Advertisement

समाचार

डडेल्धुरामा नगदसहित ११ जना जुवाडे पक्राउ

समाचार
डडेल्धुरा - डडेल्धुरामा नगदसहित ११ जना जुवाडे पक्राउ परेका छन्। गएराति अमरगढी नगरपालिका-१ मौरोडास्थित धर्मराज जोशीको जस्ता पाताले छाएको बाँझो कच्ची घरबाट जुवाडे पक्राउ परेका हुन्। रूपैया पैसाको हारजित हुने गरी केही व्यक्तीहरू जुवा तास खेली रहेका छन भन्ने बिशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । पक्राउ पर्नेमा जिल्ला डडेल्धुरा अमरगढी नगरपालिका-१ मौरडा बस्ने ४३ वर्षीय ओमप्रकाश जोशी, ६० वर्षीय गणेश चुनारा, २९ वर्षीय पूर्णबहादुर दमाई, ६१ वर्षीय उद्धब सार्की, ४० वर्षीय मनोजदत्त भट्ट र ३३ वर्षीय प्रकाश केसी रहेका छन्। त्यस्तै सोही ठाउँका ४२ वर्षीय तेजबहादुर ऐर, २६ वर्षीय दिपक बिक, ४० वर्षीय सुरेश भट्ट, अमरगढी २ बस्ने ३४ वर्षीय दिनेशराज भट्ट र ३४ वर्षीय दिपक भण्डारी रहेका छन्। उनीहरूको साथबाट रातो बुट्टेदार बिछौना १ थानसहित २१ हजार ...

तिहारको चौथो दिन : आज गोवर्द्धन पूजा

समाचार
डडेल्धुरा - तिहार अन्तर्गत आज गाेवर्द्धन पूजा हुँदैछ । आज गोरु, किसान र हलोको पूजा गर्ने गरिन्छ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाइ त्यसलाई गाेवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापरयुगमा भगवान श्रीकृष्णले हत्केलाले गाेवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गाेवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको धार्मिक विश्वास छ । भगवान विष्णुले बलि राजालाई यमपञ्चकका पाँच दिन मर्त्त्यलोकको शासन गर्ने अधिकार दिएको विश्वासका आधारमा आज बलि राजाको पनि सम्झनास्वरूप पूजा आराधना गरिन्छ । यसैकारण तिहारमा देउसी भैलो खेल्नेले हामी त्यसै आएनौँ बलि राजाले पठाए भनेर भट्याउने चलन चलेको हो । यस्तै, वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ । यसैगरी वर्षभर गोरु जोत्ने हली एवं अन्य कृषि कर्म गर्ने किसानलाई पनि...

धनगढीका बिष्ट आफ्नै घरमा मृत फेला

समाचार
धनगढी - कैलालीको धनगढीमा एक जना युवक मृत अवस्थामा भेटिएका छन्। धनगढी उपमहानगरपालिका–३ को भाटभटेनी पछाडि आफ्नै घरमा २० वर्षीय नरेन्द्र बिष्ट मृत भेटिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले बिष्ट आफ्नै घर कोठामा पंखामा झुण्डिएको अवस्थामा मृत मंगलबार बिहान भेटिएको जानकारी दिए। उनको मृत्युको कारण भने खुलेको छैन। बिष्टको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।...

डोटीमा ट्याक्टर पल्टिँदा एक बालकको मृत्यु

समाचार
धनगढी - डोटीमा ट्याक्टर पल्टिँदा १३ वर्षीय बालकको मृत्यु भएको छ। आदर्श गाउँपालिका वडा नम्बर-५ लामखाल स्थित कच्चि सडक खण्डमा सुदूरपश्चिम प्रदेश ०१००२ त ५३९१ नम्बरको ट्याक्टर पल्टिँदा १३ वर्षीय बालक प्रशान्त सिंहको मृत्यु भएको हो । ट्याक्टर र ट्याक्टर चालक २४ वर्षीय प्रेम ठकुल्लालाई जिल्ला प्रहरी कार्यालय डोटीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...

कैलालीमा चाडपर्वका बेला शान्तिसुरक्षामा असर पुग्ने गतिविधि नगर्न आग्रह

समाचार
कैलाली - कैलालीमा चाडपर्वका बेला शान्तिसुरक्षामा असर पुग्ने गतिविधि नगर्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय, कैलालीले चाडपर्व मनाउँदा समाजको संस्कृति, परम्परा, मर्यादा र अनुसाशन विपरीत शान्तिसुरक्षा प्रभावित हुने गरी अवाञ्छित गतिविधि नगर्न/नगराउन आग्रह गरेको हो । सो कार्यालयद्वारा जारी सार्वजनिक सूचनामा चाडपर्व मनाउँदा पटाका, अतसबाजी जस्ता प्रज्वलनशील एवं विस्फोटक पदार्थको उत्पादन, ओसारपसार, बिक्री वितरण तथा प्रयोग नगर्न/नगराउन, मादक पदार्थ सेवन गरी पर्वको समयमा सार्वजनिक स्थलमा होहल्ला झैझगडा गरी शान्तिसुरक्षालाई असर पार्ने गतिविधि नगर्न र देउसी, भैलो राति ९ बजेसम्म मात्र खेल्न तथा यस्ता कार्यक्रम गर्दा सार्वजनिक यातायात र जनजीवनलाई असर पर्ने गतिविधि नगर्न/नगराउनसमेत आग्रह गरिएको छ ।...

रविको प्रश्न : नेताहरु भ्रष्ट भएमा पार्टी नै बन्द गरिदिने ?

समाचार
धनगढी - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले टिकटक बन्द गराउने सरकारको निर्णयको विरोध गर्दै ‘नेताहरु भ्रष्ट भए भन्दैमा दलहरुमाथि नै प्रतिबन्ध लगाउन नहुने’ टिप्पणी गरेका छन् । ‘अराजकता अभिव्यक्तिमा होला, माध्यमको के दोष ? प्राविधिक रुपमा खराबलाई नियन्त्रण गर्न सकिन्छ’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘यो निर्णय गर्ने सत्ताधारी दलकै कैयौ नेताहरु भ्रष्ट होलान्, के अब पार्टी नै बन्द गरिदिने हो त ?’ टिकटकका कैयौं प्रयोगकर्ता र तिनका विषयवस्तु खराब भएपछि सबै गलत नभएको उनले बताएका छन् । उनले गलत भएकै आधारमा यस्तो निर्णय हुने भए सबै प्लेटफर्मलाई बन्द गर्नुपर्ने अवस्था आउने टिप्पणी गरेका छन् । ‘आजको युगमा सामाजिक सञ्जाल (सोसल मिडिया)को विकल्प सुधारिएको सामाजिक सञ्जाल हो’ रविले लेखेका छन्, ‘सत्ताधारी दलकै जिम्मेवार पदाधिकारीको विरोधको अर्थ चाहिँ बुझिएन । के य...

दूरसञ्चार प्राधिकरणले गर्‍यो पत्राचार, २४ घन्टामा टिकटक बन्द हुने दाबी

समाचार
धनगढी - नेपाल दूरसञ्चार प्राधिकरणले सरकारको निर्णयअनुसार टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकहरुलाई पत्रचार गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले समाजिक द्वेष फैलाएको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो । लगतै दूरसञ्चार प्राधिकरणले सरकारको निर्णय कार्यान्वयनका लागि सेवा प्रदायकहरुलाई पत्रचार गरेको छ । दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले भने ‘हामीलाई टिकटकलाई पनि इमेल लेखेका छौं । २४ घन्टामा सबै ब्लक हुन्छ होला ।’...

सडकमा छोडिएका गाईहरुको पशु कल्याण धनगढीद्धारा पूजा

समाचार
धनगढी– पशु कल्याण धनगढी समितीले सडकमा छोडिएका गाईहरुको पूजा गरेका छन्। गाई पूजाको अवसरमा आज समितीले धनगढी चौराहा देखि गेटा सम्म सडकमा छाडा छोडिएका २०० गाईहरुको पूजा गर्दै माला लगाएका हुन्। पशु कल्याण धनगढी समितीका अध्यक्ष यस्पाल अवस्थीले गाईपुजाको अवसरमा २०० गाईहरुलाई टिका र माला लगाई फलफूल र आहारा खुवाइएको जानकारी दिए। यस्तै धनगढी उपमहानगरपालीका ३ चटकपुरस्थीत गौसालाका गाईहरुलाई पनी टिका माला लगाएर फलफूल गुड बरान खुवाइएको उनले बताएका छन्। बिभिन्न शुभ चिन्तक तथा सहयोगीबाट फलफूल र आहाराको सहयोग भएको भन्दै पशु कल्याण धनगढी समिती अध्यक्ष अवस्थीले धन्यवाद ब्यक्त गरे। साथै गाईहरुलाई टिकामाला लगाई फलफूल र आहारा खुवाउने कार्यमा उपस्तिथि भएर सहयोग गरेकोमा पशु कल्याण धनगढी समितीले धन्यवाद दिएको छ।...

खुकुरी प्रहार गरी एक युवकको हत्या

समाचार
धनगढी - बर्दियामा खुकुरी प्रहार गरी एक युवकको हत्या गरिएको छ । गुलरिया नगरपालिका–५ सुहेलवामा खुकुरी प्रहारबाट गुलरिया–६ का २३ वर्षीय वरुण घिमिरेको हत्या गरिएको हो । घिमिरेलाई उपचारका लागि अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिए । गए राति दुई समूहबीच झपड भएको हो । झडपमा संलग्न व्यक्ति फरार रहेका र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।...

नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

समाचार
धनगढी - नेपाल सरकारले सामाजिक सञ्जल टिकटक बन्द गर्ने निर्णय गरेको छ । टिकटकबाट सामाजिक सद्‍भाव विगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको हो । आज बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । मन्त्री शर्माका अनुसार टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा जानेछ, त्यसका लागि कुनै डेडलाइन तोकिएको छैन । ‘टिकटक बन्द गर्ने निर्णय कार्यान्वयनमा जान प्राविधिक रुपमा केही समय लाग्ला तर तत्काल बन्द गर्ने निर्णय भएको छ,’ मन्त्री शर्माले भनिन्, ‘त्यस सम्बन्धी आवश्यक व्यवस्था सञ्चार मन्त्रालयले मिलाउने छ ।’...

सुन पसलमा आगलागी हुँदा २८ जना घाइते, तीनको अवस्था गम्भीर

समाचार
धनगढी - मोरङको उर्लाबारी –७ बरगाछीस्थित दीपक कार्कीको घरमा रहेको सुन पसलमा भएको आगलागीमा परी २८ जना घाइते भएका छन् । लक्ष्मीपूजाको राति कार्कीको घरमा रहेको सुन पसलमा आगलागी भएको थियो । आगलागी नियन्त्रणका लागि खटिएका प्रहरी र स्थानीय घटनामा घाइते भएका हुन् । आगलागीमा परेर घाइते हुनुभएका कुमार तामाङ, सुमन चौधरी र तारामणि लिम्बूको अवस्था गम्भीर रहेको स्थानीयको भनाइ छ । आगलागी नियन्त्रणको प्रयासमा जुटेका सुरक्षाकर्मी र स्थानीय तथा आगलागी भएपछि बाहिर जम्मा भएका स्थानीयलाई आगोको लप्काले भेट्टाएको थियो । सुन पसलभित्रको ग्यास सिलिण्डर बिष्फोट हुँदा आगोको लप्का बाहिर निस्किएको र त्यसले धेरैलाई घाइते बनाएको प्रहरीको अनुमान छ । आगलागीबाट घाइते भएकाहरुको उद्धार र उपचारमा प्रदेश सरकारले तत्काल पहल गरेको छ । आगलागीमा परी नेपाल प्रहरीका एकजना प्रहरी सहायक निरीक्षक, एक जना प्रहरी हवल्दार र ...

बैतडीमा अटो दुर्घटना : दुई जना घाइते

समाचार
धनगढी - बैतडीमा अटो दुर्घटना भएको छ। दोगडाकेदार गाउँपालिका–६ पञ्ज्युनयाँबाट गोकुलेश्वरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ह २००३ नम्बरको अटो सोमबार बिहान साढे ९ बजेतिर दुर्घटनामा परेको हो। अटो विद्युतको पोलमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । दुर्घटना हुँदा अटो चालक डिलाशैनी गाउँपालिका–६ का करनराम लुहार र अटोमा सवार दोगडाकेदार गाउँपालिका–१ रीमकी निर्मला साउँद घाइते छन्। चालकको दाहिने हात र खुट्टामा चोट लागेको छ भने साउँदको दाहिने पाखुरामा चोट लागेको छ। दुवै जनाको दार्चुलाको गोकुलेश्वरस्थित मालिकार्जुन अस्पतालमा उपचार भइरहेको जनाइएको छ । घाइतेको अवस्था समान्य रहेको छ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज