Advertisement

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

Advertisement

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरनाक प्रवृत्ति बढ्दै गएको छ । आफुले मन पराएको नेता वा नेतृत्वले जे गरे पनि सही हो भन्ने सोच। यही अन्ध समर्थन र पक्षपातपूर्ण मानसिकताले देशलाई कमजोर बनाइरहेको छ।
लोकतन्त्रमा नेता जनताका सेवक हुन्, मालिक होइनन्। जनताले उनीहरूलाई देश र जनताको हितका लागि जिम्मेवारी दिएका हुन्छन्। तर जब नागरिकहरू आफ्नो पार्टी, नेता वा समूहप्रति यति धेरै अन्धभक्त बन्छन् कि उनीहरूको गलत कामसमेत सही देख्न थाल्छन्, तब भ्रष्टाचार, बेथिति र अन्यायले प्रश्रय पाउँछ।
आज देशमा धेरै समस्या देखिन्छन् ,, भ्रष्टाचार, बेरोजगारी, विकासमा ढिलाइ, युवाको विदेश पलायन, कमजोर शिक्षा र स्वास्थ्य व्यवस्था। यी समस्याको एउटा मुख्य कारण नागरिकको मौन समर्थन पनि हो। कुनै नेता गलत कार्यमा मुछिँदा पनि “मेरो नेता हो” भनेर बचाउने, आलोचना गर्नेलाई शत्रु ठान्ने, र सत्यभन्दा पार्टीलाई माथि राख्ने प्रवृत्तिले देशलाई झन् कमजोर बनाएको छ।
असल नागरिक भनेको राम्रो कामको समर्थन गर्ने र गलत कामको विरोध गर्ने व्यक्ति हो। नेतृत्वप्रति समर्थन हुनु नराम्रो होइन, तर समर्थन विवेकपूर्ण हुनुपर्छ। यदि नेता गलत छन् भने आफ्नै पक्षका भए पनि सच्याउन सक्नुपर्छ। देश व्यक्ति वा पार्टीभन्दा ठूलो हुन्छ भन्ने चेतना सबैमा हुन जरुरी छ।
इतिहासले पनि देखाएको छ कि अन्धभक्तिले कहिल्यै देशलाई उन्नति गराएको छैन। जहाँ नागरिक सचेत हुन्छन्, त्यहाँ नेता पनि जिम्मेवार बन्छन्। तर जहाँ जनता विभाजित भएर केवल आफ्नो नेताको बचाउमा लाग्छन्, त्यहाँ विकासभन्दा झगडा र अस्थिरता बढ्छ।
अब समय आएको छ, व्यक्ति होइन, नीति हेर्ने,पार्टी होइन, देश सोच्ने। नेता होइन, सत्य र न्यायको पक्षमा उभिने। जबसम्म हामी “मेरो नेता जे गरे पनि सही” भन्ने मानसिकताबाट बाहिर निस्कँदैनौं, तबसम्म देशले सही दिशा पाउन गाह्रो हुन्छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

काठमाडौं- मुगुका गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गर्दै संसद् र सडक दुवैतर्फबाट विरोध चर...
केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

बझाङ- केदारस्युँ गाउँपालिकाले आर्थिक वर्ष २०८२ / ०८३ को वार्षिक वित्तीय प्रगति सार्वजनिक गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले बि...
कैलालीमा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

कैलालीमा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

धनगढी- कैलालीमा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–६ ...
कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव फेला, दुई जना अझै बेपत्ता

कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव फेला, दुई जना अझै बेपत्ता

कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा कर्णाली नदीमा बेपत्ता भएकामध्ये थप दुई जनाको शव बिह...
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर - सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण निरन्तर बढ्दै गएको ...
बर्खामा बिपी राजमार्ग अवरुद्ध भए आधा घण्टामै खुलाइने गरी तयारी

बर्खामा बिपी राजमार्ग अवरुद्ध भए आधा घण्टामै खुलाइने गरी तयारी

काठमाण्डाै- पटकपटकको बाढीपहिरोले क्षति भई पुनर्निर्माण थालिएको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्डमा अब अवरुद्ध भए आधा घण...
सातै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

सातै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौं- आज सातवटै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोसी, वाग्मती,...
छबिसपाथिभेरा-७ को प्राकृतिक गहना दानछडा झरना प्रचारप्रसारको पर्खाइमा

छबिसपाथिभेरा-७ को प्राकृतिक गहना दानछडा झरना प्रचारप्रसारको पर्खाइमा

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मा अवस्थित दानछडा झरना प्राकृतिक सौन्दर्यले भरिपूर्ण आकर्षक गन्तव्य हो। मनमोहक दृश्य र रमण...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज