
धनगढी – डोटीमा ट्याक्टर पल्टिँदा १३ वर्षीय बालकको मृत्यु भएको छ।
आदर्श गाउँपालिका वडा नम्बर-५ लामखाल स्थित कच्चि सडक खण्डमा सुदूरपश्चिम प्रदेश ०१००२ त ५३९१ नम्बरको ट्याक्टर पल्टिँदा १३ वर्षीय बालक प्रशान्त सिंहको मृत्यु भएको हो ।
ट्याक्टर र ट्याक्टर चालक २४ वर्षीय प्रेम ठकुल्लालाई जिल्ला प्रहरी कार्यालय डोटीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

