काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेश सचिव विक्रम मिश्रीले शिष्टाचार भेटवार्ता गरेका छन्।
आज बिहान काठमाडौँ आइपुगेका मिश्रीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन्।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा दुईदिने नेपाल भ्रमणमा आएका मिश्री सोमबार पशुपतिनाथको दर्शनपछि स्वदेश फर्किने कार्यक्रम छ।
भ्रमणका क्रममा उनले आजै सबै महत्वपूर्ण भेटवार्ता गर्नेछन्। आगामी भदौ ३१ गते प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारीसम्बन्धी विषयमा समेत छलफल हुने जनाइएको छ।

