Advertisement

सुन पसलमा आगलागी हुँदा २८ जना घाइते, तीनको अवस्था गम्भीर

Advertisement

धनगढी – मोरङको उर्लाबारी –७ बरगाछीस्थित दीपक कार्कीको घरमा रहेको सुन पसलमा भएको आगलागीमा परी २८ जना घाइते भएका छन् ।

लक्ष्मीपूजाको राति कार्कीको घरमा रहेको सुन पसलमा आगलागी भएको थियो । आगलागी नियन्त्रणका लागि खटिएका प्रहरी र स्थानीय घटनामा घाइते भएका हुन् ।

आगलागीमा परेर घाइते हुनुभएका कुमार तामाङ, सुमन चौधरी र तारामणि लिम्बूको अवस्था गम्भीर रहेको स्थानीयको भनाइ छ ।

आगलागी नियन्त्रणको प्रयासमा जुटेका सुरक्षाकर्मी र स्थानीय तथा आगलागी भएपछि बाहिर जम्मा भएका स्थानीयलाई आगोको लप्काले भेट्टाएको थियो । सुन पसलभित्रको ग्यास सिलिण्डर बिष्फोट हुँदा आगोको लप्का बाहिर निस्किएको र त्यसले धेरैलाई घाइते बनाएको प्रहरीको अनुमान छ ।

आगलागीबाट घाइते भएकाहरुको उद्धार र उपचारमा प्रदेश सरकारले तत्काल पहल गरेको छ ।

आगलागीमा परी नेपाल प्रहरीका एकजना प्रहरी सहायक निरीक्षक, एक जना प्रहरी हवल्दार र दुई जना प्रहरी जवान घाइते भएका छन् । घटनामा अरु २४ जना सर्वसाधरण घाइते हुनुभएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

केही घाइतेहरुको झापाको बीएमसी, दमकको लाइफलाइन लगायतका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । आइतबार राति ९ बजेतिरबाट सुरु भएको आगलागी राति १२ बजेपछि मात्र नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङका युवा नेता कमल थापाद्वारा विप्लव नेतृत्वको नेकपाबाट राजीनामा

बझाङका युवा नेता कमल थापाद्वारा विप्लव नेतृत्वको नेकपाबाट राजीनामा

धनगढी- विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादीका नेता कमल थापाले पार्टीको सदस्यता तथा सम्पूर्ण संगठनात्मक जिम्मेवार...
नेपाल–भारत सीमामा बढ्दो कडाइले सर्वसाधारण मारमा

नेपाल–भारत सीमामा बढ्दो कडाइले सर्वसाधारण मारमा

  नेपालगञ्ज, जेठ १८ — नेपाल–भारत खुला सीमाको विशेषता नै दुई देशका नागरिकबीचको सहज आवतजावत मानिँदै आएको छ। तर पछिल्लो समय स...
केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज