काठमाण्डौ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागमती प्रदेश प्रशिक्षण विभागका संयोजक हरिप्रसाद कँडेललाई निलम्बन गरेको छ।
नक्कली शैक्षिक प्रमाणपत्र छपाइमा संलग्न रहेको आरोपमा पक्राउ परेका कँडेललाई पार्टीले शुक्रबार निलम्बन गरेको हो।
चितवनको कालिका नगरपालिका–५ पदमपुरका कँडेललाई बुधबार प्रहरीले पक्राउ गरी रुपन्देही ल्याएको प्रहरी प्रमुख एसपी प्रदीप क्षेत्रीले जानकारी दिए। उनका अनुसार कँडेलमाथि नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा अनुसन्धान भइरहेको छ।


