काठमाडौं- निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्षमा रञ्जिता श्रेष्ठ नै रहने निर्णय गरेको छ।
पार्टीको राष्ट्रिय भेलाले सांसद लालवीर चौधरीलाई अध्यक्ष बनाएर आयोगमा दर्ता गरे पनि आयोगले चौधरीलाई मान्यता नदिएपछि रञ्जिता नै आधिकारिक अध्यक्ष कायम भएकी हुन्।
श्रेष्ठ पटक–पटक विवादमा परेपछि साउन १४ र १५ गते काठमाडौंमा राष्ट्रिय भेला गरेर उनको स्थानमा चौधरीलाई अध्यक्ष तोकिएको थियो। भेलाको निर्णयअनुसार अध्यक्ष परिवर्तनको जानकारीसहित अद्यावधिकका लागि निर्वाचन आयोगमा पत्र पठाइएको थियो। तर, आयोगले सो निर्णयलाई मान्यता नदिई रञ्जितालाई नै अध्यक्ष रहने निर्णय गरेको हो।

