राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको पाँचौ राष्ट्रिय महाधिवेशनको तयारी पुरा, उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने
काठमाडौँ, १४ जेठ । नेकपा एमाले निकट स्वास्थ्यकर्मीहरुको संगठन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालले आगामी १७ र १८ गते हुने पाँचौ राष्ट्रिय महाधिवेशनको तयारी पुरा भएको जनाएको छ ।
भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा हुने दुई दिने महाधिवेशनको उद्घाटन गर्न पहिलो दिन प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आउने महासंघले जनाएको छ ।
महाधिवेशनबारे जानकारी दिन महासंघले आज राजधानीमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष डा झलक गौतमले देशभरबाट आउने ५०० बढी प्रतिनिधिले नयाँ नेतृत्व छनौट गर्ने समेत जानकारी दिए ।
महासंघले यसअघि रहेको १७ जनाको पदाधिकारी सहित १५१ सदस्यीय कार्यसमितिलाई घटाएर ९९ मा झारेको छ । यस्तै पदाधिकारीको संख्या पनि घटाएर ९ मा झारिएको बताए ।
उनले महाधिवेशनलाई सफल बनाउन विभिन्न उपसमिति गठन गरि काम भईरहेको समेत जानकारी गराए ।
विसं २७ जेठ २०६२ सालमा स्थापना भ...












