बझाङ : साईपाल गाउँपालिका–४ का एक व्यक्ति रुखबाट खसेर गम्भीर घाइते भएपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
आज दिउँसो करिब १२:३० बजेतिर रुखबाट खसेर घाइते भएका स्थानीय सुनबहादुर रोकायाको अवस्था गम्भीर देखिएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उनलाई सुर्खेत लगिएको हो । घाइतेको छिटो उपचार आवश्यक देखिएपछि साईपाल गाउँपालिकाले तत्काल नेपाली सेनालाई उद्धारको लागि अनुरोध गरेको थियो ।
साईपाल गाउँपालिकाका अध्यक्ष मानबीर बोहराका अनुसार सूचना पाएको केही समयमै हेलिकप्टर आएर रोकायालाई सुर्खेतस्थित अस्पताल पुर्याइएको हो ।
उक्त हेलिकप्टरमा साईपाल–५ बलौडीकी दीर्घरोगी महिला चैती बोहराको समेत उद्धार गरिएको छ । महिनौँदेखि अस्वस्थ अवस्थामा रहेको उनका लागि समेत गाउँपालिकाले हेलिकप्टरमार्फत उपचारको व्यवस्था मिलाएको हो।

