Advertisement

समाचार

प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपति बाइडेनका विशेष सहायक लाउबाचरबीच भेटवार्ता

समाचार
कैलाली - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र दक्षिण एसियाका लागि अमेरिकी राष्ट्रिय सुरक्षा परिषदकी वरिष्ठ निर्देशक इलिन लाउबाचरबीच भेटवार्ता भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनका विशेष सहायक समेत रहेकी लाउबाचर प्रधानमन्त्री प्रचण्डलाई भेट्न बिहीबार बिहान बालुवाटारस्थित निवास पुगेकी थिइन् । भेटवार्तामा दुई मुलुकबीचको सम्बन्धलाई थप बलियो बनाउने र द्विपक्षीय सहकार्य थप बढाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनी बुधबार काठमाडौं आएकी थिइन् । काठमाडौं आएलगत्तै उनले परराष्ट्रमन्त्री एनपी साउद, प्रधानसेनापति प्रभुराम शर्मा र राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीसँग भेटवार्ता गरेकी थिइन् । लाउबाचरले भारतस्थित अमेरिकी दूतावासमा सैनिक सहचारीको रूपमा पनि काम गरेकी थिइन् ।...

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना : धनगढीका एक जनाको मृत्यु

समाचार
धनगढी - कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु भएको छ। सोमबार राति सवा १० बजे कृष्णपुर नगरपालिका–४ को भित्री सडकखण्डमा सुपप्र ०१०१०प३८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा घाइते भएका पछाडी सवार धनगढी उपमहानगरपालिका–१९ बस्ने २२ वर्षीय रविन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा धनगढीको माया मेट्रो अस्पतालमा बुधबार मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक कृष्णपुर नगरपालिका–४ का २५ वर्षीय घुम्मन राना र पछाडि सवार धनगढी उपमहानगरपालिका–६ बस्ने २० वर्षीय महेश चौधरीको धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। मोटरसाइकल इलाका प्रहरी कार्यालय गुलरियाले नियन्त्रणमा लिएको छ।...
समाजवादी प्रेस कर्णाली प्रदेशको अध्यक्षमा दिपककुमार

समाजवादी प्रेस कर्णाली प्रदेशको अध्यक्षमा दिपककुमार

कैलाली, राजनीति, समाचार
नेकपा एकीकृत समाजवादी  निकट प्रत्रकारहरुको छाता संगठन समाजवादी प्रेस कर्णाली प्रदेशको अध्यक्षमा दिपककुमार बुढाक्षेत्री  निर्वाचित भएका छन् । आज सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न संगठनको प्रथम अधिवेशनले बुढाको अध्यक्षतामा सर्वसम्मत रुपमा १७ सदस्यीय प्रदेश कमिटी निर्वाचित भएका हुन् । यस्तै उपाध्यक्षमा कमल वुढा , महिला उपाध्यक्षमा राधिकाकुमारी बराल, सचिवमा शिवलाल डाँगी , कोषाध्यक्षमा कृष्णबहादुर सुनार  र सहसचिव प्रेम वली  निर्वाचित भएका छन् । त्यस्तै कार्यसमिति सदस्यहरुमा  बशन्त बागचन , नन्दराम जैसी , आनन्दसिंह बोहोरा , विनोद लम्साल , दान खत्री, करिष्मा गिरी, पुष्पराज वली , कुसुम रोकाय  र कमला मल्ल  सर्वसम्मत निर्वाचित भएका छन् ।नमन शाही, रमेश गौतम र चक्र केसीको अध्यक्ष मण्डलले संगठनको नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सङ्ठनका केन्दीय अध्यक्ष वि...

बाजुराकी पानसराले तेस्रो पटक पनि बाटोमै जन्माइन् बच्चा

समाचार
बाजुरा - बाजुरामा एक महिलाले बाटोमै बच्चा जन्माएकी छन् ।  जिल्लाको बुढीनन्दा नगरपालिका –४ कुरु बस्ने ३१ वर्षीय पानसरा रोकायाले तेस्रो पटक बाटोमै बच्चा जन्माएकी हुन् । योभन्दा पहिला पनि उनले दुई सन्तानलाई बाटोमै जन्म दिएकी थिइन् । सुत्केरी व्यथा लाग्नेबित्तिकै पानसरा घरबाट एक्लै मङ्गलबार आधारभूत स्वास्थ्य केन्द्र कुरु जाँदैगर्दा उनले बाटोमा छोरी जन्माएको वडा स्वास्थ्य केन्द्रकी प्रमुख धर्मा चँदाराले बताइन् । चँदाराका अनुसार उनले स्वास्थ्य चौकी जाँदैगर्दा बाटोमा बच्चा जन्माइरहेको फेला पारेपछि सहयोग गरेको बताएकी छन् । पानसरालाई अत्यधिक रक्तस्राव भएपछि बाटोबाट उद्धार गरेर स्वास्थ्य चौकी लगेको चँदाराको भनाइ छ ।  बाजुरामा पानसरा मात्र नभई धेरै आमाहरुले बाटोमा बच्चा जन्माउने गरेका छन् । स्वास्थ्य चौकी गाउँदेखि टाढा भएपछि स्थानीय महिलालाई समस्या भएको छ । -गोरखापत्रबाट ...

‘एनसेल प्रकरणमा छानबिन समिति अलमल्याउने कुरा मात्र’

समाचार
कैलाली - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एनसेल खरिदबिक्री प्रकरणमा सरकारले छानबिन समिति बनाउने नभई सिधै कारबाही गर्नुुपर्ने बताएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय बालाजुमा बसेको सचिवालय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सभापति लामिछानेले छानबिन गर्छु भन्नु अलमल्याउने कुरा मात्र भएको बताए । ‘अहिले जुन खरिदबिक्री भएको छ, भएको हो कि होइन ? होइन भने किन बबाल गरेको ? हो रहेछ भने सरकारले त्यसबापत प्राप्त गर्नुपर्ने कर रकम पायो कि पाएन ? पाएको छैन भने त्यो गैरकानुनी हो कि होइन । गैरकानुनी हो भने सत्ता गठबन्धन, सर्वदलीय बैठक बस्ने कि छल्ने मानिसलाई गएर समात्ने हो ?’ उनले प्रश्न गरे । एनसेलको सेयर स्वामित्व खरिद बिक्रीमा नेपालको कर छली भएको हो भने तत्काल कारबाही हुनुपर्ने लामिछानेको भनाइ छ । ‘कर छली गरिसकेपछि कारबाही हुनुपर्छ, केको लागि यो समिति ? बृहत छानबिन सु...

एमाले सरकारबाट हटेपछि देश कंगाल बन्दै गएको छ : ओली

समाचार
कैलाली - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरू सरकारबाट हटेपछि देशमा आर्थिक समस्या चर्किएको बताएका छन् । झुलाघाट चिवाभन्ज्याङ अभियान अन्तर्गत बुधबार गुल्मीमा आयोजित सभामा उनले एमालेले सरकार छाडेपछि देश कंगाल बन्दै गएको बताएका हुन् । ‘एमालेबाहेक अरुले देश बनाउन सक्दैन, एमालेको एकल सरकारबाट मात्र त्यो संभव छ भन्ने सबै जिल्लामा दिएको उत्साहले प्रमाणित गरेको छ । सरकारबाट एमाले हटेपछि देश कंगाल बन्दै गएको छ, अब एमालेलाई एकल बहुमत दिलाउन सबैको साथ चाहियो’, उनले भने । ओलीले देश अत्यन्तै अफ्ठेरो अवस्थामा पुगेको बताउँदै खाली आयात मात्रै गरिरहेको र निर्यात केही नभइरहेको अवस्थामा नयाँ योजनाका साथ अगाडि बढ्नुपर्ने बताए । ‘अब ढिलो नगरौं, एमालेले देशको आर्थिक समृद्धिका लागि जुटिरहेको छ । यसमा नेपाली जनताको साथ चाहिएको छ ।’...

विद्यालय नआएको भन्दै शिक्षकले घरमै गएर विद्यार्थी कुटेपछि…

समाचार
कैलाली - पश्चिम नवलपरासीमा एक विद्यालयका शिक्षकले बालिकालाई निर्घात कुटपिट गरेका छन्। जिल्लाको सरावल गाउँपालिका–७ मा रहेको बर्दघाट कालिका इंग्लिस स्कुलमा अध्ययनरत एक बालिकालाई शिक्षक निरञ्जन यादवले बालिकालाई कुटपिट गरेका हुन्। कक्षा एकमा अध्ययनरत ९ वर्षीया कञ्चना राजभरलाई विद्यालय नआएको भन्दै घरमै गएर कुटपिट गरेको र विद्यालय गएपछि पनि निर्घात हुने गरी शिक्षकले पिटेको बालिकाकी आमा गन्जलाले बताइन्। यादवले लठ्ठीले पिट्दा बालिकाको शरीरभर निलडाम बसेको छ। घटनापछि आक्रोशित स्थानीयले विद्यालयमा तालाबन्दी गरेको वडा नम्बर ७ का वडा अध्यक्ष हायात खाँ धुनियाँले बताए। शिक्षक यादवले पटक–पटक विद्यालयमा बालबालिकालाई कुटपिट गर्दे आएको भन्दै विद्यालयबाट तुरुन्त बर्खास्त गर्नुपर्ने र कानुनी कारबाही गर्न स्थानीय अभिभावकले माग गरेका छन्। सोही विषयमा पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन...

एलपीएल : घोडाघोडी र कैलाली विजयी 

समाचार
धनगढी - कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत चौंथो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी र कैलाली जिल्ला क्रिकेट क्लब विजयी भएका छन्।  दिनको पहिलो खेलमा घोडाघोडी क्रिकेट एकेडेमीले लिटल फ्लावर स्कुललाई ४१ रनले पराजित गर्यो। घोडाघोडीले दिएको १२८ रनको लक्ष्य पछ्याएको लिटल फ्लावरले १६.५ ओभरमा ८६ रनमा सबै विकेट गुमायो।  लिटल फ्लावरको लागि मनिष थापाले सर्वाधिक १७ रन बनाए। कृष्ण कार्कीले १५ तथा प्रतिक श्रेष्ठ र कौशल रुपाखेतीले समान ११ रन योगदान दिए। घोडाघोडीका देब्रे हाते स्पिनर अशोक धामी एक्लैले ५ विकेट लिंदै लिटल फ्लावरको इनिंग्स धरासायी बनाए। प्लेयर अफ द म्याच घोषित उनले ४ ओभरमा १८ रन खर्चिए। नरेश सुनारले २ तथा नभयुग बस्नेतले १/१ विकेट लिए।  यस अघि टस जितेर ब्याटिंग गरेको घोडाघोडी क्रिकेट एकेडेमीले १९.५ ओभरमा सबै विकेट गुम...

बझाङको केदारस्युँले खरिद गर्‍यो आफ्नै स्काभेटर

समाचार
धनगढी - बझाङको केदारस्युँ गाँउपालिकाले स्काभेटर खरिद गरेको छ । गाउँपालिकाले खरिद गरेको स्काभेटर मंगलवार पालिकाको कार्यालय देउरा पुर्‍याईएको छ ।  उक्त स्काभेटर दोशान कम्पनीबाट एक करोड ३४ लाख ४५ हजार रुपैयाँ लागतमा खरिद गरी पालिकामा पुर्‍याइएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पदमराज उपाध्यायले बताए ।  पालिकाको आफ्नै स्काभेटर भयपछि विकास निर्माणका काममा सहज हुने गाउँपालिका अध्यक्ष गणेश बोहोराले बताएका छन् ।...

कञ्चनपुरमा लागूऔषधसहित तीन जना पक्राउ

समाचार
धनगढी - कञ्चनपुरमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन् ।  भीमदत्त नगरपालिका-४ लिटिल बुद्ध स्कुल नजिकबाट ०.४२ ग्राम लागूऔषध (खैरो हेरोईन)सहित भीमदत्त-३ बस्ने ३१ वर्षीय संजय थापासहित तीन जना मंगलवार साँझ पक्राउ परेका हुन् । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट लागूऔषध फेलापारी पक्राउ गरेको जनाइएको छ । उनीहरुले प्रयोग गरेका नेपाली नम्बर प्लेटको सुदूरपश्चिम प्रदेश  ०२००४ प १८५५ र भारतीय नम्बर प्लेट यू के ओ ३ बी १८१३ नम्बरको मोटरसाईकलसहित तीनै जनालाई संयुक्त प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।...

बझाङकी ‘भुटी दिदी’लाई ७३ वर्षमा नागरिकता

समाचार
बझाङ - बझाङको काँडा गाउँमा दर्जनभन्दा बढी ज्येष्ठ नागरिक छन् । उनीहरूमध्ये एक जना अविवाहित महिला छिन् भुटी गुरुङ उर्फ भुटी दिदी । हुम्लामा जन्मिएर बुबाआमासँगै साइपाल पुगेकी भुटी दिदीका सात दशक काँडामा लेकबेँसी गर्दै दिन बिते । २००८ सालमा जन्मेएकी भुटी दिदीका बाल्यकालबाटै भेडा–च्याङ्ग्रा साथी बने । त्यसपछिका साथी आफ्नै भाइबहिनी, गाउँले भाइबहिनी र उनीहरूका सन्तान भए । यसैमा बित्यो उनको ७३ वर्ष  । घरको काम, भेडा–च्याङ्ग्रा, गाइवस्तुको गोठ नै उनका लागि संसार बन्यो । यतिसम्म कि उनले बिहे गर्नेसमेत समय पाइन्न । आजीवन एकल महिला रहेकी भुटीदिदीलाई गत साता जिल्ला प्रशासनले घरमै गएर नागरिकताको प्रमाणपत्र प्रदान गर्याे । जीवनको उत्तराद्र्धमा प्रवेश गरेसँगै मानसिक रोगले थलिएकी भुटी दिदी भतिज टेक गुरुङको घरमा बस्छिन् । गाउँमा तीन पुस्ताले नै उनलाई भुट दिदी भनेर सम्बोधन गर्छन् । उनलाई चि...

गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे प्रधानमन्त्रीले

समाचार
कैलाली - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । आज बिहान शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी पुगेर प्रधानमन्त्री प्रचण्डले मन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । छातीमा असहज महसुस भएपछि मन्त्री श्रेष्ठ मंगलबार बेलुकी अस्पताल भर्ना भएका थिए ।  उनको मुटुको वायाँतर्फको रक्तनलीमा आंशिक अवरोध देखिएपछि डा. अरुण मास्केसहितको टोलीले एन्जिओप्लास्टी गरेको थियो ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज