Advertisement

राजनीति

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की आज पदभार ग्रहण गर्दै

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की आज पदभार ग्रहण गर्दै

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ- नवनियुक्त अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कार्की बिहान ११ बजे सिंहदरबार पुगेर पदभार ग्रहण गर्ने कार्यतालिका तय भएको छ। गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी तयारी गरिएको छ। शुक्रबार शपथग्रहणलगत्तै पदभार ग्रहण गर्ने योजना रहे पनि शपथमा ढिलाइ हुँदा सो कार्यक्रम स्थगित भएको थियो। प्रधानमन्त्री कार्की शनिबारदेखि बालुवाटारस्थित सरकारी निवासमा बस्दै आएकी छन्।...
रेशम चौधरीले छाडे नागरिक उन्मुक्ति, ‘नागरिक उन्मुक्ति नेपाल पार्टी’ गठनको घोषणा

रेशम चौधरीले छाडे नागरिक उन्मुक्ति, ‘नागरिक उन्मुक्ति नेपाल पार्टी’ गठनको घोषणा

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टी छाड्दै नयाँ पार्टी गठन गर्ने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत नागरिक उन्मुक्ति पार्टी परित्याग गरेको जानकारी दिंदै ‘नागरिक उन्मुक्ति नेपाल पार्टी’ खोलेर अघि बढ्ने घोषणा गरेका हुन्। पछिल्लो समय चौधरी र पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठबीच पार्टीको आधिकारिकतालाई लिएर विवाद चुलिएको थियो। चौधरीले नयाँ पार्टीमा जोडिन सम्पूर्ण कार्यकर्तालाई आग्रह गर्दै अब जेन–जी पुस्ताको माग र भावना समेट्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। छिट्टै नयाँ पार्टीको बैठक बोलाएर विस्तृत जानकारी सार्वजनिक गर्ने उनले बताएका छन्।...
राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभा विघटन, निर्वाचन मिति घोषणा

राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभा विघटन, निर्वाचन मिति घोषणा

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशिला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्नुभएको छ। राष्ट्रपति कार्यालयले शुक्रबार राति जारी गरेको विज्ञप्तिअनुसार भदौ २७ गते राति ११ बजेदेखि प्रतिनिधिसभा विघटनको निर्णय लागू भएको छ। नयाँ प्रतिनिधिसभा निर्वाचन आगामी २०८२ साल फागुन २१ गते बिहीबार हुनेगरी मिति तोकिएको छ। राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले प्रधानमन्त्री सुशिला कार्कीज्यूको सिफारिस अनुसार प्रतिनिधिसभा विघटन गर्नु भएको छ। उक्त निर्णय २०८२ साल भदौ २७ गते राति ११:०० बजेदेखि लागू हुनेछ।” संविधानको मर्मअनुसार अब मुलुक नयाँ निर्वाचन प्रक्रियामा प्रवेश गर्ने औपचारिकता सुरु भएको छ। निर्वाचन मिति तोकिएसँगै आगामी दिनमा निर्वाचन आयोगले विस्तृत तालिका र तयारी सार्वजनिक गर्ने अपेक्षा गरिएको छ। प्रतिनिधिसभ...
मन्त्रिपरिषद् विस्तारको तयारी सुरु,शपथ समारोहमा पूर्वप्रधानमन्त्रीमध्ये डा. भट्टराई उपस्थित

मन्त्रिपरिषद् विस्तारको तयारी सुरु,शपथ समारोहमा पूर्वप्रधानमन्त्रीमध्ये डा. भट्टराई उपस्थित

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ– अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ। मन्त्री बन्न सक्ने नामबारे धेरै चर्चा भए पनि अहिलेसम्म औपचारिक टुङ्गो लागेको छैन। हाल सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री कार्कीकै हातमा रहेको छ। गएराति राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा कार्कीलाई शपथ ग्रहण गराउँदै सफल कार्यकालको शुभकामना दिनुभएको थियो। शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश, नेपाल सरकारका उच्च पदाधिकारी तथा कूटनीतिज्ञहरू सहभागी थिए। अघिल्ला शपथ समारोहमा पूर्वप्रधानमन्त्री र मन्त्रीहरू पनि उपस्थित हुने चलन थियो भने निवर्तमान प्रधानमन्त्रीले कुर्सी हस्तान्तरण गर्ने परम्परा रहेको थियो। तर यसपटक त्यस्तो देखिएन। प्रधानमन्त्री कार्कीको शपथ समारोहमा पूर्वप्रधानमन्त्रीमध्ये डा. बाबुराम भट्टराई मात्र सहभागी हुनुभयो। राजनीतिक दलका ...
सुशीला कार्की अन्तरिम सरकारकी पहिलो महिला प्रधानमन्त्री, आजै शपथ ग्रहण

सुशीला कार्की अन्तरिम सरकारकी पहिलो महिला प्रधानमन्त्री, आजै शपथ ग्रहण

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ- पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारकी प्रधानमन्त्री बनेकी छिन्। यससँगै उनी नेपालको पहिलो महिला प्रधानमन्त्रीसमेत बनेकी छन्। यसअघि देशको पहिलो महिला प्रधानन्यायाधीश बनेर इतिहास रचिसकेकी कार्कीले अब प्रधानमन्त्रीको रूपमा अर्को ऐतिहासिक कीर्तिमान कायम गरेकी हुन्। शुक्रबार राति ९ बजे राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा कार्कीलाई प्रधानमन्त्रीको शपथ ग्रहण गराउने तयारी रहेको छ। शपथसँगै प्रतिनिधिसभा विघटन गर्ने सहमति पनि बनेको शीतल निवास स्रोतले जनाएको छ। जेनजी आन्दोलनले एमाले–कांग्रेस गठबन्धनको नेतृत्वमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन बाध्य बनाएपछि अन्तरिम सरकार गठनको प्रक्रिया अघि बढेको हो। भदौ २३ गते आन्दोलनका क्रममा प्रहरीले गोली चलाउँदा कम्तीमा १९ युवाको मृत्यु भएपछि २४ गते देशभर प्रदर्शन, आगजनी र तोडफोड भएका थिए। त्यसलगत्तै ओलीले पदत्या...
शीतलनिवासमा सहमति : संसद् विघटन, सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार

शीतलनिवासमा सहमति : संसद् विघटन, सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ- लगातारको राजनीतिक छलफलपछि शीतलनिवासमा अन्तरिम सरकार गठन गर्ने सहमति जुटेको छ । सो सहमतिसँगै प्रतिनिधिसभा विघटन गर्ने तयारी भइरहेको छ । अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले गर्ने तय भएको छ । संसद् विघटनलगत्तै आजै उनले प्रधानमन्त्रीको हैसियतमा शपथ ग्रहण गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ । कार्की नेतृत्वको मन्त्रिपरिषद्‌मा सुरुमा तीन सदस्य रहने भए पनि मन्त्रीहरूको नाम भने टुंगो लागिसकेको छैन । यसबीच, शीतलनिवासमा प्रतिनिधिसभा विघटनसम्बन्धी निर्णयको मस्यौदा लेख्ने काम भइरहेको छ ।...
अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई दिने सहमति

अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई दिने सहमति

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ- शीतल निवासमा जारी छलफलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति बनेको छ। राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा बिहीबार बसेको बैठकमा कार्कीलाई अन्तरिम सरकारको नेतृत्व हस्तान्तरण गर्ने विषयमा सहमति जुटेको हो। यसअघि जेन–जी समूहतर्फबाट पनि कार्कीको नाम सिफारिस गरिएको थियो। बैठकमा राष्ट्रपति पौडेल, प्रधानसेनापति अशोकराज सिग्देल, सुशीला कार्की र कानुनविद् ओमप्रकाश अर्याललगायत सहभागी थिए। छलफलमा संसद् विघटनको विषयमा मतभेद देखिए पनि संविधानअनुसार अघि बढ्ने सम्भावित विकल्पबारे विस्तृत चर्चा भएको बुझिएको छ।...
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकारबारे आज पनि छलफल

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकारबारे आज पनि छलफल

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, सुदूरपश्चिम
काठमाडौं- पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनबारे आज (शुक्रबार) पनि छलफल जारी रहने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार दिनभर र रातभर नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलको समन्वयमा कार्की र संविधानविद्हरुसँग व्यापक छलफल गरेका थिए। तर संसद् विघटन गर्ने कि नगर्ने भन्ने विषयमा सहमति जुट्न नसकेपछि निष्कर्षमा पुग्न सकेन। यस कारण शुक्रबार बिहान ९ बजेदेखि पुनः छलफल सुरु हुने भएको हो। विश्वसनीय स्रोतका अनुसार, सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री वा मन्त्रिपरिषद् अध्यक्ष बनाउने विषयमा भने सहमति जुटिसकेको छ। तर संवैधानिक प्रावधानअनुसार प्रधानमन्त्री हुन संसद् सदस्य हुनुपर्ने भएकाले वैकल्पिक उपायबारे राष्ट्रपति पौडेलले विज्ञसँग राय लिएका छन्। जेनजी युवाहरूले संसद् विघटनलाई आफ्नो आधाररेखा (बटमलाइन) बनाएका छन्। उनीहरूको तर्फबाट अधिवक्ता ओमप्...
‘जेन जी’ प्रदर्शनको घटनापछि गृहमन्त्री रमेश लेखकको राजीनामा

‘जेन जी’ प्रदर्शनको घटनापछि गृहमन्त्री रमेश लेखकको राजीनामा

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ- गृहमन्त्री रमेश लेखकले सोमबार साँझ पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर उनले राजीनामा बुझाएका हुन् । सोमबार भएको ‘जेन जी’ पुस्ताको प्रदर्शन हिंसात्मक बनेपछि गृहमन्त्री लेखक राजीनामा दिन बाध्य भएका हुन् । उक्त प्रदर्शनमा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाले ज्यान गुमाइसकेका छन् । आजै बसेको नेपाली कांग्रेस पदाधिकारी बैठकमा लेखकले घटनाको नैतिक जिम्मेवारी लिनुपर्ने भन्दै राजीनामा दिने निर्णय गरेको स्रोतले जनाएको छ ।...
एमालेको दोस्रो विधान महाधिवेशन आज सकिँदै

एमालेको दोस्रो विधान महाधिवेशन आज सकिँदै

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज हलमा दुई दिनसम्म चलेर आज सकिँदैछ। महाधिवेशनमा प्रस्तुत दस्तावेजमाथि १० समूहमा विभाजन गरेर प्रदेश, उपत्यका र केन्द्रीय संरचनाका आधारमा प्रतिनिधिहरूले छलफल गरेका थिए। कोशी, सुदूरपश्चिम, मधेश, कर्णाली, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका प्रतिनिधिहरूले आ–आफ्नो समूहगत प्रतिवेदन तयार गरिरहेका छन्। आइतबार यी प्रतिवेदन समूह नेतामार्फत महाधिवेशन हलमा प्रस्तुत गरिनेछ। शनिबार दिनभर चलेको छलफलपछि प्रतिवेदन लेखन सुरु भएको एमाले बागमती प्रदेश कमिटीकी उपसचिव भक्तकुमारी लामाले जानकारी दिइन्। सहभागीहरूले दिएका सुझावलाई आधार बनाएर प्रतिवेदन लेखिएको उनले बताइन्। पार्टी केन्द्रीय प्रचार विभाग प्रमुख गौतमका अनुसार आइतबार सबै प्रतिवेदन प्रस्तुत भएपछि अध्यक्ष केपी शर्मा ओलीले उठेका जिज्ञासामा जवाफ दिनेछन्। ...
मनाङमा पनि कात्तिक १७ गते उपचुनाव हुने

मनाङमा पनि कात्तिक १७ गते उपचुनाव हुने

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ- हिमाली जिल्ला मनाङमा कात्तिक १७ गते प्रदेशसभा सदस्यको उपचुनाव हुने भएको छ। निर्वाचन आयोगको बैठकले मनाङ–२ प्रदेशसभा रिक्त पदका लागि कार्यतालिका तय गरी जिल्ला निर्वाचन कार्यालयलाई पत्र पठाएको हो। निर्वाचन अधिकृत गोविन्दप्रसाद अर्यालका अनुसार गएको भदौ १३ गतेदेखि नै चुनाव अवधि शुरू भएको छ। २०७९ मङ्सिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा मनाङ–१ प्रदेशसभा (२) बाट निर्वाचित भएका राजीव गुरुङ (दीपक मनाङे) अयोग्य ठहरिएपछि उपचुनाव हुन लागिएको हो। यसैबीच, प्रमुख जिल्ला अधिकारी नवराज पौडेलले आगामी उपचुनावको सुरक्षा तयारीमा विशेष ध्यान दिन निर्देशन दिएका छन्। उनले जिल्ला प्रहरी कार्यालय र चामेस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर–३२ गुल्मको निरीक्षण गर्दै चुनाव शान्तिपूर्ण र सफल बनाउन सबै निकायलाई सक्रिय हुन आग्रह गरेका हुन्। सोही दिन रुपन्देही–३ प्रतिनिधिसभा क्षेत्रमा पनि उपचुनाव हुने छ...
प्रधानमन्त्री ओलीको चीन भ्रमणले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा बढाएको परराष्ट्र मन्त्रालयको दाबी

प्रधानमन्त्री ओलीको चीन भ्रमणले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा बढाएको परराष्ट्र मन्त्रालयको दाबी

Breaking News 1, अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीको पाँचदिने चीन भ्रमणले अन्तर्राष्ट्रिय जगत्मा नेपालको प्रतिष्ठा अभिवृद्धि गर्न उल्लेखनीय योगदान पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ। चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित कार्यक्रममा परराष्ट्र सचिव अमृतबहादुर राईले उच्चस्तरीय भेटवार्ता र भ्रमणका उपलब्धिबारे जानकारी दिँदै यस्तो बताएका हुन्। चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली १४ भदौमा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गरेका थिए। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ, उपराष्ट्रपति तथा विभिन्न राष्ट्रका राष्ट्र–सरकार प्रमुखहरूसँग भेटवार्ता गरेका थिए। भ्रमणको मूल उद्देश्य चीनको तियानजिनमा सम्पन्न शाङ्घाई सहयोग सङ्गठन (एससीओ)को शिखर सम्मेलनमा सहभागिता जनाई सो सङ्गठनमा नेपालको भूमिकालाई सुदृढ ब...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज