Advertisement

समाचार

सुदूरपश्चिममा पुनः कोरोना सङ्क्रमण, भेरियन्ट पत्ता लगाइँदै

समाचार
धनगढी - पछिल्ला महिनामा शून्य रहेको कोरोना भाइरसको सङ्क्रमण सुदूरपश्चिम प्रदेशमा पुनः देखिन थालेको छ ।   भारतबाट भित्रिने नागरिकको सीमा नाकामा गरिएको एन्टिजेन परीक्षणबाट पछिल्लो हप्तामा आठजनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।  गौरीफन्टा सीमा नाकास्थित हेल्थ डेस्कका अहेव गणेश साउदले भारतबाट भित्रिने नागरिकमध्ये लक्षण देखिएकाको एन्टिजेन विधिबाट नमुना जाँच गर्दा आठजनामा कोरोनाको सङ्क्रमण फेला परेको जानकारी दिए ।  “सङ्क्रमित चारको नमुना थप परीक्षणका लागि प्रदेशको प्रयोगशालामार्फत काठमाडौँ पठाइएको र चार सङ्क्रमितको नमुना आज पठाउने तयारी भइरहेको छ”, उनले भने, “सङ्क्रमितमा कुन भेरियन्ट हो भनेर पत्ता लगाउन नमुनाको थप परीक्षण गर्न जरुरी भएको  हो ।” सीमा नाकामा सङ्क्रमित फेला पर्ने बिरामीलाई ‘होम आइसोलेसन’मा बस्न अथवा सिकिस्त बिरामीलाई अस्पताल जान सल्लाह दिइने र सम्बन्...

कञ्चनपुरमा नदी तर्न शुल्क तिर्नुपर्ने बाध्यता

समाचार
कञ्चनपुर - कञ्चनपुरको लालझाडी गाउँपालिकाका बासिन्दाले वर्षाैँदेखि दोदा नदी तर्न काठको फड्के प्रयोग गर्दै आएका छन् । काठकाे फड्केमार्फत् खाेला तरेबापत उनीहरुले शुल्क पनि तिर्छन् । याे नदी वारपार गर्न पक्की पुल नहुँदा स्थानीय काठको अस्थायी पुलबाट शुल्क तिरेर ओहोरदोहोर गर्न बाध्य छन् ।  वर्षौँदेखि काठे पुलको भरमा रहेका लालझाडीवासी बर्खामा ट्युबमार्फत जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।  स्थानीयले काठे पुल प्रयोग गरेबापत साइकलको १० र मोटरसाइकलको २० रुपैयाँ शुल्क तिर्ने गरेका छन् ।   नदीमा व्यक्तिगत लगानीमा स्थानीय मङ्गलबहादुर चौधरीले काठको फड्के निर्माण गरेका छन् ।  सालको काठबाट फलेक जोडेर बनाइएको अस्थायी पुल जीर्ण बन्दै गएको स्थानीयको गुनासो छ ।  बर्खामा बाढी आउने हुनाले जिल्लाको दुर्गम क्षेत्रअन्तर्गत पर्ने लालझाडीसँगको सम्पर्कबिच्छेद हुने गरेको...

प्रधानमन्त्री कप : एपीएफकाे लगातार पाँचाैँ जित

समाचार
धनगढी – प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियाेगितामा सशस्त्र प्रहरी बलकाे एपीएफ क्लब लगातार पाँचाैँ खेलमा विजयी भएकाे छ । आज बुधवार भएकाे खेलमा एपीएफले कर्णाली प्रदेशलाई ९२ रनकाे फराकिलाे अन्तरले हरायाे ।  एपीएफले दिएकाे १ सय ६१ रनकाे लक्ष्य पछ्याएकाे कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ६८ रनमात्र बनाउन सक्याे । यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे एपीएफले २० ओभरमा २ विकेट गुमाएर १ सय ६० रन बनायाे ।  याे जितसँगै एपीएफ ५ खेलमा १० अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा छ । लगातार ५ खेल हारेकाे कर्णाली तालिकाकाे पुछारमा छ ।...

१ कराेड बढी घुस लिएकाे आराेपमा प्रमुख प्रशासकीय अधिकृत पक्राउ

समाचार
कैलाली – एक करोड १५ लाख रुपैयाँ घुस लिएको आरोपमा पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली पक्राउ परेका छन् । सहकारी रजिस्ट्रारकाे कार्यालय गण्डकीको प्रमुख हुँदा एक करोड १५ लाख रुपैयाँ घुस लिएको आरोप लागेपछि पराजुलीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।  जिल्ला प्रहरी कार्यालय कास्कीको पत्राचारका आधारमा उनलाई आज बुधवार कार्यकक्षबाटै पक्राउ गरेको र अब पोखरा पठाउने तयारी भएको पर्वतका निमित्त प्रहरी प्रमुख एवम् प्रहरी निरीक्षक (इन्स्पेक्टर) अर्जुन पौडेलले बताए । मित्रमिलन बचत तथा ऋण सहकारीमा बचत गरेको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका अध्यक्ष रमण पौडेल र व्यवस्थापक किरण अधिकारीले सहकारीको कार्यक्षेत्र विस्तार गर्दा रजिस्ट्रार पराजुलीलाई एक करोड १५ लाख रुपैयाँ घुस दिएको बताएका थिए । उनीहरू दुवै जना २६ करोड रुपैयाँ अपचलन गरेकाे आरोपमा पक्राउ परेका ह...

सुनको भाउ आज दुई सय बढ्यो

समाचार
धनगढी - सुनको भाउ आज ताेलामा दुई सय रुपैयाँ बढेको छ । सुनको भाउ आज ताेलाकाे एक लाख २० हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  यस्तै, आज चाँदीको भाउ भने ताेलामा १० रुपैयाँले घटेको छ । चाँदी आज तोलाको १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महास‌ङ्घले जनाएको छ । 

धनगढीमा मदिरा बनाउने कच्चा पदार्थ बरामद 

समाचार
धनगढी - कैलालीको धनगढी उपमहानगरपालिका-२ बैयावेहडीबाट घरेलु मदिरा बनाउने कच्चा पदार्थ बरामद गरिएको छ । वडा नम्बर-२ बैयावेहडी गाउँको एरियाबाट अन्दाजी १४०० लिटर अवैध घरेलु मदिरा बनाउने कच्चा पदार्थ मंगलवार साँझ प्रहरीले बरामद गरेको हो ।  जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उक्त पदार्थसहित मदिरा बनाउन प्रयोग गरिने भाडावर्तन समेत नियन्त्रणमा लिएको बताएको छ ।  ...

हात्ती तथा पर्यटन महोत्सव : आज हात्ती शृङ्गार प्रतियोगिता हुँदै

समाचार
कैलाली - चितवनको सौराहामा शुरु भएको १७औँ हात्ती तथा पर्यटन महोत्सवमा आज दोस्रो दिन हात्ती शृङ्गार प्रतियोगिता हुँदैछ । हात्ती शृङ्गार प्रतियोगितामा माहुतेले राम्रो स्याहार गरेर सफा र स्वस्थ राखेका हात्तीबाट विजेता घोषणा गर्ने क्षेत्रीय होटल सङ्घ चितवन सौराहाका सचिव महेश खनालले बताए ।  यसमा सात वटा हात्ती सहभागी हुँदैछन् । आज हात्ती शृङ्गार प्रतियोगिता, भोलि राप्ती नदीमा डुङ्गा दौड, पर्सि शुक्रवार हात्तीको वनभोज र शनिवार समापनको कार्यक्रम छ । क्रिसमस र अङ्ग्रेजी नयाँ वर्षको अवसरमा पर्यटकलाई सौराहा आउने वातावरण बनाउने उद्देश्यले सन् २००४ मा हात्ती दौड कार्यक्रमको थालनी गरिएको थियो । त्यसयता हात्ती सम्बन्धित अन्य गतिविधि पनि थपिँदै गएका छन् ।...

२१ प्रहरी सम्पर्कविहीन [नामावलीसहित]

समाचार
धनगढी - नेपाल प्रहरीले आफूखुसी कार्यालयको सम्पर्कमा नरहेका २१ प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ। प्रहरी प्रधान कार्यालय नक्शालले गैरहाजिरी रहेका आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा/गराउँदा समेत उपस्थित नहुने २१ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो ।...

धनगढीमा लागूऔषधसहित दुई जना पक्राउ

समाचार
धनगढी - कैलालीको धनगढीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।  धनगढी उपमहानगरपालिका-१३ कैलालीगाँउबाट १३ मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित सोही ठाँउका २३ वर्षीय सुबास रानासहित दुई जना मंगलवार दिउँसो पक्राउ परेका हुन् । प्रहरी चौकी कैलालीगाँउबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको जनाएको छ ।  यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।...

कञ्चनपुरमा बगरखेती गर्ने किसानलाई अनुदान

समाचार
कञ्चनपुर - कृष्णपुर नगरपालिका-२ बङ्क सालघारीमा बगरखेती गर्ने किसानलाई आज निःशुल्क अनुदानमा रासायनिक मल वितरण गरिएको छ ।  वडा कार्यालयको चालु आर्थिक वर्षको स्वीकृत बजेटबाट ८० जना किसानलाई डिएपी रासायनिक मल वितरण गरेको हो ।  कल्पना किसना समूहमार्फत बगरखेतीमा संलग्न किसानलाई १७ किन्टल डिएपी मल अनुदानमा वितरण गरिएको वडाध्यक्ष अर्जुन साउदले बताए ।  नगरपालिकाको कृषि विकास शाखाले बगरखेतीमा संलग्न किसानलाई बीउबिजन र प्रविधिमा सहयोग पुर्याउँदै आएको उनले बताए । बगरखेतीमा संलग्न किसान धीरेन्द्र रानाले वडा कार्यालयबाट विगतमा पनि सहयोग हुँदै आएको चर्चा गर्दै मलखाद अनुदानमा उपलव्ध गराएर खेती गर्ने किसानको हौसला बढाउनमा मद्दत पुगेको बताए ।  बगरखेतीमा मुक्त कमैया परिवारका व्यक्ति बढी संलग्न रहदै आएका छन् । वनहरा नदीको बगरमा मुक्तकमैयाले विगत एक दशकदेखि खेतीलाई निरन्तरता ...

कञ्चनपुरमा एक महिला आफ्नै कोठामा मृत फेला 

समाचार
धनगढी - कञ्चनपुरको क्यासिनोमा काम गर्ने एक महिला मृत फेला परेकी छिन् ।  जिल्लाको भीमदत्त–५ वनखेतस्थित डायमण्ड क्यासिनोमा कार्यरत प्रिंयका राजवंशी आफ्नो डेराको कोठामा मृत फेला परेकी छिन् । झापाको मेची नगरपालिका– ६ की मृतक राजवंशी मंगलवार आफ्नो कोठामा मृत फेला परेको कञ्चनपुर प्रहरीले जनाएको छ। उनको शवलाई पोस्टमार्टमका लागि महाकाली अस्पतालमा राखिएको छ । कारण खुल्न नसकेको प्रहरीले बताएको छ । उक्त घटनामा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।...

व्यवसायी ठाकुरद्वारा मानवसेवा आश्रम धनगढीलाई सहयोग

समाचार
धनगढी - व्यवसायी शुभ ठाकुरले मानवसेवा आश्रम धनगढी शाखालाई सहयोग गरेका छन् । धनगढी उपमहानगरपालिका–५ मा रहेको आश्रमलाई व्यवसायी ठाकुरले आज आफ्नो जन्मदिनको अवसरमा सहयोग गरेका हुन् । ठाकुरले १० कट्टा चामल, एक कट्टा दाल, दुई पेटी तेल र २० प्याकेट बिस्कुट सहयोग गरेको आश्रमका अभिभावक सिद्धराज पनेरुले बताए ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज