
धनगढी – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले गेटामा मेडिकल विश्वविद्यालय बन्ने प्रक्रिया अघि बढ्ने बताएका छन् ।
आइतबार गेटा मेडिकल कलेजको स्थलगत निरीक्षण गर्दै मन्त्री बस्नेतले गेटामा तीन सय शय्याको अस्पताल सञ्चालन भएपछि विश्वविद्यालय बनाउने प्रक्रिया अगाडि बढ्ने बताए । सो अस्पतालमा अहिले १०० शययामा सञ्चालनमा छ ।
उनले भने, ‘‘तीन सय अस्पताल सञ्चालनमा आएपछि मात्र मेडिकल शिक्षा अध्ययनको काम सम्भव हुन्छ, हामी गेटामा तीन सय शप्याको अस्पताल सञ्चालन गर्न लागिपरेका छौँ ।’’

