जेठ १८ गते देखी देशभर यातायात व्यवसायीले गाडी बन्द गरेपछि शिक्षक सेवा आयोगको परीक्षा दिने विद्यार्थी अलपत्र परे सँगै विधार्थी नेता सुरेश जोशीले सामाजिक सञ्जाल मार्फत सरकारलाई ध्यानाकर्षण गराएका छन् । साथै गास खोज्न हिँडेका नेपाली नागरिक आमाबुवा दाजुभाई दिदीबहिनीहरु अलपत्र परेका छन् । विद्यार्थी र नागरिकको समस्या सरकारले सुन्ने कि नसुन्ने? विद्यार्थीसँग र गाँसिन हिँडेका नागरिकसँग आर्थिक स्थिति कमजोर हुन्छ । विद्यार्थीहरू भोग तिर्खा निन्द्रा नमानी लोकसेवा तयारी गरिरहेका बेला लोकसेवा दिन जाँदा साहुसँग ऋण निकालेर लोकसेवा दिन हिँडेका हुन्छन् । तर यातायात बन्द भएर चपेटामा परेर विद्यार्थीको यो पीडा सुन्ने कि नसुन्ने सरकार? जेठ २४ गते कोशी प्रदेशको परीक्षा दिन जाने विद्यार्थी देशको कुनाकाप्चा विकट जिल्ला बझाङको साइपाल दार्चुलाको अपि बाजुराको हिमाली जस्ता विकट गाउँपालिकामा छन् ।
त्यहाँबाट जिल्ला सदरमुकाम आउन पनि ६-७ घण्टा लाग्छ । सुदूरपश्चिमबाट कोशी प्रदेश जान ५८ घण्टा जति लाग्छ । विद्यार्थीहरू विकट जिल्लामा आफ्ना लोकसेवाका सपना सम्झेर बसिरहेका छन् । विद्यार्थीहरू देशको कुनाकाप्चामा बसेर लोकसेवाको सपना देखिरहेका छन् । सहरमा दाजुभाई छन् न आमाबुवा छन् केवल खल्टीमा ऋण गारेर ल्याएको टिकट मात्रै छ।
यो समस्या सरकारले सुन्ने कि नसुन्ने लाखौं विद्यार्थी र गास खोज्न हिँडेका नागरिकको आवाज सुन्ने कि नसुन्ने सरकार भन्दै नेकपा एसका विधार्थी नेता सुरेश जोशी सुर्यले सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । यातायात व्यवसायी माग पूरा गरेर सास्ती भोगिरहेका गरिब जनताको माग सम्बोधन गर्न सरकारलाई जोशिले आग्रह गरेका छन् ।

