Advertisement

समाचार

अछामको मङ्गलसेन दरबार निर्माण पूरा नभएको तेह्र वर्षपछि सोधियो स्पष्टीकरण

समाचार
धनगढी - अछामको ऐतिहासिक मङ्गलसेन दरबार निर्माण पूरा नभएपछि ठेकेदार कम्पनीलाई १३ वर्षपछि स्पष्टीकरण सोधिएको छ ।  पटक पटक म्याद थप्दा पनि काममा ढिलासुस्ती गरेको भन्दै सघन सहरी तथा भवन निर्माण आयोजना डोटीले ठेकेदार कम्पनीलाई १५ दिने स्पष्टीकरण सोधेको हो ।  लिखित र मौखिक रूपमा निर्माण गर्न भनिए पनि कुनै चासो नदेखाएको हुँदा ठेक्का सम्झौता किन नतोड्ने ? मुनासिब कारणसहित १५ दिनभित्र स्वयम् ठेकेदार उपस्थित भएर स्पष्टीकरण बुझाउन जारी सूचनामा उल्लेख छ ।  विश्वसनीय आधारको स्पष्टीकरण नभएमा सम्झौताका सर्त, सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली २०६४ बमोजिम ठेक्का सम्झौता रद्द गरी कानुनी कारबाही अगाडि बढाइने प्रकाशित सूचनामा उल्लेख छ ।  काठको अभावले निर्माण कार्यमा ढिलाइ भइरहेको ठेकेदारले बताउँदै आएका छन् । निर्माणको ठेक्का सम्झौताका क्रममा २०६५ असारबाट काम सुरु गरी २०६७ साल ...

प्रधानमन्त्रीले गरे देशवासीका नाममा सम्बोधन : सरकारको कार्यशैली बदल्ने घोषणा

समाचार
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब सरकारको कार्यशैली बदलिने घोषणा गरेका हुन् । सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘आज म यो सम्बोधनबाट देशवासीसामु स्वीकार गर्दछु कि सरकार असफल त भएन, तर मेरो हुटहुटीअनुसारको परिणाम पनि आएन । म बनिसकेका पूर्वाधारको जस खोसाखोस गर्न छाडेर सम्पन्न हुन बाँकी पूर्वाधारको चिन्तामा छु । देश कति बन्यो भन्ने होइन,  कति बन्न सक्थ्यो भन्ने आत्मसमीक्षामा छु । यही चिन्ता र आत्मसमीक्षाका साथ म सार्वजनिक घोषणा गर्दछु, अब सरकारको कार्यशैली बदलिनेछ ।’ केही पूर्व निर्धारित र अपरिहार्य बाहेक म बाहिरका कुनै पनि कार्यक्रममा नगई नयाँ नीति तथा कार्यक्रम र बजेटको तयारी एवं विकास र सुशासनमा रहेका समस्या समाधान गर्न लाग्ने निष्कर्षमा रहेको जानकारी दिंदै उनले सरकारको कार्यशैली बदल्न यो एउटा प्रस्थानबि...
नेपाल औषधि ब्यबसायि सँघ कैलालि शाखा द्वारा पिक्निक आयोजना !

नेपाल औषधि ब्यबसायि सँघ कैलालि शाखा द्वारा पिक्निक आयोजना !

समाचार
धनगढि : नेपाल औषधि ब्यबसायि सघं कैलालि जिल्ला शाखा को धनगढि वडा न ०७ झोखर ताल मा पिक्निक सम्पन्न भएको छ ।  थोक तथा खुद्रा बिक्रेता हरु को सङगठन NCDA शाखा का अधक्ष्य प्रेम बिसि ले औषधि ब्यबसाय हरु को सँगठन ले औषधि क्षेत्र मा हुने  समस्या सकँलन गर्ने तथा समाधान को निकाश  निकाल्ने उधेश्य  ले पिक्निक मार्फत भेटघाट को आयोजना गरिएको बताउनु भयो ।  पिक्निक का सँयोजक डम्बर ऐरि ले कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको बताउनु भयो साथै वहाँ ले आगामि दिन मा अझै यस्तै भेटघाट तथा कार्यक्रम गर्ने र पेशा मा भएको समस्या हरु लाई एक्जुट भएर न्युनिकरण गर्न सबै पेशा ब्यबशायि हरु एकजुट हुनु पर्ने बताउनु भयो ।   उक्त कार्यक्रम मा सुप प्रदेश का अधक्ष्य पृथ्वि बम ,  कैलालि शाखा का पुर्व अधक्ष्य जनक राज जोशि ,  सिपि अष्पताल सचांलक बिकाश मौनि ,  धनगढि NMSRA ...

बझाङको एक पालिकामा महिनामा दुई दिन श्रमदान 

समाचार
धनगढी -  बझाङको मस्टा गाउँपालिकाका जनप्रतिनिधिसहित स्थानीयवासीले महिनामा दुई दिन अनिवार्य श्रमदान गर्ने कार्यको सुरुवात गरिएको छ ।  पालिकाभित्र निर्माण भइरहेका विकास निर्माणका कार्यलाई तीव्रता दिन यस्तो व्यवस्था गरिएको छ ।  स्थानीयको जनसहभागितामा (श्रमदान) कम्तीमा १० प्रतिशत गर्ने भनिए पनि त्यसको प्रभावकारी कार्यान्वयन नभएपछि गाउँपालिकाले यस्तो अभियान सञ्चालन गरेको बताइएको छ ।  ‘श्रमदान महाअभियान’ कार्यक्रम अनुसार जनप्रतिनिधि र स्थानीयले मिलेर श्रमदान गर्ने कार्यको सुरुवात गरेको हो । पालिकाको वडा नम्बर ६ स्थित निर्माणाधीन खेल मैदान निर्माणको काममा स्थानीयसँगै गाउँपालिकाका अध्यक्ष ज्ञानबहादुर बोहोरा खटिएका छन् ।  “खेल मैदान निर्माणका लागि करिब २० लाख रुपियाँ लाग्ने देखिन्छ, हामी ३० प्रतिशत जनश्रमदान गर्ने छौँ,” अध्यक्ष बोहराले भने, “कुनै पनि योजनामा दक्ष प्रा...

बझाङमा ठेकेदारको लापरबाहीले पुल निर्माण अलपत्र

समाचार
बझाङ - बझाङको सेतीलोक मार्गको खप्तडछान्ना गाउँपालिकाकामा बन्न लागेका दुई वटा पक्की पुलको निर्माण कार्य अलपत्र परेको छ ।  निर्माण कार्य सुरु भएको पाँच वर्ष बितिसक्दा पनि ठेकेदार कम्पनीको चरम लापरबाहीका कारण खप्तडछान्ना-१ कुचेखोला (कालिपछाई) र खप्तडछान्ना-७ गडरायमा निर्माण हुन लागेको पक्कीपुलको निर्माण कार्य अलपत्र परेको हो। २०७५ सालमा टेन्डर भएर काम सुरु गरेका निर्माण कम्पनीको लापरबाहीका कारण पुलको निर्माण कार्य अलपत्र परेका स्थानीयको गुनासो छ ।  खप्तडछान्ना गाउँपालिका-७ मा पर्ने विजाडी गाडमा बन्न लागेको पक्की पुलको काम अन्तिम चरणमा भएपनि ठेकेदारले निर्माण कार्य नसक्दै स्थानीय बासिन्दाका पैसा खाएर फरार भएपछि निर्माण कार्य अलपत्र पर्नुका साथै स्थानीयको झण्डै ७० लाख पैसा समेत डुबेको छ ।   पक्की पुलमा काम गर्ने स्थानीय मजदुरहरूले समेत अहिलेसम्म आफूले काम गरेको ज्याला...

बाजुरामा एक घरमा आगलागी 

समाचार
धनगढी - बाजुराको त्रिवेणी नगरपालिका–९ किम्नीस्थित एक घरमा आगलागी भएको छ ।  घरमा लगाएको विद्युतको तार सर्ट भएर त्रिवेणी नगरपालिका–५ किम्नीकी भरुदेवी बुढाको घरमा आगलागी भएको हो । घरमा आगलागी हुँदा घरमा रहेको अन्न अनाज लुगा कपडा भाँडालगायत सबै जलेर नष्ट भएको त्रिवेणी नगपालिका –५ किम्नीकी भरुदेबी बुढाले बताए । घरमा भएको खाद्यान्न तथा लुगाफाटो जले पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार प्रहरी टोली घटनास्थलमा गएर मुचुल्का गरिहरेकाले अहिले के कति क्षति भएको भन्ने कुरा जानकारी भएको छैन ।...

सुनको भाउ आज ६ सय रुपैयाँले बढ्यो

समाचार
कैलाली - सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेको छ । सुनको भाउ आज छ सय रुपैयाँले बढेर तोलाको १ लाख २० हजार ५ सय रुपैयाँ तोकिएको छ ।  यस्तै, आज चाँदीको भाउ पनि बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ १० रुपैयाँले बढेर तोलाको १ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।  ...

चलाउँछु कुटो कोदालो गाउँमा

समाचार
शान्ति प्रसाद जोशी 'मुस्कान'दोगडाकेदार-१, बैतडी चलाउँछु कुटो कोदालो गाउँमा । गरिँन्छ ओरालो उकालो गाउँमा ।। बाघ मासु खाएर पनि चुपचाप छ । दुध पिएर कराउछ बिरालो गाउँमा ।। शहर जाँदा आजाद छैन मान्छेहरु । लागिँन्थ्यो पशुको गोठालो गाउँमा ।। बास घर भत्काउन अरु को चाहियो । छिमेकी नै हुन्छन् भुइचालो गाउँमा ।। भारी बोकेर गधा हुदैँन नि भरिया । एम्बुलेन्सै छ डोको डालो गाउँमा ।।...

आज किराँत समुदायले उधौली पर्व मनाउँदै

समाचार
काठमाण्डाैं - किराँत समुदायको दोस्रो महत्त्वपूर्ण पर्व उधौली आज देशभर हर्ष उल्लासकासाथ मनाइँदैछ । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनमा उधौली पर्व मनाउने गरिन्छ । किराँत समुदायमा अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा गर्ने चलन छ । किराँतको धार्मिक पुस्तक मुन्धुमअनुसार समयलाई दुई भागमा बाँडिएको छ, उधौली र उभौली । खेतीकिसानीका आधारमा यी दुई समय बाँडिएको किराँत समुदायको बुझाइ छ । यस्तै, वैशाख पूर्णिमामा उभौली चाड मनाइन्छ । खेती किसानी गर्नका लागि मनाइने पर्व उभौली हो भने बाली भित्र्याउने समयमा उधौली पर्व मनाउने गरिन्छ ।  उधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्दछ । यस पर्वमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाइ पितृ पूजा गरिनाकासाथै अन्नको सह बनोस् भन्ने कामनासहित भूमिको पूजा गर्ने गरिन्छ । किराँत समुदायका...

आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड 

समाचार
काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्  ।  मङ्गलबार अपराह्न ३ बजे सिंहदरबारस्थित मन्त्रीपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयबाट सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए ।  कार्यकाल एक वर्ष पुगेका अवसरमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्न लागेका हुन् ।  उनले एक वर्षमा भएका कामकारबाही र आगामी योजनाका विषयमा सम्बोधन गर्ने जनाइएको छ ।  प्रचण्ड गत वर्ष पुस १० गते प्रधानमन्त्री नियुक्त भई पुस ११ गते शपथ लिएका थिए ।  ...

पाेखरालाई पेनाल्टी शुटआउटमा हराउँदै धनगढी फाइनलमा

समाचार
काठमाण्डाैं – पाेखरा थन्डर्सलाई पेनाल्टी शुटआउटमा हराउँदै धनगढी दाेस्राे संस्करणकाे एफसी नेपाल सुपर लिग (एनएसएल) काे फाइनलमा पुगेकाे छ । आज साेमवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे पहिलाे क्वालिफायरमा पाेखरालाई पेनाल्टी शुटआउटमा ४–३ गाेलले हराउँदै धनगढी उपाधि नजिकै पुगेकाे हाे ।  धनगढी लगातार दाेस्राे पटक फाइनलमा पुगेकाे हाे । धनगढी पहिलो संस्करणमा फाइनलमा काठमाण्डाै रेजर्ससँग पराजित हुँदै उपविजेता बनेकाे थियाे । निर्धारित ९० मिनेटकाे खेल १–१ गाेलकाे बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएकाे थियाे । अतिरिक्त समयमा पाेखरा र धनगढीले १–१ गाेल गर्दै खेल २–२ काे बराबरीमा सकिएपछि खेल पेनाल्टी शुटआउटमा पुगेकाे हाे ।  खेलकाे ५ औँ मिनेटमा पाेखराका आयुष घलानले गाेल गर्दै टाेलीलाई अग्रता दिलाएका थिए । तर खेलकाे ५४ औँ मिनेटमा देवेन्द्र तामाङले गोल गर्दै धनगढीलाई खेलमा फर्काए...

विश्व हिन्दु परिषद् नेपाल धनगढीको शुभचिन्तक सम्मेलन सम्पन्न

समाचार
 धनगढी - विश्व हिन्दु परिषद् नेपाल धनगढी नगर समितिको शुभचिन्तक सम्मेलन सम्पन्न भएको छ । धनगढी उपमहानगरपालिका-१ मा रहेको पतञ्जली योग केन्द्र सुदूपश्चिमाञ्चल साहित्य समाजको सभाहलमा सोमबार कार्यक्रम सम्पन्न भएको हो ।  विश्व हिन्दु परिषद् नेपालका राष्ट्रिय महासचिव जितेन्द्र सिंहको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा विश्व हिन्दु परिषद् नेपाल धनगढी नगर समितिका अध्यक्ष महेन्द्रराज पन्तको अध्यक्षता रहेको थियो । धनगढी नगर समितिका सचिव सिद्धराज पनेरूले सञ्चालन गरेको उक्त कार्यक्रम स्व:धर्म संस्कृति संरक्षणका लागि शुभचिन्तक सम्मेलन आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा वडा नम्बर ७ र १६ को सत्सङ्ग समिति बनाएर भजन सामाग्री प्रदान गरिएको जनाइएको छ । सोमबार सम्पन्न उक्त सम्मेलनमा करिव २ सयको उपस्थिति रहेको थियो ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज