काठमाडौँ- लगातारको राजनीतिक छलफलपछि शीतलनिवासमा अन्तरिम सरकार गठन गर्ने सहमति जुटेको छ । सो सहमतिसँगै प्रतिनिधिसभा विघटन गर्ने तयारी भइरहेको छ ।
अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले गर्ने तय भएको छ । संसद् विघटनलगत्तै आजै उनले प्रधानमन्त्रीको हैसियतमा शपथ ग्रहण गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ ।
कार्की नेतृत्वको मन्त्रिपरिषद्मा सुरुमा तीन सदस्य रहने भए पनि मन्त्रीहरूको नाम भने टुंगो लागिसकेको छैन । यसबीच, शीतलनिवासमा प्रतिनिधिसभा विघटनसम्बन्धी निर्णयको मस्यौदा लेख्ने काम भइरहेको छ ।

