Advertisement

रुपन्देही उपनिर्वाचन: कस्ले मार्ला बाजि ? (तथ्यगत रिपोर्ट सहित) 

Advertisement

लुम्बिनी प्रदेश : रुपन्देही–३ फेरि एकपटक देशको ध्यान खिचिएको क्षेत्रमा उभिएको छ । प्रतिनिधिसभा सदस्य दीपक बोहराको असामयिक निधनपछि रिक्त बनेको यस निर्वाचन क्षेत्रमा सरकारले कात्तिक १७ गते उपनिर्वाचन गर्ने घोषणा गरेसँगै यहाँको राजनीतिक माहोल पुनः तातिएको छ । यो क्षेत्रको राजनीति विगतकै चुनावी समीकरण, दलहरूको संगठनात्मक शक्ति र आगामी सम्भावनाका कारण अहिले राष्ट्रिय बहसको केन्द्रबिन्दु बनेको छ ।

२०७९ सालको आमनिर्वाचनमा यो क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहरा विजयी भएका थिए । उनले ३६ हजार ७ सय १७ मत ल्याएर नेपाली कांग्रेसका बालकृष्ण खाँणलाई करिब २ हजार ७ सय मतले पछि पार्दै संसद् पुगेका थिए । खाँणले ३४ हजार ३६ मत पाए भने राष्ट्रिय स्वतन्त्र पार्टीका जितबहादुर गुप्ता तेस्रो स्थानमा सीमित भए, जसले ५ हजार ७ सय ९६ मत ल्याएका थिए । बोहराको जित नेकपा एमालेको रणनीतिक समर्थनकै कारण सम्भव भएको मानिन्छ । किनभने एमालेले त्यतिबेला आफ्नै उम्मेदवार नउठाएर राप्रपालाई समर्थन गरेको थियो ।

तर समानुपातिकतर्फको मतको हिसाबले राजनीति पूर्ण रूपमा फरक देखिन्छ । समानुपातिकमा नेपाली कांग्रेसले करिब २० हजार २ सय ७९ मत ल्याएर पहिलो स्थानमा राखेको थियो । UML ले पनि बलियो उपस्थितिसहित १६ हजार ९ सय ८६ मत जुटायो । यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीले १४ हजार १ सय ५४ मत ल्याउँदै तेस्रो स्थानमा देखियो भने प्रत्यक्ष विजयी भएको राप्रपा भने ९ हजार १ सय ८३ मतमा सीमित रहेको थियो । यो तथ्यांकले पनि  एमाले र कांग्रेस दुवैको आधारभूत संगठनात्मक शक्ति निकै बलियो छ भने रास्वप पनि तीव्र रूपमा उदाउँदैछ भन्ने बुझाएको छ । गत निर्वाचनको परिणाम र समानुपातिक मतको मुल्यांकन गर्दा  राप्रपाको बल एमालेको समर्थनमा मात्रै टिकेको देखिन्छ ।

अब आउँदो उपनिर्वाचनमा एमालेले अघिल्लो जस्तो रणनीति नदोहोर्याउने संकेत गरेको छ । यसपटक एमाले आफ्नै उम्मेदवार उतार्ने तयारीमा छ, जसमा खिमलाल भट्टराई जस्ता नामहरू चर्चामा छन् । एमालेका लागि यो केवल एक उपनिर्वाचन मात्र नभई आफ्नै बलियो आधार देखाउने ठूलो अवसर पनि हो । अघिल्लो पटक प्रत्यक्षतर्फ उम्मेदवार नउठाए पनि समानुपातिकतर्फ करिब १७ हजार मत पाएको एमाले लाई थोरै मात्रै सघन अभियान चलाए कांग्रेससँग निकै प्रतिस्पर्धा हुने अवस्था देखिन्छ ।

नेपाली कांग्रेसले भने यस क्षेत्रमा आफ्नो पुरानो उमेदवार बलकृष्ण खाँणलाई फेरि मैदानमा उतार्ने तयारी गरेको छ । खाँण अघिल्लो पटक पनि धेरै मत ल्याएर छोटो अन्तरमा पराजित भएका थिए । कांग्रेसको संगठनात्मक पकड, पुराना मतदाता र पार्टीको परम्परागत आधारलाई ध्यानमा राख्दा खाँण अझै बलियो दावेदार देखिन्छन् । तर एमाले पनि प्रतिस्पर्धामा आएसँगै कांग्रेसको जित सजिलो हुने भने देखिँदैन ।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीले डा. लेखजंग थापालाई उम्मेदवार घोषणा गरिसकेको छ । भैरहवा निवासी न्युरोलोजिस्ट डा. थापाले स्वास्थ्य क्षेत्रमा ठूलो लोकप्रियता कमाइसकेका छन् । अघिल्लो चुनावमा रास्वपाले प्रत्यक्षतर्फ कम मत ल्याए पनि समानुपातिकतर्फ १४ हजारभन्दा बढी मत पाएको थियो, जसले उनीहरूलाई अब बलियो प्रतियोगीको रूपमा स्थापित गरेको छ । विशेषगरी शहरी मतदाता, शिक्षित वर्ग र युवा पुस्तामाझ रास्वपाले प्रभाव जमाउन सक्ने अनुमान गरिएको छ ।

राप्रपाका लागि भने यो उपनिर्वाचन चुनौतीपूर्ण देखिन्छ । दीपक बोहराको निधनपछि बोहरा परिवारकै सदस्यलाई उम्मेदवार बनाउन सकिने चर्चा छ तर एमालेको समर्थनबिनाको अवस्थामा अघिल्लो जस्तो ठूलो मत ल्याउन कठिन हुनेछ । एमाले आफैं चुनावी मैदानमा उत्रिएपछि राप्रपाको संगठनात्मक शक्ति मात्रै भरपर्दा कांग्रेस वा एमाले सँग बराबरी गर्ने सम्भावना न्यून देखिन्छ ।

त्यसैगरी मधेशवादी दलहरू पनि आफ्नो उपस्थिति जनाउन उम्मेदवार खडा गर्ने तयारीमा छन् । यद्यपि उनीहरूको मत सानो संख्यामा मात्र सीमित हुने देखिन्छ । स्वतन्त्रतर्फ पनि कानूनी क्षेत्रमा परिचित नाम ओमप्रकाश अर्यालको चर्चा छ, जसले केही मत तान्न सक्छन् तर प्रमुख प्रतिस्पर्धामा पुग्ने अवस्था भने देखिँदैन ।

 रुपन्देही–३ को उपनिर्वाचन बहुकोणीय बन्ने निश्चित छ । तर वास्तविक प्रतिस्पर्धा भने एमाले र कांग्रेसबीच नै केन्द्रित हुने देखिन्छ । कांग्रेससँग अघिल्लो पटकको बलियो आधार र संगठनात्मक पकड छ भने एमालेले पहिलोपटक प्रत्यक्ष उम्मेदवार उतारेर आफ्नो शक्ति प्रदर्शन गर्नेछ। रास्वपाले काट्ने मतले खेललाई अझै जटिल बनाउन सक्ने देखिएको छ । विशेषगरी यदि रास्वपाले युवामाझ ठूलो आकर्षण सिर्जना गर्न सक्यो भने कांग्रेस र एमाले दुवैको आधारभूत मत कटान हुनसक्ने सम्भावना देखिन्छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका- ८ मा सिस्नु पाउडर प्रशोधन तथा उत्पादन सम्बन्धी ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । गरिबी न...
बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

धनगढी- बैतडीको मेलौली नगरपालिका-२ सलेनामा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट सवार गाडी र यात्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज