाल भ्रमणमा आएका मिश्री सोमबार पशुपतिनाथको दर्शनपछि स्वदेश फर्किने कार्यक्रम छ। भ्रमणका क्रममा उनले आजै सबै महत्वपूर्ण भेटवार्ता गर्नेछन्। आगामी भदौ ३१ गते प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारीसम्बन्धी विषयमा समेत छलफल हुने जनाइएको छ।...
रवि लामिछाने नक्खु कारागार सारिए, विमानस्थलमा समर्थकको भिड

रवि लामिछाने नक्खु कारागार सारिए, विमानस्थलमा समर्थकको भिड

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रूपन्देही कारागारबाट सरुवा गरी शनिबार अपराह्न काठमाडौँको नक्खु कारागार लगिएको छ। लामिछानेलाई रूपन्देहीबाट विमानमार्ग हुँदै काठमाडौँ ल्याइएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै कारागारतर्फ लैजाने तयारी भए पनि सुरक्षा कारण देखाउँदै आयल निगमतर्फ निकालेर नक्खु कारागार लगिएको हो। सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि गत चैत २५ गतेदेखि रूपन्देही कारागारमा रहेका लामिछानेले जेठमै काठमाडौँ सरुवाका लागि निवेदन दिएका थिए। अदालतले अनुमति दिए पनि गृह प्रशासनले रोक्दै आएको थियो। राष्ट्रिय मानवअधिकार आयोगको टोलीले केही दिनअघि कारागार अनुगमन गर्दा लामिछानेले भैरहवामा आफ्नो ज्यान असुरक्षित रहेको बताएपछि सरकारले उनलाई काठमाडौँ सार्ने निर्णय गरेको हो। लामिछानेलाई स्वागत गर्न उनकी पत्नी निकिता लामिछानेसहित समर्थकहरू विमान...
बझाङमा दोस्रो महिला वडासभापति बनिन्- गीता

बझाङमा दोस्रो महिला वडासभापति बनिन्- गीता

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङमा दोस्रो पटक महिला वडासभापति चयन भएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट केदारस्युँ गाउँपालिका–४ मा सम्पन्न वडाभेलाले गीता कुमारी सिंहलाई वडासभापति चयन गरेको हो। भेलाले सिंहको नेतृत्वमा ९ सदस्यीय वडा समिति गठन गरेको छ। जसमा उपेन्द्र बहादुर मल्ल उपसभापति, उत्तम बहादुर मल्ल सचिवसहित अन्य सदस्य चयन गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला समिति, बझाङले जनाएको छ । महिला नेतृत्वलाई प्राथमिकतामा राख्दै ऐतिहासिक रूपमा निर्वाचित सिंहको नेतृत्वबाट वडा मात्र नभई सम्पूर्ण बझाङकै महिला सशक्तीकरण अभियान अझ सशक्त हुने अपेक्षा गरिएको छ। यसअघि दुर्गाथलि गाउँपालिका- ५ मा वडा सभापतिको जिम्मेवारी अनु कडायतले पाइसकेकी छिन् । सम्पादित समाचार   ...
नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा लालवीरले मान्यता पाएनन्, रञ्जितानै यथावत

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा लालवीरले मान्यता पाएनन्, रञ्जितानै यथावत

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति
काठमाडौं- निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्षमा रञ्जिता श्रेष्ठ नै रहने निर्णय गरेको छ। पार्टीको राष्ट्रिय भेलाले सांसद लालवीर चौधरीलाई अध्यक्ष बनाएर आयोगमा दर्ता गरे पनि आयोगले चौधरीलाई मान्यता नदिएपछि रञ्जिता नै आधिकारिक अध्यक्ष कायम भएकी हुन्। श्रेष्ठ पटक–पटक विवादमा परेपछि साउन १४ र १५ गते काठमाडौंमा राष्ट्रिय भेला गरेर उनको स्थानमा चौधरीलाई अध्यक्ष तोकिएको थियो। भेलाको निर्णयअनुसार अध्यक्ष परिवर्तनको जानकारीसहित अद्यावधिकका लागि निर्वाचन आयोगमा पत्र पठाइएको थियो। तर, आयोगले सो निर्णयलाई मान्यता नदिई रञ्जितालाई नै अध्यक्ष रहने निर्णय गरेको हो।...
गण्डकी प्रदेशमा ७ निर्देशनालय र २ केन्द्र खारेज, १८५ दरबन्दी कटौती

गण्डकी प्रदेशमा ७ निर्देशनालय र २ केन्द्र खारेज, १८५ दरबन्दी कटौती

Breaking News 2, ताजा अपडेट, राजनीति, समाचार
कास्की- गण्डकी प्रदेश सरकारले प्रदेशभित्र रहेका ७ निर्देशनालय र २ केन्द्र खारेज गर्दै १ सय ८५ कर्मचारी दरबन्दी कटौती गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले विद्यमान खर्च कटौती र प्रशासनिक संरचना मितव्ययी बनाउने उद्देश्यसहित उक्त निर्णय गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो। खारेज गरिएका निर्देशनालयबाट उपलब्ध भइरहेका काम तथा सेवाहरू अब सम्बन्धित मन्त्रालयका महाशाखाबाटै प्रवाह गरिने र यसले सेवा वितरणमा कुनै असर नपर्ने उहाँको भनाइ छ। साथै, जिल्लास्तरका ३२ निकायलाई गाभेर १७ वटामा झार्ने निर्णय पनि गरिएको छ। खारेज हुने निर्देशनालयमा पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, कृषि विकास निर्देशनालय, पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय, पूर्वाधार विकास निर्देशनालय, वन निर्देशनालय, शिक्षा विकास निर्देशनालय र प्रा...
पदको खेल, जनताको बेवास्ता: के अब जनताले विकल्प खोज्न थाले ?

पदको खेल, जनताको बेवास्ता: के अब जनताले विकल्प खोज्न थाले ?

ताजा अपडेट, राजनीति, विचार
नेपालमा संविधान जारी भएको दशक बितिसक्दा पनि राजनीतिक स्थायित्व, सुशासन र विकासका आशा अधुरै छन्। चुनाव आउँदा देखिने साना दलहरूको मिलिजुली गठबन्धन, चुनावपछि बन्ने सरकारमा हुने गुटबन्दीको फेरबदल अनि फेरि गठबन्धन टुटेर अर्को सरकार—यही चक्रमा नेपाली राजनीति अझै अल्झिएको छ। राजनीति अब विचार होइन, कुर्सीको खेल मात्र बनेको छ। जनताको अवस्था हेर्दा, न योजना देखिन्छ, न दीर्घकालीन प्रतिबद्धता।” गठबन्धन फेरफार, तर समस्या उस्तै देशमा सरकार गठन गर्ने बेला देखिने गठबन्धन राजनीतिक स्वार्थमा आधारित छन्, नीति र सिद्धान्तमा होइन। चुनावअघि एउटै गठबन्धन जनताको अगाडि आउँछ, तर सरकार बनाउन र टिकाउन गुटअनुसार समीकरण फेरिन्छ। यसरी: नीति भन्दा गुट हाबी, विकास भन्दा भागबन्डा प्राथमिक, जनमत भन्दा व्यक्तिगत आकांक्षा प्राथमिक बनिरहेको देखिन्छ। जनताको जीवनस्तर उस्तै: बेरोजगारी, शिक्षा–स्वास्थ्य संकट ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज