Advertisement
Monday, May 19

औषधी विभागका महानिर्देशक ढकालको आतंक : सरुवामा मनपरी गरेको आरोप

Advertisement

काठमाडौं – औषधी व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले मनोमानी तरिकाले कर्मचारी सरुवा गरेका छन् ।

अधिकृतस्तरका कर्मचारीको फेरबदल स्वास्थ्य मन्त्रालयले गर्ने भएतापनि उनले कर्मचारीको लिष्ट बनाएर मन्त्रीलाई दबाब दिएर विभागका कर्मचारीको सरुवा गर्न लगाएका हुन् । 

नियमित सरुवाको समय नै नभएकाहरुलाई पनि ढकालकै दबाबमा मन्त्रालयले सरुवा गरेको मन्त्रालय स्रोत बताउँछ । ‘ढकाल सरको लिष्टमा एउटा पनि तलमाथि नभई सरुवा भएको छ,’ मन्त्रालय स्रोतले भन्यो, ‘यो नियमित खालको सरुवा होइन् ।’ औषधी व्यवस्था विभाग स्रोतका अनुसार ढकालले आफूखुसी गर्ने काममा प्रश्न उठाउने र गुपचुप रुपमा ऐन परिवर्तनको मस्यौदा तयार गरिरहेको विषयमा चासो देखाउने कर्मचारीलाई छानी—छानी जिम्मेवारी हेरफेर र सरुवा गरेका छन् । 

लोकसेवाबाट नाम निकालेर वीर अस्पतालमा पदस्थापन भएको तीन महिना पनि नपुगेका फार्मेसी अधिकृत अनुप विष्टलाई उनले विभागमा तानेका छन् । 

वीरमा जान पहिलेदेखि नै रुची राखेका मानबहादुर महरालाई पठाएका छन् । त्यसैगरी, कोशी प्रदेशबाट एक वर्षअघि औषधी व्यवस्था विभाग सरुवा भएका संजीव कट्टेललाई स्वास्थ्य सेवा विभाग पठाएका छन् । 

उनको ठाउँमा स्वास्थ्य सेवा विभागबाट निशा पराजुलीलाई ल्याइएको छ । पराजुली लोकसेवाबाट नाम निकालेर विभागमा पदस्थापन भएर कार्यभार सम्हालेको एक वर्ष मात्रै भएको छ । सामान्यतयाः सुरुको पदस्थापन भएको दुई वर्षसम्म कर्मचारीलाई एक ठाउँबाट अर्को ठाउँमा सरुवा गरिदैन् । 

कर्मचारीहरु पनि कम्तीमा २ वर्ष एक ठाउँमा रहेर काम गर्न चाहन्छन् । महानिर्देशक ढकालले आफूलाई मन नपरेका कर्मचारीलाई अवधि नै नपुगी सरुवा गराएका छन् । 

उनले आफूले भनेअनुसार खुरुखुरु काम गर्ने निकट कर्मचारीलाई भने ७÷८ वर्षदेखि विभागमै काखी च्यापेर राखेका छन् । केही समयअघि वीर अस्पतालबाट कार्वाहीमा परेर विराटनगर सरुवा भएका श्याम मण्डललाई औषधी व्यवस्था विभागमै काजमा ल्याएका छन् । 

त्यसैगरी, औषधी व्यवस्था विभाग विराटनगरका निमित्त प्रमुख टेकेन्द्र मिश्रलाई औषधी व्यवस्था विभाग तानिएको छ भने औषधी व्यवस्था विभागका निकेश श्रेष्ठलाई विराटनगर पठाइएको छ । त्यस्तै, विभागबाट चतुर्भुज धनाडीलाई डडेल्धुरा पठाइएको छ । डडेल्धुराका विवेक श्रेष्ठलाई वीर अस्पताल र सर्फराज अहमदलाई वीरगञ्जबाट औषधी व्यवस्था विभाग ल्याइएको छ । -हेल्थआवजबाट 

बचन राज जोशी

बचन राज जोशी यस कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकाका अध्यक्ष तथा सञ्चालक हुनुहुन्छ । उहाँ विभिन्न समसामयिक विषयवस्तु, भाषा कला साहित्य तथा अन्य राजनीतिक र समाजमा भईरहेका विभिन्न विषयवस्तुमा रहेर पत्रकारिता गर्नुहुन्छ । उहाँ संग न्यूज २४ टेलिभिजन तथा अन्य रेडियोमा ५ वर्ष बढी काम गरेको अनुभव छ ।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

आज हावाहुरी सहित यिँ प्रदेशमा भारी वर्षा हुने

आज हावाहुरी सहित यिँ प्रदेशमा भारी वर्षा हुने

काठमाडौं : कोशी प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आ...
सरकारको सार्वजनिक ऋण २६ खर्ब २२ अर्ब

सरकारको सार्वजनिक ऋण २६ खर्ब २२ अर्ब

सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब २२ अर्ब ४० करोड रुपैयाँ देखिएको छ । सार्वजनिक ऋण व्यस्थापन कार्यालयले आइतबार सार्वजनिक गर...
पुल अभावले बागथला–बिजगडा सडक वर्षातमा अवरुद्ध हुने- सरोकारवाला मौन

पुल अभावले बागथला–बिजगडा सडक वर्षातमा अवरुद्ध हुने- सरोकारवाला मौन

बागथला–बिजगडा सडक खण्डअन्तर्गत रातागडा खोला । तस्बिर : सुरेश धामी बझाङ: बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका हुँ...
राष्ट्रिय युवा संघ नेपाल : महासचिव पदमा विनय शाहको किन बलियो दाबी ?

राष्ट्रिय युवा संघ नेपाल : महासचिव पदमा विनय शाहको किन बलियो दाबी ?

कैलाली: नेकपा एमालेको सबैभन्दा बलियो मानिने जनसंगठन, राष्ट्रिय युवा संघ नेपाल, आफ्नो दशौँ राष्ट्रिय महाधिवेशनको तयारीमा छ । जेठ ९ ...
हुलाकी राजमार्गकेन्द्रित अभियानपछि माओवादी मध्यपहाडी लोकमार्गमा 

हुलाकी राजमार्गकेन्द्रित अभियानपछि माओवादी मध्यपहाडी लोकमार्गमा 

प्रमुख प्रतिपक्ष दल माओवादीले शुक्रबारदेखि बैतडीको पाटनबाट मध्यपहाडी लोकमार्गकेन्द्रित जनतासँग माओवादी जागरण अभियानको थालनी गरेक...
प्रचण्ड देउवा टेलीफोन वार्ता पछि जनार्दन बुढानिलकण्ठमा

प्रचण्ड देउवा टेलीफोन वार्ता पछि जनार्दन बुढानिलकण्ठमा

प्रमुख प्रतिपक्षी दल माओवादीले कांग्रेस सभापति तथा सत्तागठबन्धनका मुख्य नेता शेरबहादुर देउवासँग एकैदिन दुईपटक संवाद गरेको छ । शुक्...
अज यी प्रदेशमा चट्याङ सहित वर्षा

अज यी प्रदेशमा चट्याङ सहित वर्षा

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै बंगालको खाडी र अरब सागरबाट आएको ...
स्थानीय सञ्चालन ऐन पास गर्ने तयारीमा प्रदेश सरकार

स्थानीय सञ्चालन ऐन पास गर्ने तयारीमा प्रदेश सरकार

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट स्थानीय सञ्चालन ऐन पास गर्ने तयारीमा प्रदेश सरकार लागेको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज