धनगढी – कञ्चनपुरको क्यासिनोमा काम गर्ने एक महिला मृत फेला परेकी छिन् ।
जिल्लाको भीमदत्त–५ वनखेतस्थित डायमण्ड क्यासिनोमा कार्यरत प्रिंयका राजवंशी आफ्नो डेराको कोठामा मृत फेला परेकी छिन् ।
झापाको मेची नगरपालिका– ६ की मृतक राजवंशी मंगलवार आफ्नो कोठामा मृत फेला परेको कञ्चनपुर प्रहरीले जनाएको छ।
उनको शवलाई पोस्टमार्टमका लागि महाकाली अस्पतालमा राखिएको छ । कारण खुल्न नसकेको प्रहरीले बताएको छ ।
उक्त घटनामा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३