Advertisement

समाचार

कञ्चनपुरमा लागूऔषधसहित ७ जना पक्राउ

समाचार
धनगढी - कञ्चनपुरमा लागूऔषधसहित एकैदिन ७ जना पक्राउ परेका छन्। भीमदत्त नगरपालिका-१८ पुस्पलाल चोकस्थित साधारण माविबाट १.८६ ग्राम चरेश र अवैध लागूऔषध प्रिगाबालिन ट्याब्लेट ५ थानसहित भीमदत्त नगरपालिका-१४ पलिया बस्ने २२ वर्षीय पारस चन्दसहित तिन जना आईतवार दिउँसो पक्राउ परेका हुन् ।  अस्थाई प्रहरी बिट पुष्पलाल चोक कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित फेला पारी तिनै जनालाई पक्राउ गरेको जनाएको छ । यस्तै पुर्नबास नगरपालिका-११ भिम बस्तिबाट ८०५ मिलिग्राम लागूऔषध (खैरो हिरोइन) र अवैध लागूऔषध निटकोर-१० (निट्राजिपाम) लेखेको ट्याब्लेट १५ थानसहित सोही वडा नम्बर-५ बस्ने २९ वर्षीय कृष्ण बडुसहित चार जना आईतवार दिउँसो पक्राउ परेका हुन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र प्रहरी चौकी परासन कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उक्त पदार्थसहित फेला पारी...

एभोकाडोको विरुवा बाँड्दै अछामका कुँवर

समाचार
धनगढी - अछामका ललितबहादुर कुँवरले व्यक्तिगत लगानीमा पाँच वर्षयता एभोकाडोको विरुवा बाँड्न थालेका छन् ।  कुँवरले कृषकलाई आधुनिक खेतीतिर आकर्षित गर्न निजी लगानीमा एभोकाडोको बिउ उमारेर विभिन्न स्थानमा वितरण गरिराखेका हुन् । एक वर्षमा ३०/४० हजारको बिउ उमारेर निःशुल्क बाँड्ने गरेको उनले बताएका छन् । अछामका आठ स्थानीय तहका विभिन्न कृषकलाई नमुनास्वरूप बिरुवा वितरण गर्ने गरेको कुँवरको दाबी छ ।  उनले साँफेबगर, मेल्लेख, बान्नीगढी, मङ्गलसेनलगायत स्थानीय तहमा एभोकाडोको बिरुवा निःशुल्क बाडेका छन् । कुँवर जिल्ला समन्वय समिति अछामका प्रमुखसमेत हुन् ।...

कैलालीमा पुनःस्थापना नहुँदा पहिरो प्रभावितको विचल्ली

समाचार
धनगढी - कैलालीको चुरे गाउँपालिकाका बाढी, पहिरो प्रभावितहरुको विचल्ली भएको छ । थातथलोबाट विस्थापित भएको तीन वर्ष भए पनि पुनःस्थापना हुन नसक्दा उनीहरुको विचल्ली भएको हो । सो गाउँपालिकाको वडा –४, ५ र ६ को विभिन्न गाउँका स्थानीय बाढी, पहिरोको कारण विस्थापित भएका छन् । पुनःस्थापनाको पर्खाइमा रहेका ती परिवार टहरामुनि चिसोरात काट्दैआएका छन् ।  विस्थापित केही परिवारका सदस्य आफन्तको घरमा बसे पनि धेरैजसो जङ्गलमा टहरा बनाएर बसिरहेको गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले बताए । उनका अनुसार सुरुमा ५१८ परिवार विस्थापित भएका थिए । जसमध्ये १२० परिवारको केही पनि बचेको छैन । नम्बरी जग्गा भएका ती परिवारले घरखेत गुमाएका छन् ।  गाउँपालिकाले उनीहरुको पुनःस्थापनाका लागि सरोकारवाला निकायमा पहल गरिरहेको जनाएको छ । सम्भवतः दुई महिनाभित्र उनीहरुको पुनःस्थापना गर्नेगरी प्रक्रिया अगाडि बढाइएको अध्...

सन् २०२३ : विश्व परिदृश्यमा कठिन वर्ष

समाचार
काठमाडौं - अव्यवस्थाका शक्तिहरू बलियो हुँदै जाँदा यो वर्ष विश्व परिदृश्यमा एक कठिन वर्ष भएको छ ।  पुराना युद्धहरू जारी छन् भने यो वर्ष केही नयाँ मुलुकले पनि युद्धको सामना गर्नुपरेको छ । भू–राजनीतिक प्रतिस्पर्धा बढ्दै जाँदा प्रतिद्वन्द्वी राष्ट्र प्रमुखहरूबीचको बैठक पहिलो पृष्ठको समाचार बन्यो ।  यद्यपि उनीहरूको वार्ताले थोरै ठोस प्रगति हासिल गर्‍यो । समग्रमा भन्ने हो भने, सुसमाचारको अभाव भएको छ । अन्तरिक्षसम्बन्धी नयाँ कीर्तिमान राख्ने दौड यो वर्ष अन्तरिक्ष दौड तातेको देखियो । विश्वका शक्ति राष्ट्रहरूले र कम्पनीहरूले अन्तरिक्षमा नयाँ नयाँ रेकर्ड कायम गर्नेतर्फ आफ्नो आँखा लगाएका छन् ।  दौडमा बाजी जित्ने होड चलिरहेको छ । विश्वका सत्तरी देशहरूमा अन्तरिक्ष अध्ययनसम्बन्धी निकाय स्थपना भएका छन् भने सोह्र देशले अन्तरिक्षमा यान प्रक्षेपण गर्न सक्छन् । अन्तरिक्ष दौडमा यो बर्...

औषधी विभागका महानिर्देशक ढकालको आतंक : सरुवामा मनपरी गरेको आरोप

समाचार
काठमाडौं - औषधी व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले मनोमानी तरिकाले कर्मचारी सरुवा गरेका छन् । अधिकृतस्तरका कर्मचारीको फेरबदल स्वास्थ्य मन्त्रालयले गर्ने भएतापनि उनले कर्मचारीको लिष्ट बनाएर मन्त्रीलाई दबाब दिएर विभागका कर्मचारीको सरुवा गर्न लगाएका हुन् ।  नियमित सरुवाको समय नै नभएकाहरुलाई पनि ढकालकै दबाबमा मन्त्रालयले सरुवा गरेको मन्त्रालय स्रोत बताउँछ । ‘ढकाल सरको लिष्टमा एउटा पनि तलमाथि नभई सरुवा भएको छ,’ मन्त्रालय स्रोतले भन्यो, ‘यो नियमित खालको सरुवा होइन् ।’ औषधी व्यवस्था विभाग स्रोतका अनुसार ढकालले आफूखुसी गर्ने काममा प्रश्न उठाउने र गुपचुप रुपमा ऐन परिवर्तनको मस्यौदा तयार गरिरहेको विषयमा चासो देखाउने कर्मचारीलाई छानी—छानी जिम्मेवारी हेरफेर र सरुवा गरेका छन् ।  लोकसेवाबाट नाम निकालेर वीर अस्पतालमा पदस्थापन भएको तीन महिना पनि नपुगेका फार्मेसी अधिकृत अनुप विष्...

आज ‘पुसे पन्ध्र’ : धनगढीको साइपालमा फुड फेस्ट आयोजना  [फोटोफिचर]

समाचार
धनगढी - सुदूरपश्चिम प्रदेशमा आज पुसे पन्ध्र पर्व मनाइँदै छ ।  हरेक वर्ष पुस १५ गते सुदूरपश्चिममा विशेष महत्त्वका साथ मनाउने उक्त पर्वका अवसरमा आज धनगढीको साइपालमा फुड फेस्ट आयोजना गरिएको छ ।  धनगढी उपमहानगरपालिका-७, देवहरियामा रहेको साइपाल शिक्षा सदनमा आइतबार साइपाल फुड फेस्ट आयोजना गरिएको हो । विद्यार्थीहरुलाई पढाईमा मात्रै अगाडि बढाउनुभन्दा पनी बाहिरी ज्ञानको जानकारी गराउने मनसायले उक्त फेस्टको आयोजना गरीएको स्कुलका प्रधानाध्यापक कर्ण बहादुर ऐरले बताए । पुसे पन्ध्रका अवसरमा गाउँका सबै जना एक ठाउँमा जम्मा भएर रातभर देउडा खेल्ने, आगो तापेर जाग्राम बस्ने, दन्त्यकथा, आइनै बातै सुन्ने सुनाउने, तरुल, पिँडालु, सखरखण्ड लगायतका कन्दमूल खाने प्रचलन छ।  यद्यपि सुदूरपश्चिमका पहाडी भूभागबाट तराइ झरेकाहरूमा भने विस्तारै यो पर्वको मौलिकता कम हुँदै गएको बुढापखाल...

डोटी जेसिज वर्ष २०२४ को अध्यक्षमा कठायत

समाचार
दिपायल – डोटी जेसिज वर्ष २०२४ को अध्यक्षमा रोसन कठायत सर्बसम्मत चयन भएका छन् ।  आइतवार दिपायलमा सम्पन्न ११ औं जिल्ला अधिवेशनबाट कठायतको नेतृत्वमा  ५१ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको हो । डोटी जेसिजको कार्यकारी उपाध्यक्षमा किरण बिष्ट र भरत कठायत चयन भएका छन् । तेस्तै उपध्यक्षमा नरेश भण्डारी, पवन महरा, टेक राज उपाध्याय र सुरेन्द्र कुँवर चयन भएका हुन् ।  महासचिवमा प्रविन उपाध्याय, कानुनी सल्लाहकारमा दिल्ली राज जोशी, कोषाध्यक्षमा हरि भण्डारी, सचिवमा योगेन्द्र रावत, सह-सचिवमा केशब धामी तथा सह-कोषाध्यक्षमा नन्दन सिंह कार्की सर्बसम्मत चयन भएका हुन् । नवनिर्वाचित पदाधिकारीहरुको  पदभार ग्रहण माघ ६ गते भव्य कार्यक्रमकाबीच  गरिने बर्ष २०२३ का अध्यक्ष हिक्मत बहादुर साउदले बताए । नवनिर्वाचित अध्यक्ष कठायतले संस्थागत विकास, सामाजिक सेवा, खेल तथा युवा उद्यमशीलता&nb...
धनगढीको नियोज फार्मेसीले शिविर सञ्चालन गर्ने !

धनगढीको नियोज फार्मेसीले शिविर सञ्चालन गर्ने !

समाचार
धनगढी- धनगढीको नियोज फार्मेसीले निःशुल्क चेक जाँच शिविर सञ्चालन गर्न भएको छ । यही पौष २८ गते फार्मेसीले मनोरोग सम्बन्धी निःशुल्क चेक जाँच शिविर सञ्चालन गर्न भएको हो । शिविरमा वरिष्ठ नशा रोग तथा मनोरोग विशेषज्ञ डा.अरविन्द भुसालले चेक जाँच गर्ने छन् । उक्त शिविरमा मानसिक रोग लगायत अन्य रोगको चेकजाँच हुने नियोज फार्मेसीका सञ्चालक निराजन भण्डारीले जानकारी दिए । शिविरमा परामर्श शुल्क निःशुल्क रहेको छ । नियोज फार्मेसीले धनगढीमा तीन वर्ष देखि सेवा दिँदै आइरहेको छ ।...
सेती प्राविधिक शिक्षालयमा राति शिक्षकले विद्यार्थी कुटेपछि !

सेती प्राविधिक शिक्षालयमा राति शिक्षकले विद्यार्थी कुटेपछि !

समाचार
डोटीः डोटी दिपायलमा रहेको सेती प्राविधिक शिक्षालयका एक शिक्षकले राति आफ्नै विद्यार्थीलाई कुटेको घटना बाहिर आएको छ। प्राविधिक शिक्षालयका शिक्षक मन्दिप कुँवर मदिरा सेवन गरेर शनिबार राति करिब १२ बजे दिपायल–सिलगढी नगरपालिका–४ जोगिडाव्रेस्थित विद्यार्थीहरुको डेरामा पसेर हातपात गरेको विषय बाहिर आएको हो। घटनामा शिक्षक कुँवरले एक विद्यार्थीको मोबाइल समेत फुटाएको पीडितको  गुनासो छ।  केही समय पहिले विद्यार्थीहरुबिच झडप हुँदा शिक्षक कुँवरले साम्य गराउने क्रममा विद्यार्थीहरुसँग विवाद भएको थियो। सोही विवादको विषयलाई लिएर शिक्षक कुँवर राति विद्यार्थीको कोठाभित्र पसेर हातपात गर्ने काम भएको प्रहरीको भनाइ छ। जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले विवाद समाधानको कुरा भएपनि रातिको समयमा विद्यार्थीको कोठाभित्र पस्नु शिक्षक कुँवरको गल्ती भएको बताए। घटना...

गेटामा विश्वविद्यालय बन्ने प्रक्रिया अघि बढ्छ : स्वास्थ्यमन्त्री बस्नेत

समाचार
धनगढी - स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले गेटामा मेडिकल विश्वविद्यालय बन्ने प्रक्रिया अघि बढ्ने बताएका छन् । आइतबार गेटा मेडिकल कलेजको स्थलगत निरीक्षण गर्दै मन्त्री बस्नेतले गेटामा तीन सय शय्याको अस्पताल सञ्चालन भएपछि विश्वविद्यालय बनाउने प्रक्रिया अगाडि बढ्ने बताए । सो अस्पतालमा अहिले १०० शययामा सञ्चालनमा छ । उनले भने, ‘‘तीन सय अस्पताल सञ्चालनमा आएपछि मात्र मेडिकल शिक्षा अध्ययनको काम सम्भव हुन्छ, हामी गेटामा तीन सय शप्याको अस्पताल सञ्चालन गर्न लागिपरेका छौँ ।’’...

वनभोज खान हिँडेको बस दुर्घटना हुँदा २० जना घाइते

समाचार
दाङ - दाङमा बस दुर्घटना भएको छ । तुलसीपुर–अमेलिया सडक खण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१३ दमार गाउँमा बर्दियाबाट पिकनिकका लागि आउँदै गरेको बस दुर्घटनामा परेको हो ।  बर्दियाको बढैया ताल गाउँपालिका–६  मैना पोखरमा रहेको पिपरहवा कृषि कृषक समूहबाट दाङ चखौरामा पिकनिकका लागि आउँदै गरेको भे १ ख २०४१ नम्बरको बस बिहान दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एव प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोख्रेलले बताए ।  प्रहरी नायव उपरीक्षक पोख्रेलका अनुसार तुलसीपुर उपमहानगरपालिका १३ दमारगाँउ वनको उकालोमा दुर्घटना हुँदा करिब २० जना भन्दा बढी घाइते भएका छन् ।  घाइतेहरूलाई उद्धार गरेर तुलसीपुरस्थीत राप्ती प्रादेशिक अस्पताल ल्याउने क्रम चलिरहेको प्रहरी नायव उपरीक्षक पोख्रेलले बताए ।  उद्धार गरेर घाइतेहरूलाई ल्याउने काम भइरहेकाले बस कसरी दुर्घटना भयो भन्ने...

बझाङमा एक गर्भवती महिलाको मृत्यु 

समाचार
धनगढी - बझाङमा एक गर्भवती महिलाको मृत्यु भएको छ । केदारस्युँ गाउँपालिका-६ सिङराल्लीकी ३५ वर्षीय गौबडीदेवी धामीको शनिवार मृत्यु भएको हो ।  जिल्ला अस्पताल बझाङमा धामीको रक्तश्रावका कारण मृत्यु भएको जनाइएको छ । बिगत ३ महिनादेखि नियमित गर्भ जाँच नगराएको र  उच्च रक्त चाप पनि भएकाले घरबाटै समस्या लिएर रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरामा जाँदा स्वास्थ्य केन्द्रले त्यहाँ सम्भव नदेखिएपछि जिल्ला अस्पताल रेफर गरेको केदारस्युँ गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक कैलाश बलायरले बताए ।  बेहोस अवस्थामा जिल्ला अस्पताल ल्याइएकी उनको थप उपचारका लागि हेलिकप्टर व्यवस्थापन गरिरहेका बेला धामीको मृत्यु भएको हो ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज