काठमाडौँ- गृहमन्त्री रमेश लेखकले सोमबार साँझ पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर उनले राजीनामा बुझाएका हुन् ।
सोमबार भएको ‘जेन जी’ पुस्ताको प्रदर्शन हिंसात्मक बनेपछि गृहमन्त्री लेखक राजीनामा दिन बाध्य भएका हुन् । उक्त प्रदर्शनमा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाले ज्यान गुमाइसकेका छन् ।
आजै बसेको नेपाली कांग्रेस पदाधिकारी बैठकमा लेखकले घटनाको नैतिक जिम्मेवारी लिनुपर्ने भन्दै राजीनामा दिने निर्णय गरेको स्रोतले जनाएको छ ।

