Advertisement

समाचार

पूर्वमन्त्री न्यौपानेको निधन

समाचार
कैलाली -  नेपाल सरकारका पूर्वसूचना तथा सञ्चार सहायक राज्यमन्त्री यज्ञराज न्यौपानेको निधन भएको छ ।  कलेजो रोगले ग्रसित न्यौपानेको उपचारका क्रममा आज बिहान ४ बजे भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमा निधन भएको हो । मिर्गौला रोगपीडित रहेका पूर्णमन्त्री न्यौपानेको उपचारका क्रममा अस्पतालमै निधन भएको उनका आफन्त रहेका अधिवक्ता उमाकान्त न्यौपानेले बताए । उनका अनुसार न्यौपानेको तीन महिनादेखि भक्तपुरको मानव अङ्ग प्रत्यारोपण केन्द्रमा उपचार भइरहेको थियो ।  दुई छोरा र तीन छोरी रहेका न्यौपानेका एक छोरा दुबईमा रहेकाले उनी दुबईबाट नेपाल फर्केपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने न्यौपानेले जानकारी दिए ।  वि.सं २०५१ मा कालीकोटमा नेकपा (एमाले)बाट प्रतिनिधिसभामा निर्वाचित न्यौपाने सूचना तथा सञ्चार सहायक राज्यमन्त्री भएका थिए । कालीकोटको रास्कोट नगरपालिका–८ को फुकोट गाउँमा जन्मिएक...

नेपाल सुपर लिगमा आज धनगढी र झापा खेल्दै

समाचार
कैलाली – नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज धनगढी र झापा फुटबल क्लब खेल्दैछन् ।  यो खेल दशरथ रङ्गशालामा बेलुका ५ बजे शुरु हुनेछ ।  नौ टोली सहभागी दोस्रो संस्करणको एनएसएलमा धनगढी ६ खेलमा १२ अङ्कका साथ तालिकाको दोस्रो र झापा समान खेलमा ७ अङ्कका साथ छैठौँ स्थानमा छ । आजको खेल जितेमा धनगढी १५ अङ्कका साथ शीर्ष स्थानमा रहँदै प्लेअफमा पुग्नेछ ।...
नेपाल औषधि लिमिटेडले एन्टीबायोटिक सहित २० प्रकारका औषधि उत्पादन गर्दै !

नेपाल औषधि लिमिटेडले एन्टीबायोटिक सहित २० प्रकारका औषधि उत्पादन गर्दै !

समाचार
नेपाल औषधि लिमिटेडले यसै आर्थिक वर्षदेखि एन्टीबायोटिकसहित २० प्रकारका औषधि उत्पादन गर्ने भएको छ ।  प्रधानमन्त्रीका स्वास्थ्य विज्ञ सल्लाहाकार दिपेन्द्र खड्काले २० प्रकारको औषधि उत्पादनका लागि अर्थ मन्त्रालय मार्फत कम्पनीलाई चौबीस करोड अठहत्तर लाख बाह्र हजार तीन सय रुपैंया निकासा गरिएको जानकारी दिनुभयो । यसै महिनादेखि २० प्रकारका औषधि उत्पादनको तयारी भएको खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो फेजमा लिमिटेडले एजिथ्रोमाइसिन ५०० /२५० एमजी, मेट्रोनिडाजोल ४०० /२०० एमजी, मेट्रोनिडाजोल डीएफ ट्याब्लेट, अल्बेन्डाजोल ४०० एमजी, सिप्रोफ्लोक्सासिन ४०० /२५० एजमी, आइरन र फोलिक एसिड, फोलिक एसिड ५ एमजी ट्याब्लेट उत्पादन गरिनेछ ।  यी ट्याब्लेट मासिक ९५ हजार ट्याब्लेट उत्पादन गर्ने लक्ष्य राखिएको छ । साथै दोस्रो फेजमा प्रोभीडीन आयोडिन ५, प्रोभीडीन आयोडिन १०, पान्टाप्रोजोल ...
ठेकेदार कम्पनी र बनको सेटीगंमा गौरीगंगामा अबैध ढुुगां बालुवा निकासी

ठेकेदार कम्पनी र बनको सेटीगंमा गौरीगंगामा अबैध ढुुगां बालुवा निकासी

कैलाली, समाचार, सुदूरपश्चिम
कैलालीको गौरीगंगा नगरपालिका अन्र्तगत पर्ने कान्द्रा नदीमा नदीजन्य पदार्थको उत्खन्नले बस्तीहरु जोखीमा पर्ने भएका छन् । बाताबरणीय प्रभाव मुल्यांकन नगरिएका स्थानहरुबाट सेटीगंमा गीटी बालुवाहरुको ओसारपसार भएपछि बस्तीहरु जोखीममा परेको स्थानीयहले बताएका छन् । सवडिभिजन बन कार्यालयका प्रमुख भरत शाह, जनप्रतिनिधि र ठेकेदार कम्पनीको मिलेमेतोमा सेटीगं मिलाएर धमाधम नदीजन्य पदार्थ उत्खन्न भईरहेको छ ।बाताबरणीय प्रभाव मुुल्यांकन गरेर ठेक्का लगाएको नगरपालिको तोकेको भन्दा माथि बाट ठेकेदार कम्पनीले उत्खन्न गरीरहको स्थानीयहरुले बताएका छन् । उक्त उत्खनन् र ओसारपसारले गौरीगंगाका बनखेत, रजीया, भगवानपुर, संकरपुर, साझा बजार, ऐठापुर । पालिकाको ७,८,९, १० र ११ लगाएतका वडाका बस्तीहरु जोखीममा परेको स्थानीय नैनसिंह बुढामगरले बताए । ठेक्का पाएको निर्माण कम्पनीले नगरपालिका भित्र पर्ने कान्द्रा, शिवगंगा, अण्डै...

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

समाचार
धनगढी - कैलालीमा माेटरसाइकल दुर्घटना हुँदा एक जनाकाे मृत्युु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत घाेडाघाेडी नगरपालिका-१ स्थित जंगल रिसाेर्ट नजिकै सुपप्र ०१०१० प ५०७० नम्बरको माेटरसाइकल दुर्घटना भएकाे प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । दुर्घटनामा माेटरसाइकल चालक घाेडाघाेडी नगरपालिका-२ बिशाल चाेक बस्ने अन्दाजी ३० वर्षीय भाेजबहादुर शाहीकाे मृत्युु भएकाे हाे । गम्भीर घाइते भएका शाहीकाे उपचारका क्रममा धनगढीकाे निसर्ग अस्पतालमा मृत्यु भएकाे प्रहरीले जनाएको छ । माेटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना भएकाे प्रहरीकाे भनाइ छ ।...

भारतसँगको दोस्रो एकदिवसीयमा दक्षिण अफ्रिका ८ विकेटले विजयी

समाचार
कैलाली – भारतसँगको दोस्रो एकदिवसीय क्रिकेटमा घरेलु टोली दक्षिण अफ्रिका विजयी भएको छ ।  गएराति भएको खेलमा भारत दक्षिण अफ्रिकासँग ८ विकेटले पराजित भयो । यो सँगै तीन खेलको एक दिवसीय शृङ्खला एक/एकको बराबरी भएको छ । जितका लागि दुई सय १२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४२ ओभर ३ बलमा दुई विकेट गुमाउँदै विजयी भयो । उसका टोनी डी जोर्जीले अविजित एक सय १९ रनको शतकीय पारी खेले । रिजा हेन्ड्रिक्सले ५२ रन बनाए । रास्सी भान डर डुसेन ३६ रनमा आउट भए ।  त्यसअघि तीव्र गतिका बलर नान्द्रे बर्गरको उत्कृष्ट बलिङमा भारतले दक्षिण अफ्रिकालाई २ सय १२ रनको लक्ष्य दिएको थियो । सेन्ट जर्ज पार्कमा टस हारेर पहिला ब्याटिङ गरेको भारत ४६ ओभर २ बलमा २ सय ११ रनमा अलआउट भयो । भारतका साइ सुदर्शनले सर्वाधिक ६२ रन बनाए । लोकेश राहुलले ५६ रन बनाए । अन्य कुनै पनि भारतीय खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । दक...

यस्तो छ आजको मौसम

समाचार
कैलाली -  हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली  रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशभर आंशिक बदली देखि सामान्यतया सफा रहनेछ।  राति पनि  देशभर आंशिक बदली देखि सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।   ...

श्रीलंकाका विदेशमन्त्री साब्री आज नेपाल आउँदै

समाचार
कैलाली - श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मोहम्मद अली साब्री चारदिने भ्रमणका लागि आज नेपाल आउँदै छन् । नेपाल-श्रीलंका संयुक्त आयोगको पहिलो बैठकमा सहभागी हुन विदेशमन्त्री साब्री राजधानी काठमाडौं आउन लागेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार संयुक्त आयोगको बैठकमा व्यापार तथा लगानी, पर्यटन, शिक्षा, रक्षा, संस्कृति, जनस्तरको सम्पर्क एवं कनेक्टिभिटीलगायत द्विपक्षीय सहकार्यका विषयमा छलफल हुने छ । श्रीलंकाका पूर्व अर्थमन्त्रीसमेत रहेका साब्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, समकक्षी एनपी साउदलगायतसँग शिष्टाचार भेट पनि गर्ने छन् । उनी २३ डिसेम्बर अर्थात् शनिबार स्वदेश फर्किने छन् ।...
वीरका निर्देशक पौडेललाई पुर्नवहाली गर्न सर्वोच्चको अन्तरिम आदेश

वीरका निर्देशक पौडेललाई पुर्नवहाली गर्न सर्वोच्चको अन्तरिम आदेश

समाचार
सर्वोच्च अदालतले राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानका निर्देशक डा. सन्तोष पौडेलेलाई पुर्नवहाली गर्न अन्तरिम आदेश जारी गरेको छ। मंगलबार सर्वोच्चले दुई वर्ष अवधिसम्म निर्देशकको कार्यभार समाल्ने गरी डा. पौडेलको पक्षमा अन्तरिम आदेश जारी गरेको हो। डा. पौडेलले दुई साता अघि कारण विना मन्त्रालयमा हाजिर गर्न बोलाइएको भन्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतको निर्देशनमा पौडेललाई मंसिर १५ देखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हाजिर हुन पत्र पठाइएको थियो। पत्र पाए पनि न्यायिक प्रक्रिया नभएको भन्दै उनी मन्त्रालयमा हाजिर हुन गएका थिएनन्। डा. पौडेललाई मन्त्रालयले राजनीतिक दल र जनसङ्गठनमा आबद्ध भएको पत्रहरू सहित मन्त्रालयमा  हाजिर गर्न बोलाएकाे थियाे। उनलाई पत्र पठाए लगत्तै वीर अस्पतालमा निमित्त निर्देशकको रुपमा श्रवण कुमार थापाला...
धनगढी सञ्जीवनी पोलि-क्लिनिक को निःशुल्क स्वास्थ्य शिविर

धनगढी सञ्जीवनी पोलि-क्लिनिक को निःशुल्क स्वास्थ्य शिविर

समाचार
धनगढी-कैलालीको धनगढीमा सञ्चालनमा रहेको सञ्जीवनी पोलिक्लिनिकले स्वास्थ्य शिविर मार्फत निःशुल्क सेवा प्रवाह गरेको छ । शनिवार धनगढी उप–महानगरपालिका वडा न १६ भादा गाउँमा स्थानियवासीहरुलाई सेवा प्रदान गरीएको हो । शिविरमा जनरल फिजिसियन डाक्टर सुमन चौधरी र जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर शङ्कर अधिकारीले बिरामीहरूको निःशुल्क चेकजाँच पछि आवश्यक औषधिहरू पनि निःशुल्क रूपमा वितरण गरेका थिए । शिविरबाट एक सय जना बिरामीले निःशुल्क उपचार सेवा पाएका छन्। स्वास्थ्यको पहुँच बाहिर रहेका ग्रामीण बस्तीका नागरिकहरूलाई सेवा दिन शिविर सञ्चालन गरीएको सञ्जीवनी पोलिक्लिनिक सञ्चालक दुश्यान्त बस्नेतले बताए । धनगढीका विभिन्न भित्री गाउँ–गाउँमा निःशुल्क स्वास्थ्य शिविरहरू गर्ने योजना रहेको उनको भनाइ छ ।...

अछाममा घाइते गर्भवतीको हेलिकप्टरबाट उद्धार

समाचार
धनगढी - अछाममा घाइते अवस्थामा फेला परेकी पाँच महिने एक गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ ।   घाइते अवस्थामा भेटिएकी ढकारी गाउँपालिका-७ ढुंगाचाल्ना निवासी ३५ वर्षीया कल्धरी बुढाको थप उपचारका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत हेलिकप्टरबाट उद्धार गरिएको हो । घाइते बुढाको स्थानीयस्तरमा उपचार सम्भव नभएपछि हेलिकप्टरबाट थप उपचारका लागि सुर्खेत लगिएको वडा अध्यक्ष रामबहादुर बुढाले जानकारी दिए।   घाँस काट्न भनेर घरबाट निस्किए भनिएकी बुढा घरभन्दा करिब एक किलोमिटर टाढाको जंगलमा अचेत अवस्थामा फेला परेको जनाइएको छ । सोमबार दिउँसो घरबाट बाख्रा गोठालासँग वनतिर गएकी बुढालाई खोजी गर्ने क्रममा घाइते अवस्थामा मंगलबार बिहान आफन्तले फेला पारेका थिए ।...

कैलालीको बर्दगोरियामा सडक पानी पिच गरिँदै 

समाचार
कैलाली - कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकामा सडक पानी पिचको कार्य सुरु भएको छ । मंगलबारबाट बर्दगोरिया वडा नम्बर ६ को जोकाईमा पानी पिचको कार्य सुरु भएको हो । बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ को आर्थिक वर्ष २०८०/०८१ को पानी पिच निर्माण गर्नको लागि बजेट विनियोजन गरेको थियो भने उक्त कार्य सहजरुपमा समाधान गर्नको लागि समिति बनाइएको  छ । समितिका अध्यक्ष भोज बहादुर सुनारको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुवँर र विशिष्ट अतिथि बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष राम कृष्ण चौधरी रहेका थिए । गाउँपालिका अध्यक्ष कुवँरले भने, "जनतालाई सहज होस् भनेर हामीले पानी पिच सुरु गरेका हौं । हामी सबै मिलेर बनाउदा काम गर्नलाई सहज हुन्छ । जनतालाई सडकको छेउमा गाई, गोरु  जस्ता जनावर र ढुङ्गा, बालुवा र इट्टा जस्तालाई सडकको छेउमा...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज