Advertisement
Sunday, July 13

वीरका निर्देशक पौडेललाई पुर्नवहाली गर्न सर्वोच्चको अन्तरिम आदेश

Advertisement

सर्वोच्च अदालतले राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानका निर्देशक डा. सन्तोष पौडेलेलाई पुर्नवहाली गर्न अन्तरिम आदेश जारी गरेको छ।

मंगलबार सर्वोच्चले दुई वर्ष अवधिसम्म निर्देशकको कार्यभार समाल्ने गरी डा. पौडेलको पक्षमा अन्तरिम आदेश जारी गरेको हो।

डा. पौडेलले दुई साता अघि कारण विना मन्त्रालयमा हाजिर गर्न बोलाइएको भन्दै सर्वोच्चमा मुद्दा दायर गरेका थिए। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतको निर्देशनमा पौडेललाई मंसिर १५ देखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हाजिर हुन पत्र पठाइएको थियो।

पत्र पाए पनि न्यायिक प्रक्रिया नभएको भन्दै उनी मन्त्रालयमा हाजिर हुन गएका थिएनन्। डा. पौडेललाई मन्त्रालयले राजनीतिक दल र जनसङ्गठनमा आबद्ध भएको पत्रहरू सहित मन्त्रालयमा  हाजिर गर्न बोलाएकाे थियाे।

उनलाई पत्र पठाए लगत्तै वीर अस्पतालमा निमित्त निर्देशकको रुपमा श्रवण कुमार थापालाई जिम्मेवारी दिइएको थियो। मन्त्रालयले निर्वाचन आयोग र राष्ट्रिय सतर्कता केन्द्रबाट निर्देशक पौडेल एमाले सम्बद्ध जनसंगठनमा आबद्ध भएको जानकारी आएको भन्दै पत्र सार्वजनिक गरेको थियो।

डा. पौडेलले भने आफू राजनीतिक दलमा सक्रिय नरहेको र पेशागत सङ्गठनमा नरहेको दाबी गर्दै आएका थिए।

माहाओम राज जोशी

माहाओम राज जोशी यस कामना टेलिभिजनको अन्लाइन पत्रीका कामना टुडेका सम्पादक हुनुहुन्छ | त्रीभुवन विश्वविद्यालय बाट फार्मेशी विषयमा स्नातक गर्नु भयका उनले समय सार्न्दर्भिक तथा स्वास्थ्य क्षेत्रमा कलम चलाउछन ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

छाउगोठको अँध्यारोमा सर्पले लियो कमलाको ज्यान

छाउगोठको अँध्यारोमा सर्पले लियो कमलाको ज्यान

कञ्चनपुर- २८ वर्षीया कमला दमाई दुई महिनाअघि मात्रै भारतबाट थाकेको शरीर, थिचिएको आत्मा लिएर घर फर्किएकी थिइन्। गाउँको धूलो, माइतीको...
अछामी सम्पर्क समिति युएईको पहिलो अधिवेशन सम्पन्न, १६ सदस्यीय नयाँ कार्यसमिति चयन

अछामी सम्पर्क समिति युएईको पहिलो अधिवेशन सम्पन्न, १६ सदस्यीय नयाँ कार्यसमिति चयन

गोविन्द बोहरा, युएई- अछामी सम्पर्क समिति युएईको पहिलो अधिवेशन आइतबार सम्पन्न भएको छ। अधिवेशनले प्रेमबहादुर बोगटी (भीम) को अध्यक्षत...
आज आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती विविध कार्यक्रमसहित मनाइँदै

आज आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती विविध कार्यक्रमसहित मनाइँदै

काठमाडौँ- नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती आज देश तथा विदेशमा विविध कार्यक्रम आयोजना गरी श्रद्धापूर्वक म...
देशभर मनसुन सक्रिय, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

देशभर मनसुन सक्रिय, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वी नेपालमा सरदर स्थानको आसपास र पश्चिमी नेपा...
बैतडी जीप दुर्घटना: घाइतेमध्ये दुई जनाको मृत्यु, ६ जना उपचाररत

बैतडी जीप दुर्घटना: घाइतेमध्ये दुई जनाको मृत्यु, ६ जना उपचाररत

बैतडी– बैतडीमा भएको जीप दुर्घटनामा परि घाइते भएका दुई जनाको मृत्यु भएको छ । धनगढीबाट दार्चुलाको गन्ना तर्फ जाँदै गरेको सुप प्र ०४ ...
बुङ्गल हाइड्रो लिमिटेडले स्थानीयका लागि सेयर निष्कासन गर्ने

बुङ्गल हाइड्रो लिमिटेडले स्थानीयका लागि सेयर निष्कासन गर्ने

बझाङ- बुङ्गल हाइड्रो लिमिटेडले प्रभावित क्षेत्रका स्थानीयवासीलाई लक्षित गर्दै साधारण सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ। कम्पनीले ...
भारतमा भएको एअर इन्डिया विमान दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक

भारतमा भएको एअर इन्डिया विमान दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक

भारतमा एअर इन्डियाको विमान दुर्घटनासम्बन्धी प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिवेदनमा इञ्जिन कट–अफ स्थिति अर्थात इञ्जिनक...
बैतडीमा जीप दुर्घटना : चालकसहित ८ जना घाइते, तीनको अवस्था गम्भीर

बैतडीमा जीप दुर्घटना : चालकसहित ८ जना घाइते, तीनको अवस्था गम्भीर

बैतडी- बैतडीको पाटन–६ खिपालीमा जीप दुर्घटना हुँदा चालकसहित ८ जना घाइते भएका छन्। धनगढीबाट दार्चुलाको गन्ना जाँदै गरेको सुप प्र ०४–...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज