धनगढी- धनगढीको नियोज फार्मेसीले निःशुल्क चेक जाँच शिविर सञ्चालन गर्न भएको छ । यही पौष २८ गते फार्मेसीले मनोरोग सम्बन्धी निःशुल्क चेक जाँच शिविर सञ्चालन गर्न भएको हो । शिविरमा वरिष्ठ नशा रोग तथा मनोरोग विशेषज्ञ डा.अरविन्द भुसालले चेक जाँच गर्ने छन् ।

उक्त शिविरमा मानसिक रोग लगायत अन्य रोगको चेकजाँच हुने नियोज फार्मेसीका सञ्चालक निराजन भण्डारीले जानकारी दिए । शिविरमा परामर्श शुल्क निःशुल्क रहेको छ । नियोज फार्मेसीले धनगढीमा तीन वर्ष देखि सेवा दिँदै आइरहेको छ ।