धनगढी – बैतडीमा अटो दुर्घटना भएको छ।
दोगडाकेदार गाउँपालिका–६ पञ्ज्युनयाँबाट गोकुलेश्वरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ह २००३ नम्बरको अटो सोमबार बिहान साढे ९ बजेतिर दुर्घटनामा परेको हो।
अटो विद्युतको पोलमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । दुर्घटना हुँदा अटो चालक डिलाशैनी गाउँपालिका–६ का करनराम लुहार र अटोमा सवार दोगडाकेदार गाउँपालिका–१ रीमकी निर्मला साउँद घाइते छन्।
चालकको दाहिने हात र खुट्टामा चोट लागेको छ भने साउँदको दाहिने पाखुरामा चोट लागेको छ। दुवै जनाको दार्चुलाको गोकुलेश्वरस्थित मालिकार्जुन अस्पतालमा उपचार भइरहेको जनाइएको छ । घाइतेको अवस्था समान्य रहेको छ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३