Advertisement

समाचार

यातायात व्यवसायीले फिर्ता लिए आन्दोलन

यातायात व्यवसायीले फिर्ता लिए आन्दोलन

समाचार
यातायात व्यवसायीहरूले जारी आन्दोलन फिर्ता लिएका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव भरत नेपालका अनुसार, आन्दोलन फिर्ता लिइएको हो ।  एक महिनाको सर्त राखेर आन्द‍ोलन फिर्ता लिएको उनले बताए । "गण्डकी प्रदेशको पत्र आयो । सार्वजनिक यातायात सुचारू गरिएको छ," उनले भने । गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोध गर्दै यातायात व्यवसायीहरू आन्दोलनमा उत्रिएका थिए । यातायात व्यवसायीहरूले गरेको आन्दोलनका कारण देशभरको सार्वजनिक यातायात ठप्प थियो । गण्डकी सरकारले एक महिनाका लागि राइड सेयरिङ स्थगन गर्ने निर्णय गरेसँगै व्यवसायीहरूले आन्दोलन फिर्ता लिएका हुन् । मंगलबार मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘राइड सेयरिङ’ नियमावली स्थगन गर्न गण्डकी प्रदेश सरकारलाई निर्देशन दिएको थियो । त्यसलगत्तै प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयका सच...
विद्यार्थी र आम नागरिकका लागि विद्यार्थी नेता सुरेश जोशी सूर्यको आवाज

विद्यार्थी र आम नागरिकका लागि विद्यार्थी नेता सुरेश जोशी सूर्यको आवाज

समाचार, सुदूरपश्चिम
जेठ १८ गते देखी देशभर यातायात व्यवसायीले गाडी बन्द गरेपछि शिक्षक सेवा आयोगको परीक्षा दिने विद्यार्थी अलपत्र  परे सँगै विधार्थी नेता सुरेश जोशीले सामाजिक सञ्जाल मार्फत सरकारलाई ध्यानाकर्षण गराएका छन् । साथै  गास खोज्न हिँडेका नेपाली नागरिक आमाबुवा दाजुभाई दिदीबहिनीहरु अलपत्र परेका छन् । विद्यार्थी र नागरिकको समस्या सरकारले सुन्ने कि नसुन्ने? विद्यार्थीसँग र गाँसिन हिँडेका नागरिकसँग आर्थिक स्थिति कमजोर हुन्छ । विद्यार्थीहरू भोग तिर्खा निन्द्रा नमानी लोकसेवा तयारी गरिरहेका बेला  लोकसेवा दिन जाँदा साहुसँग ऋण निकालेर लोकसेवा दिन हिँडेका हुन्छन् । तर यातायात बन्द भएर चपेटामा परेर  विद्यार्थीको यो पीडा सुन्ने कि नसुन्ने सरकार? जेठ २४ गते कोशी प्रदेशको परीक्षा दिन जाने विद्यार्थी देशको कुनाकाप्चा विकट जिल्ला बझाङको साइपाल दार्चुलाको अपि बाजुराको हिमाली जस्ता विकट गाउँपालिकामा छन् । त्यहाँबाट जिल्...
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको महाधिवेशनमा नेतृत्त्व चयनमा असहमति, प्रस्तावित नामावली हलले अस्वीकृत

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको महाधिवेशनमा नेतृत्त्व चयनमा असहमति, प्रस्तावित नामावली हलले अस्वीकृत

समाचार
काठमाडौं, १९ जेठ — नेकपा एमाले निकट स्वास्थ्यकर्मीहरुको छाता संगठन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको पाँचौं महाधिवेशन नेतृत्त्व चयनको विषयमा सहमति नजुटेपछि अन्योलपूर्ण अवस्थामा प्रवेश गरेको छ। पार्टी नेतृत्वबाट सर्वसम्मतिका लागि प्रस्ताव गरिएको अध्यक्षसहित पदाधिकारीको नामावली महाधिवेशनको हलले अस्वीकृत गरेपछि स्थिति थप जटिल बनेको हो। पार्टीको जनसंगठन समन्वय संयन्त्रका प्रमुख एवं पोलिटब्यूरो सदस्य भानुभक्त ढकाल तथा एमाले स्वास्थ्य विभागका इन्चार्ज कृष्ण गोपाल श्रेष्ठले अध्यक्षमा डा. सन्तोष पौडेल नेतृत्वको ९ सदस्यीय पदाधिकारी टिमको नामावली प्रस्तुत गरेका थिए। उनीहरूले महासंघको आगामी कार्यकालका लागि सहमतिका आधारमा नेतृत्व चयन गर्न खोजेका थिए। अस्वीकृत प्रस्तावित पदाधिकारी टिम यस्तो थियो: अध्यक्ष: डा. सन्तोष पौडेल उपाध्यक्षहरू: रामहरि ढकाल, अमृता बराल महासचिव: भीमराज सिंह उप...
साईपालमा रुखबाट खसेर घाइते भएका व्यक्ति हेलिकप्टरमार्फत उद्धार, अर्की दीर्घरोगी महिलाको पनि उद्दार

साईपालमा रुखबाट खसेर घाइते भएका व्यक्ति हेलिकप्टरमार्फत उद्धार, अर्की दीर्घरोगी महिलाको पनि उद्दार

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : साईपाल गाउँपालिका–४ का एक व्यक्ति रुखबाट खसेर गम्भीर घाइते भएपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ । आज दिउँसो करिब १२:३० बजेतिर रुखबाट खसेर घाइते भएका स्थानीय सुनबहादुर रोकायाको अवस्था गम्भीर देखिएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उनलाई सुर्खेत लगिएको हो । घाइतेको छिटो उपचार आवश्यक देखिएपछि साईपाल गाउँपालिकाले तत्काल नेपाली सेनालाई उद्धारको लागि अनुरोध गरेको थियो । साईपाल गाउँपालिकाका अध्यक्ष मानबीर बोहराका अनुसार सूचना पाएको केही समयमै हेलिकप्टर आएर रोकायालाई सुर्खेतस्थित अस्पताल पुर्‍याइएको हो । उक्त हेलिकप्टरमा साईपाल–५ बलौडीकी दीर्घरोगी महिला चैती बोहराको समेत उद्धार गरिएको छ । महिनौँदेखि अस्वस्थ अवस्थामा रहेको उनका लागि समेत गाउँपालिकाले हेलिकप्टरमार्फत उपचारको व्यवस्था मिलाएको हो।  ...
भूमि आयोगले कञ्चनपुरमा नापी गर्न थाल्यो  

भूमि आयोगले कञ्चनपुरमा नापी गर्न थाल्यो  

Breaking News 1, Breaking News 2, Breaking News 3, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुर- भूमि समस्या समाधान आयोगले भूमिहीन र अव्यवस्थित बसोबासीको जग्गा नापीको काम सुरु गरेको छ।   आयोगले कञ्चनपुरका सबै पालिकामा नापी टोली गठन गरेर जग्गा नापीको काम गरिरहेको भूमि समस्या समाधान आयोगका अध्यक्ष नेत्रप्रकाश पन्तले जानकारी दिए। उनका अनुसार अहिले नापीका लागि सबैै पालिकामा टोली खटिएको छ। नापी टोलीमा आयोगका २० जना अमिन र १३ जना सर्वेक्षक छन् भने स्थानीय पालिकाका २७ अमिन र छजना सर्वेक्षकले जग्गा नापजाँचको काम गरिरहेको उनले बताए।   'हामीले असारसम्ममा चार हजार लालपूर्जा वितरण गर्ने गरी काम गरिरहेका छौँ', अध्यक्ष पन्तले भने, 'यहाँका सबै पालिकामा नापी टोली गठन भएर जग्गा नापीको काम भइरहेको छ।' उनले लालपूर्जाका लागि भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासी गरी ७२ हजार ९३० निवेदन परेको बताए। अध्यक्ष पन्तले यसअघि विघटन भएको आयोगले चार हजार ६५ सेतो लालपूर्...
सुदूरपश्चिम प्रदेशको क्रिकेट टोली घोषणा

सुदूरपश्चिम प्रदेशको क्रिकेट टोली घोषणा

Breaking News 1, Breaking News 2, Breaking News 3, अछाम, कन्चनपुर, कैलाली, खेलकुद, डडेल्धुरा, डोटी, ताजा अपडेट, दार्चुला, बझाङ, बाजुरा, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी - एसिसी पुरुष यु–१६ इस्ट जोन कप–२०२५ को छनोटका लागि सञ्चालन हुने राष्ट्रिय प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली घोषणा गरिएको छ।   सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव लक्ष्मणदत्त भट्टका अनुसार सचिन भट्टको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको हो। टोलीको उपकप्तानमा अविरल विक तथा सदस्यहरुमा भास्कर जोशी, हिमाल दौल्याल, रविन भण्डारी, आहन थलाल, रवि दमाई, विक्रम बोहरा, लोकेश चन्द, सुवोध तिवारी, राहुल साउद, सुशील रावल, रितेश विष्ट र आयुष चन्द रहेका छन्।   यस्तै वैकल्पिक खेलाडीमा रुद्रप्रसाद आचार्य, धु्रव लुहार, महेश देउवा र शङ्कर बोहरा रहेका छन्। हालै सम्पन्न प्रदेशस्तरीय छनोटमा उत्कृष्ट प्रर्दशन गरेका खेलाडीलाई टोलीमा समोवश गरिएको हो। प्रदेशस्तरीय छनोट प्रतियोगिता गत वैशाख २६ गतेदेखि बैतडीको दशरथचन्द क्रिकेट रङ्गशाला र कैलालीको फाप्ला क्रिकेट मैदानमा सञ्चालन भए...
कञ्चनपुरमा पावरटिलर दिने भन्दै किसानलाई ठग्ने सुशिला खड्कासहित दुई जना पक्राउ

कञ्चनपुरमा पावरटिलर दिने भन्दै किसानलाई ठग्ने सुशिला खड्कासहित दुई जना पक्राउ

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, समाचार, सुदूरपश्चिम
धनगढी- एक वर्षदेखि कैलाली र कञ्चनपुरका किसानहरुलाई पावरटिलर मेसिन दिने भन्दै रकम असुलेर ठगी गरेको आरोपमा सुरो नेपालकी अध्यक्ष सुशिला खड्का ओझा पक्राउ परेकी छिन्।   खड्का सँगै पावर टिलर बाँड्ने भन्दै किसानबाट रकम असुलीमा संलग्न रहेकी धनगढीको बंग्रा घर भएकी सुनिता चौधरीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सागर बोहराले उनीहरुलाई शनिवार काठमाडौंबाट पक्राउ गरी कञ्चनपुर ल्याएको बताए।   कञ्चनपुरको कृष्णपुर नगरपालिकाका स्थानीय किसानको ठगी सम्बन्धी उजुरीका आधारमा पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक बोहराले जानकारी दिए। सुशिला खड्काले विभिन्न व्यक्ति, समूह, सहकारीलाई परिचालन गरी प्रति किसानबाट ५० हजारदेखि एक लाख ३० हजार रुपैयाँसम्म रकम संकलन गर्दैआएका छिन्। उनको समूहले हालसम्म हजारौं किसानबाट रकम संकलन गरिए पनि हालसम्म प...
राष्ट्रिय युवा संघको केन्द्रीय सदस्यमा बझाङका संसार खड्का निर्विरोध चयन

राष्ट्रिय युवा संघको केन्द्रीय सदस्यमा बझाङका संसार खड्का निर्विरोध चयन

बझाङ, समाचार
बझाङ, राष्ट्रिय युवा संघ नेपालको हालै पाेखरामा सम्पन्न १०औं महाधिवेशनबाट बझाङका युवा नेता संसार खड्का केन्द्रीय सदस्यमा निर्विरोध चयन भएका छन् । अन्य दावी नपरेपछि उनी सहज रूपमा केन्द्रीय तहमा प्रवेश पाउन सफल भएका हुन् । राष्ट्रिय युवा संघ नेपालजस्तो देशभर सशक्त संरचना भएको युवा संगठनको नेतृत्व तहमा बझाङबाट प्रतिनिधित्व हुनु जिल्लाका लागि गौरवको विषय भएको स्थानीय राजनीतिक विश्लेषकहरू बताउँछन्। खड्का मात्र नभई बझाङका मंगल थापा र सविता खड्का पनि यसपटक केन्द्रीय सदस्यमा चयन भएका छन् । तीनै जनाको नेतृत्वमा बझाङको युवा आवाज अब राष्ट्रिय मञ्चमा अझ सशक्त रूपमा प्रस्तुत हुने अपेक्षा गरिएको छ। नेतृत्वमा पुगेपछि बझाङका युवाको क्षमता र समस्या राष्ट्रिय एजेन्डामा लैजाने प्रतिवद्धता खड्काले जनाएका छन् । संगठनलाई सशक्त बनाउँदै बझाङको विकासका सवालहरू युवा नेतृत्वको प्राथमिकतामा रहने खड्का...
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको पाँचौं अधिवेशन : अध्यक्ष पदका लागि चारजनाको दाबी

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको पाँचौं अधिवेशन : अध्यक्ष पदका लागि चारजनाको दाबी

समाचार
  काठमाडौं, — नेकपा एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको पाँचौं राष्ट्रिय अधिवेशन आगामी शनिबारबाट काठमाडौंमा सुरु हुँदैछ। अधिवेशन सुरु हुनुअघि नै संगठनको नयाँ नेतृत्वका लागि प्रतिस्पर्धा चर्किएको छ। अध्यक्ष पदमा हालका अध्यक्षसहित चार जना वरिष्ठ स्वास्थ्यकर्मीहरूले औपचारिक रूपमा दाबी प्रस्तुत गरेका छन्। अध्यक्ष पदका आकांक्षीहरूमा वर्तमान अध्यक्ष डा. झलक शर्मा, उपाध्यक्ष जगत नेपाली, भिमराज सिंह र रामहरि ढकाल रहेका छन्। चारैजनाले अधिवेशनका प्रतिनिधिहरूको समर्थन जुटाउन तीव्र रूपमा लबिइङ सुरु गरिसकेका छन्। उनीहरू पार्टीका नेताहरूसँग भेटघाट गर्दै आफ्ना पक्षमा माहोल बनाउने प्रयासमा जुटिरहेका छन्। वर्तमान अध्यक्ष डा. शर्माले संगठनलाई अझ मजबुत बनाउने उद्देश्यले फेरि नेतृत्वमा आउन चाहेको बताए। “संगठन ठूलो बनिसकेको छ, मसँग समय र योजना दुवै छन्,” उनले भने। उपाध्यक्ष समेत रहेका अर...
टिकापुरमा युवकमाथी खुकुरी प्रहार: एसपी राणा आफै अनुसन्धानमा खटिए

टिकापुरमा युवकमाथी खुकुरी प्रहार: एसपी राणा आफै अनुसन्धानमा खटिए

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढीः कैलालीको टीकापुरमा एक युवकमाथि खुुकुरी प्रहार भएको छ। टीकापुर नगरपालिका–१ का ३१ वर्षीय टेकेन्द्र सिंह विष्टमाथि बिहीवार दिउँसो घर नजिकैको क्याफेमा कफी पिइरहेका बेला खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुुमार सिंहले खुकुरी प्रहारबाट घाइते भएका विष्टको टाउको र छातीमा चोट रहेको जानकारी दिए। उनकाअनुुसार टीकापुरमा समान्य उपचारपछि विष्टलाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेज पठाइएको छ। विष्टले क्याफेमा कफी पिइरहेको अवस्थामा दुई जनाले उनीमाथि खुकुरी प्रहार गरेको बुझिएपनि उनीहरुको पहिचान भने भएको छैन। दुवै जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ। घटनापछि कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) बाल नरसिंह राणा आफैं अनुुसन्धानमा खटिएका छन्। ...
गणतन्त्र दिवसमा प्रेस चौतारी बझाङद्वारा दीप प्रज्वलन तथा कोणसभा

गणतन्त्र दिवसमा प्रेस चौतारी बझाङद्वारा दीप प्रज्वलन तथा कोणसभा

बझाङ, समाचार
बझाङ, जेठ १५ १८ ओैं गणतन्त्र दिवसको अवसरमा प्रेस चौतारी नेपाल बझाङ शाखाले बिहीबार साँझ दीप प्रज्वलन तथा कोणसभा कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा दीप प्रज्वलन गरेर गणतन्त्र मनाएकाे हाे । त्यसपछि वक्ताहरूले गणतन्त्र प्राप्तिका लागि सञ्चारकर्मीहरूको योगदान र गणतन्त्र प्राप्त पछि देश र नागरिकको अवस्था बारे आफ्नो धारणा व्यक्त गरेका थिए ।   कार्यक्रममा प्रेस चौतारी बझाङका अध्यक्ष सुरेश धामीले गणतन्त्र संस्थागत गर्न प्रेसको भुमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै प्रेस केवल सूचनाको माध्यम मात्र नभइ गणतन्त्रको चौथो आधारस्तम्भ रहेको समेत बताए ।   कार्यक्रमका प्रमुख अतिथि मष्टा गाउँपालिकाका अध्यक्ष ज्ञान बहादुर बोहराले गणतन्त्र प्राप्तिका लागि योगदान दिने ज्ञात अज्ञात सहिदहरू पर्ती श्रद्धासुमन व्यक्त गर्दै प्रेस र स्थानीय सरकारबीच समन्वय आवश्यक रहेको बताए ।, उनले भने, ´स...
गणतन्त्र दिवसमा बझाङ ट्राफिक प्रहरीद्वारा सामूहिक रक्तदान

गणतन्त्र दिवसमा बझाङ ट्राफिक प्रहरीद्वारा सामूहिक रक्तदान

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ: गणतन्त्र दिवस २०८२ को अवसरमा बझाङ जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी कर्मचारीहरूले "रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ जिल्ला अस्पताल बझाङमा सामूहिक रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् । मानवताको सेवा र दुर्घटनाका बेला रगतको अभावले कसैको ज्यान जान नपरोस् भन्ने उद्देश्यले गरिएको यस रक्तदान कार्यक्रम समाजप्रतिको उत्तरदायित्वप्रति प्रहरीको संवेदनशीलता र सक्रियताको प्रतीकका रूपमा हेरिएको छ । कार्यक्रममा सहभागी ट्राफिक प्रहरी प्रमुख विनोद विष्टले भन्नुभयो, "हाम्रो जीवनले अर्थपूर्ण बनोस् भने हामी अरुको सेवामा तत्पर हुनुपर्छ। सेवा गर्न सक्नु नै साँचो सुख र सन्तोषको आधार हो।" उहाँले थप भन्नुभयो, "मानवमा जन्मसिद्ध विवेक र भावना हुन्छ । त्यसैले समाजप्रतिको उत्तरदायित्व, सहयोग र समर्पण स्वाभाविक रूपमा विकास हुनुपर्ने हो । सामूहिक रक्तदान यही मानवीय भावना र कर्तव्यबोधको अभिव्यक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज