Advertisement

राष्ट्रिय युवा संघको केन्द्रीय सदस्यमा बझाङका संसार खड्का निर्विरोध चयन

Advertisement

बझाङ,
राष्ट्रिय युवा संघ नेपालको हालै पाेखरामा सम्पन्न १०औं महाधिवेशनबाट बझाङका युवा नेता संसार खड्का केन्द्रीय सदस्यमा निर्विरोध चयन भएका छन्

। अन्य दावी नपरेपछि उनी सहज रूपमा केन्द्रीय तहमा प्रवेश पाउन सफल भएका हुन् ।

राष्ट्रिय युवा संघ नेपालजस्तो देशभर सशक्त संरचना भएको युवा संगठनको नेतृत्व तहमा बझाङबाट प्रतिनिधित्व हुनु जिल्लाका लागि गौरवको विषय भएको स्थानीय राजनीतिक विश्लेषकहरू बताउँछन्।

खड्का मात्र नभई बझाङका मंगल थापा र सविता खड्का पनि यसपटक केन्द्रीय सदस्यमा चयन भएका छन् ।

तीनै जनाको नेतृत्वमा बझाङको युवा आवाज अब राष्ट्रिय मञ्चमा अझ सशक्त रूपमा प्रस्तुत हुने अपेक्षा गरिएको छ।

नेतृत्वमा पुगेपछि बझाङका युवाको क्षमता र समस्या राष्ट्रिय एजेन्डामा लैजाने प्रतिवद्धता खड्काले जनाएका छन् ।

संगठनलाई सशक्त बनाउँदै बझाङको विकासका सवालहरू युवा नेतृत्वको प्राथमिकतामा रहने खड्काले बताए।

विगत दुई दशकदेखि नेकपा एमालेको सक्रिय राजनीतिमा सक्रिय रहँदै आएका खड्का युवा संघ बझाङका विभिन्न तहमा महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका छन् ।

उनी जिल्ला कमिटी सदस्य, उपसचिव, सचिव, संयोजक हुँदै दुई कार्यकाल अध्यक्षको भूमिका निर्वाह गरिसकेका छन् ।

हालै सम्पन्न नेकपा एमाले बझाङको जिल्ला अधिवेशनबाट पनि उनी निर्वाचित जिल्ला कमिटी सदस्य बनेका थिए।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बझाङ- बझाङको बित्थडचिर गाउँपालिकामा `दोस्रो जय नेपाल´ वडाध्यक्ष कप २०८३ आयोजना हुनेभएको छ । यहीँ बैशाख ६ गतेदेखि वडा नम्बर ९ को आ...
धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढी, कैलाली — नयाँ वर्ष २०८३ को अवसर पारेर रोयल मेडिसिन डिस्टृब्युटर्स प्रा. लि. ले आफ्नो पाँचौँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न...
बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङ- यस वर्ष पनि बझाङको झोता क्षेत्रमा धार्मिक, ऐतिहासिक तथा पौराणिक महत्व बोकेको बिसु मेला धुमधामका साथ मनाइने भएको छ। जिल्लाको ...
कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

रमित ओली,हसुलिया- कैलालीको कैलारी गाउँपालिका-५ स्थित पवेरा सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारणसभा सम्पन्न भएको छ। आर्थिक व...
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना,  २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना, २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य छ जना घाइते भएका छन् । कृष्णपुर नगरपालिका- १ कुमगडामा से १ ज २९० न...
कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

रमित ओली, हसुलिया- कैलालीको कैलारी गाउँपालिकामा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा आयोजित श्रद्धाञ्जली सभा तथा सुविधा...
बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

यस यसअघि प्रकाशित “बझाङमा यार्चागुम्बा ओसारपसार मुद्दामा फरार अभियुक्त पक्राउ” सम्बन्धी समाचारमा केही तथ्यगत त्रुटि भएको पाइएकाले ...
बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ का स्थानीयलाई साबुन बनाउने तालिम प्रदान गरिँदैछ । घरेलु तथा साना उद्योग कार्यालय चैनपुर बझ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज