
धनगढी – व्यवसायी शुभ ठाकुरले मानवसेवा आश्रम धनगढी शाखालाई सहयोग गरेका छन् ।
धनगढी उपमहानगरपालिका–५ मा रहेको आश्रमलाई व्यवसायी ठाकुरले आज आफ्नो जन्मदिनको अवसरमा सहयोग गरेका हुन् ।
ठाकुरले १० कट्टा चामल, एक कट्टा दाल, दुई पेटी तेल र २० प्याकेट बिस्कुट सहयोग गरेको आश्रमका अभिभावक सिद्धराज पनेरुले बताए ।
