Advertisement
Wednesday, June 18

कैलालीमा पुनःस्थापना नहुँदा पहिरो प्रभावितको विचल्ली

Advertisement

धनगढी – कैलालीको चुरे गाउँपालिकाका बाढी, पहिरो प्रभावितहरुको विचल्ली भएको छ । थातथलोबाट विस्थापित भएको तीन वर्ष भए पनि पुनःस्थापना हुन नसक्दा उनीहरुको विचल्ली भएको हो ।

सो गाउँपालिकाको वडा –४, ५ र ६ को विभिन्न गाउँका स्थानीय बाढी, पहिरोको कारण विस्थापित भएका छन् । पुनःस्थापनाको पर्खाइमा रहेका ती परिवार टहरामुनि चिसोरात काट्दैआएका छन् । 

विस्थापित केही परिवारका सदस्य आफन्तको घरमा बसे पनि धेरैजसो जङ्गलमा टहरा बनाएर बसिरहेको गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले बताए । उनका अनुसार सुरुमा ५१८ परिवार विस्थापित भएका थिए । जसमध्ये १२० परिवारको केही पनि बचेको छैन । नम्बरी जग्गा भएका ती परिवारले घरखेत गुमाएका छन् । 

गाउँपालिकाले उनीहरुको पुनःस्थापनाका लागि सरोकारवाला निकायमा पहल गरिरहेको जनाएको छ । सम्भवतः दुई महिनाभित्र उनीहरुको पुनःस्थापना गर्नेगरी प्रक्रिया अगाडि बढाइएको अध्यक्ष बोगटीले बताए । उनीहरुलाई घरजग्गाका लागि जिल्ला विपद् व्यवस्थापन समितिमार्फत रकम उपलब्ध गराउने गरी व्यवस्थापनको प्रक्रिया अगाडि बढाइएको छ । कार्यविधि बनिसकेको गाउँपालिकाको कार्यालयले जानकारी दिएको छ । 

नम्बरी जग्गा गुमाएका प्रतिपरिवारलाई घर बनाउने जग्गा खरिदका लागि तीन लाख रुपियाँ र घर बनाउनका लागि चार लाखगरी सात लाख रुपियाँ उपलब्ध गराइने जनाइएको छ । अध्यक्ष बोगटीका अनुसार पहिरो तथा बाढी विस्थापितका लागि सङ्घले ६० प्रतिशत, प्रदेशले ३० र सम्बन्धित स्थानीय तहले १० प्रतिशत रकम जिल्ला विपद् व्यवस्थापन समितिको कोषमा जम्मा गर्नेगरी कार्यविधि बनेको छ । 

“जम्मा भएको पैसा सम्बन्धित पीडितहरुलाई जिल्ला प्रशासन कार्यालयमार्फत उपलब्ध हुनेछ” अध्यक्ष बोगटीले बताए । चुरेको वडा नम्बर ४ का सउन, बाजी, वनद्वार, वडा नम्बर ५ का काफलगैडा, पटरेनी, गुणी, खानीडाँडा काफलगैडा र सल्लेरी गाउँका मान्छे विस्थापित छन् । 

यस्तै, वडा नम्बर ६ को बगेडी, बसडी, गौजना, तल्लो गौजना, तितरे लगायतका गाउँका स्थानीय बाढी, पहिरोका कारण विस्थापित भएर कष्टकर जीवनयापन गर्दैआएको बताइएको छ । -गोरखापत्रबाट

बचन राज जोशी

बचन राज जोशी यस कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकाका अध्यक्ष तथा सञ्चालक हुनुहुन्छ । उहाँ विभिन्न समसामयिक विषयवस्तु, भाषा कला साहित्य तथा अन्य राजनीतिक र समाजमा भईरहेका विभिन्न विषयवस्तुमा रहेर पत्रकारिता गर्नुहुन्छ । उहाँ संग न्यूज २४ टेलिभिजन तथा अन्य रेडियोमा ५ वर्ष बढी काम गरेको अनुभव छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

डडेल्धुरामा व्यवसायीको शंकास्पद मृत्युपछि चक्का जाम,

डडेल्धुरामा व्यवसायीको शंकास्पद मृत्युपछि चक्का जाम,

डडेल्धुरा — डडेल्धुराका २८ वर्षीय व्यवसायी हरिसिंह पालीको शंकास्पद मृत्युपछि डडेल्धुराको स्याउले बजारमा चक्का जाम गरिएको छ। सुदूरप...
देशभर बदली, चट्याङसहित वर्षा र केही ठाउँमा भारी वर्षाको सम्भावना

देशभर बदली, चट्याङसहित वर्षा र केही ठाउँमा भारी वर्षाको सम्भावना

हाल देशका अधिकांश भागमा मनसुनी, पश्चिमी र स्थानीय वायुको प्रभावले आंशिकदेखि सामान्य बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसा...
ट्रम्पको सुझाव : खोमिनीले विना शर्त आत्मसमर्पण गर्नुपर्छ’

ट्रम्पको सुझाव : खोमिनीले विना शर्त आत्मसमर्पण गर्नुपर्छ’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतुल्लाह  खोमिनीलाई विना शर्त आत्मसमर्पण गर्न सुझाव दिएका छन्। ट्रम्प...
त्रिकोणात्मक टी–२० मा नेपाल चम्कियो, स्कटल्याण्ड ढल्यो

त्रिकोणात्मक टी–२० मा नेपाल चम्कियो, स्कटल्याण्ड ढल्यो

नेपालले त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृंखलामा पहिलो जित दर्ता गरेको छ। मंगलबार भएको खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डलाई ...
विप्लव निकट नेतालाई फरक दुई मुद्दामा ६ महिना कैद र जरिवाना

विप्लव निकट नेतालाई फरक दुई मुद्दामा ६ महिना कैद र जरिवाना

बझाङ – विप्लव समूह निकट रहेका नेताहरूमाथि फरक–फरक दुई अभद्र व्यवहार सम्बन्धी मुद्दामा कैद र जरिवानाको सजाय सुनाइएको छ। जिल्ला प्रश...
जयपृथ्वी नगरपालिकाका नाममा उच्च अदालत पाटन दिपायलद्घारा परमादेश जारि

जयपृथ्वी नगरपालिकाका नाममा उच्च अदालत पाटन दिपायलद्घारा परमादेश जारि

दिपक राज जोशी / बझाङ: उच्च अदालत दिपायलले जयपृथ्वी नगरपालिका का नाममा परमादेश जारी गरेको छ । सुदुरपश्चिम प्रदेश सरकारले आर्थिक बर्...
जन्मदिनको अवसरमा खड्काले गरे अनाथ बालबालिकालाई खाद्यवस्तु तथा स्टेशनरी वितरण

जन्मदिनको अवसरमा खड्काले गरे अनाथ बालबालिकालाई खाद्यवस्तु तथा स्टेशनरी वितरण

बझाङ । दुर्गाथली गाउँपालिका राजस्व शाखा प्रमुख तथा उद्यम विकास सहजकर्ता प्रदिप कुमार खड्काले आफ्नो जन्मदिनको अवसरमा समाजसेवामूलक ...
महिलाका एजेन्डालाई पहिलो प्राथमिकतामा राखेकी उपाध्यक्ष भण्डारी

महिलाका एजेन्डालाई पहिलो प्राथमिकतामा राखेकी उपाध्यक्ष भण्डारी

उत्तमकुमार थापा, बझाङ बझाङ जिल्लाको तलकोट गाउँपालिका उपाध्यक्ष पार्वती कुवर भण्डारीले आफ्नो कार्यकालभरि महिलाका एजेन्डालाई प्रा...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज