धनगढी – कैलालीको धनगढीमा एक जना युवक मृत अवस्थामा भेटिएका छन्।
धनगढी उपमहानगरपालिका–३ को भाटभटेनी पछाडि आफ्नै घरमा २० वर्षीय नरेन्द्र बिष्ट मृत भेटिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले बिष्ट आफ्नै घर कोठामा पंखामा झुण्डिएको अवस्थामा मृत मंगलबार बिहान भेटिएको जानकारी दिए।
उनको मृत्युको कारण भने खुलेको छैन। बिष्टको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३