Advertisement

समाचार

अत्तरियाबाट उद्दार भएका बालक पुगे आफन्तसम्म

समाचार
धनगढी - महिला तथा बालबालिका सेभ हाउसले अत्तरियाबाट उद्दार गरिएका दुई बालकलाई आफन्तको जिम्मा लगाएको छ । कैलालीको अत्तरिया बसपार्कमा अलपत्र अवस्थामा भेटिएका बर्दीयाको राजापुर नगरपालिका-५ का ६ वर्षीय आयुष थारु र ४ वर्षीय आरयास थारुलाई अत्तरियामा रहेको सेभ हाउसले हिजो (मंगलवार) आफन्तको जिम्मा लगाएको हो । शनिवार राति अत्तरिया बसपार्कमा अलपत्र अवस्थामा फेला पारि उद्दार गरेर दुवै बालकलाई अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसमा इलाका प्रहरी कार्यालय मालाखेतीले पुर्याएको डिएसपी गणेश बरालले बताए । राजापुर नगरपालिका-५ का कार्यबाहक अध्यक्ष सरिता परियार, नगरपालिकाकी महिला विकास निरीक्षक रिता थारु र बालककी हजुरआमा बाधी थरुनी नगरपालिकाकै गाडिमा आएर महिला तथा बालबालिका सेभ हाउसबाट बालकहरुलाई लिएर गएका हुन् ।...

उपप्रधानमन्त्री श्रेष्ठ अस्पताल भर्ना

समाचार
कैलाली – उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएका छन् । उनको अवस्था स्थीर रहेको डाक्टरले बताएका छन् । हिजो मङ्गलवार नियमित स्वास्थ्य परीक्षणका लागि शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी पुगेका श्रेष्ठलाई डा. अरुण मास्केसहितको चिकित्सक टोलीले सघन उपचार कक्षमा राखेर उपचार थालेको गृह मन्त्रालयले जनाएको छ । यसअघि गएको असोज ३० देखि कात्तिक १ गतेसम्म चीनको भ्रमणमा रहेका बेला मुटुमा समस्या देखिएपछि त्यहाँ उनको उपचार गरिएको थियो ।...

एनएसएलमा आज पाेखरा र इलाम खेल्दै

समाचार
कैलाली – नेपाल सुपर लिग (एनएसएल) मा आज बुधवार पाेखरा थन्डर्स र स्पाेर्टिङ इलाम एफसी खेल्दैछन् । खेल त्रिपुरेश्वरकाे दशरथ रङ्गशालमा बेलुकी ५ बजे शुरु हुनेछ । पाेखराले अहिलेसम्म ३ खेल खेलेकाेमा १ जित र २ बराबरीसहित ५ अङ्क जाेडेकाे छ । पाेखरा तालिकाकाे तेस्राे स्थानमा छ ।  इलाम समान खेलमा १ जित र २ हारसहित ३ अङ्क जाेड्दै छैटाैँ स्थानमा छ । आजकाे खेल जितेमा पाेखरालाई शीर्ष स्थानमा उक्लिने माैका छ । यही मङ्सिर ८ गतेदेखि शुरु भएकाे दाेस्राे संस्करणकाे एनएसएलमा ९ वटा टिमकाे सहभागिता रहेकाे छ ।...

धनगढीको ६ लेन सडकमा गाडी दुर्घटना

समाचार
धनगढी - धनगढी ६ लेन सडकमा भारतीय नम्बरको गाडी दुर्घटना भएको छ । धनगढीको छ लेन सडक खण्डको भाट भटेनी अगाडी भारतीय गाडी गएराति दुर्घटना भई मिडियमा लगाएको तारजाली तोडीएका छन् । तारजालीसहित २० वटा पोल भाचेर निकै अगाडि पुगेको गाडी पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ । मानवीय क्षति भने भएको छैन । एम एच ४ सी टी ९६५४ नम्बरको उक्त गाडी नियन्त्रणमा लिइएको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। ...

एनसेल बिक्री शंकास्पद रहेको सत्तारुढ गठबन्धनको निष्कर्ष

समाचार
कैलाली - निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेल किनबेच प्रकरणमा गम्भीर छानबिन गर्नुपर्ने निष्कर्ष सत्ता गठबन्धनले निकालेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको सत्ता गठबन्धनको बैठकले एनसेलको सेयर ब्रिकीबारे गम्भीर अध्ययन र छानबिन आवश्यक रहेको निष्कर्ष निकालेको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ दलका शीर्ष नेता लगायत अर्थमन्त्री, सञ्चारमन्त्री र कानुनमन्त्री लगायतसँग प्रधानमन्त्रीले छलफल गरेका थिए। उक्त बैठकमा सत्तारुढ गठबन्धनका नेताहरूले एनसेलको किनबेच नेपालको कानुनअनुकुल नरहेको, शंकास्पद कारोबार भएकोसहितका कुरा उठाएका थिए। लेखकका अनुसार बैठकमा प्रधानमन्त्री प्रचण्डले पनि एनसेलको खरिदबिक्री पारदर्शी नभएको कुरा राखेका थिए। प्रधानमन्त्रीले एनसेल किनबेच हुँदा कानुनअनुसार नभएकोबारे आफ्नो धारणा प्रष...

नवराज विक हत्या प्रकरण : २३ जनालाई जन्मकैद

समाचार
कैलाली - रुकुम पश्चिम जिल्ला अदालतले साढे ३ वर्षअघि चौरजहारी नगरपालिका सोती गाउँमा भएको नवराज विकसहित ६ जनाको हत्या प्रकरणमा २३ जनालाई जन्मकैदको सजाय सुनाएको छ । न्यायाधीश खडकबहादुर केसीको इजलासले हाल पुर्पक्षमा थुनामा रहेका २३ जनालाई जन्मकैदको सजाय सुनाएको जिल्ला अदालत रुकुम पश्चिमका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले जानकारी दिए । दोषी ठहर हुनेमा चौरजहारी नगरपालिका–८ का तत्कालिन वडाध्यक्ष डम्बरबहादुर मल्ल लगायत छन् । यसअघि नै धरौटीमा छुटेका ११ मध्ये ८ जनाले भने सफाइ पाएका छन् । साढे तीन वर्षअघि नवराज विकसहित ६ जनाको ज्यान जाने गरी भएको घटनामा जिल्ला सरकारी वकिल कार्यालयले २ नाबालकसहित ३४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । तीमध्ये केही व्यक्ति फरार छन् । नवराज विककी प्रेमिकाकी बाबु र आमालाई जातीय छुवाछुतको अभियोगमा २/२ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला भएको छ । ...

कैलालीको एक घरमा आगलागी

समाचार
धनगढी - कैलालीको एक घरमा आगलागी भएको छ ।  बर्दगोरिया गाउँपालिका वडा नम्बर १, सडकपुरका ४२ वर्षीय धनीराम देवकेटाको घरमा आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार आगलागीबाट एक लाख ५० हजार बराबरको क्षति भएको छ। विद्युतको तार सर्ट भएर घरमा आगलागी भएको हो । दुई कोठे दुई तले घरमा लागेको आगोबाट खाद्यान्न, लत्ताकपडा लगाएतका सामान जलेका हुन् । घर पूर्ण रूपमा जलेको प्रहरीले बताएको छ ।...

नेप्सेमा दोहोरो अङ्कको गिरावट

समाचार
कैलाली - यो साता कारोबारको लगातार तेस्रो दिन आज पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से)  परिसूचक घटेको छ ।  आज नेप्से परिसूचक १० दशमलव १० अङ्कले घटेर एक हजार आठ सय ३७ दशमलव ७१ को विन्दु कायम भएको हो । आज दुई सय ९२ कम्पनीको ४६ लाख ९८ हजार छ सय ८२ कित्ता शेयर ३८ हजार पाँच सय ८४ पटक खरिदबिक्री हुँदा रु एक अर्ब ५४ करोड ४९ लाख ३५ हजार चार सय ३८ बराबरको कारोबार भएको छ । आज जीवन बिमा समूह शून्य दशमलव १६ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह दुई दशमलव ५७ र होटल तथा पर्यटन समूह एक दशमलव ७१ प्रतिशतले घटेको छ । सिँगटी हाइड्रो लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक ‘सर्किट’ लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने विशालबजार कम्पनी लिमिटेडको शेयर मूल्य नौ दशमलव ५३ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा ...

एलपीएलमा आज : घोडाघोडी र शुक्लाफाँटा विजयी

समाचार
कैलाली - कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेटमा मङ्गलबार घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफाँटा ब्ल्याकबक्स फाउन्डेसन विजयी भएका छन् । समूह ‘सी’ अन्तर्गतको खेलमा कैलालीको घोडाघोडी क्रिकेट एकेडेमीले सुदूरपश्चिमान्चल एकेडेमीलाई चार विकेटले पहरायो । प्रतियोगितामा सुदूरपश्चिमान्चलको यो दोस्रो हार हो । सुदूरपश्चिमले दिएको १११ रनको लक्ष्य घोडाघोडीले १६.५ ओभरमा ६ विकेट गुमाएर पुरा गरेको थियो । यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम एकेडेमीले १८.५ ओभरमा सबै विकेटको क्षतिमा ११० रन बनाएको थियो । यस्तै समूह ‘ए’ को अर्को खेलमा शुक्लाफाँटा ब्ल्याकबक्स फाउन्डेसनले खप्तड इन्डोर स्पोर्ट्स ट्रेनिङ सेन्टरलाई ११२ रनले हरायो । शुक्लाफाँटाले दिएको १७७ रनको लक्ष्य पछ्याएको खप्तड इन्डोरले १५.१ ओभरमा ६४ रनमा समेटिएको थियो ।  यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको...

जाजरकोट पुगे ओली : जनार्दन शर्माले गरे स्वागत

समाचार
कैलाली - पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित संकल्प यात्रामा निस्किएको नेकपा एमालेको टोलीलाई माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जाजरकोटमा स्वागत गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा जाजरकोटको रिम्ना पुगेको टोलीलाई माओवादी नेता शर्माले स्वागत गरेका हुन् ।  ओलीलाई स्वागत गर्न शर्मा लाइनमै उभिएर बसेका थिए । शर्मा केही समयदेखि भूकम्प प्रभावितहरुको अस्थायी पुनर्स्थापनाका लागि त्यही क्षेत्रमा छन् ।...

बैतडीमा एक जना मृत फेला

समाचार
कैलाली - बैतडीमा एक जना मृत अवस्थामा फेला परेका छन् । डिलाशैनी गाउँपालिका–३ तल्लाछेपट्टाका ३० वर्षीय श्रीकान्त बोहरा मृत अवस्थामा फेला परेका हुन्। बोहरा मंगलबार दिउँसो आफ्नै घरभित्र मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...

धनगढीमा प्रहरीका श्रीमतीलाई तालिम

समाचार
धनगढी - कैलालीको धनगढीमा प्रहरीका श्रीमतीका लागि सिलाइ कटाई तालिम सुरु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा श्रीमती संघले तीन महिने तालिमको आयोजना गरेको हो । नेपाल प्रहरी, श्रीमती संघ, सुदूरपश्चिमले २४ महिलालाई तीन महिने सिलाइ कटाई तालिम दिन सुरु गरेको नेपाल प्रहरी, श्रीमती संघकी सदस्यसमेत रहेकी प्रशिक्षक गीता देवी थलालले जानकारी दिइन् । उनका अनुसार धनगढीमा उनीहरूलाई आत्मनिर्भर बनाउन तालिम दिन थालिएको हो । तीन महिने सिलाइ कटाई तालिममा २४ जना महिला सहभागी छन् ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज