Advertisement

समाचार

पश्चिम सेतीको काम छिट्टै सम्पन्न गर्न मुख्यमन्त्रीको निर्देशन

समाचार
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पश्चिम सेती जलविद्युत आयोजनाको काम छिट्टै सम्पन्न गर्न निर्देशन दिएका छन् । प्रदेशको आर्थिक विकासका लागि गेमचेन्जर परियोजनाको रूपमा रहेको पश्चिम सेतीको निरीक्षण गर्दै उनले परियोजना निर्माण कम्पनीका महाप्रबन्धक प्रकाशचन्द्र उपाध्यायलाई काम छिटो पूरा गर्न निर्देशन दिएका हुन् । ७५० मेगावाटको पश्चिमसेती जलविद्युत आयोजनालाई भारतीय कम्पनी एनएचपीसीले निर्माण गर्नेछ ।  आयोजना अन्तर्गत राता पड, लुवाखडी सुरुङको काम गर्न माटो परीक्षणको कार्य थालिएको छ । माटो परीक्षण गर्ने कार्यको मुख्यमन्त्री शाहले उद्घाटन गरेका छन् । ...

कञ्चनपुरमा आजदेखि जलपन्छी गणना सुरु

समाचार
कञ्चनपुर -  कञ्चनपुरमा आजदेखि जलपन्छी गणना सुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको अगुवाइमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल पन्छी संरक्षण सङ्घ, हिमालयन नेचरगाइड, शुक्लाफाँटा नेचर गाइड एसोसिएसनलगायत सङ्घसंस्थाले जलपन्छी गणना थालेका हुन् । जलपन्छी गणना आजदेखि माघ ७ गतेसम्म जारी रहने नेपाल पन्छी संरक्षण सङ्घका चराविज्ञ हिरुलाल डंगौराले बताए । उनका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रमा सिमसार क्षेत्र, ताल तलैया, नदीलगायत र निकुञ्जबाहिरका जलाधार क्षेत्रमा जलपन्छी गणना हुनेछ । निकुञ्जबाहिरका क्षेत्रमा डिभिजन वन कार्यालयसँग समन्वय गरी जलपन्छी गणना हुने चराविज्ञ डंगौराले बताए ।  सिमसार क्षेत्रमा आश्रित रैथाने र आगन्तुक चराको विवरण तथा अवस्था पत्ता लगाउन, सङ्ख्याको अद्यावधिक गर्न हरेक वर्षको यसै दिनदेखि जलपन्छी गणना हुँ...

बाजुराको एक पसलमा आगलागी हुँदा ६ लाखको क्षति

समाचार
बाजुरा - बाजुराको एक पसलमा आगलागी भएको छ । जिल्लाको खप्तड छेडेदह गाउँपालिका–७ लमगाउँका भीमबहादुर रावतको खद्रा पसलमा बिजुलीको तार सर्ट भएर आज (शनिबार) बिहान आगलागी भएको हो ।  आगलागीबाट करिब ६ लाख मुल्यको धनमाल जलेर नष्ट भएको अनुमान गरिएको छ । पसलभित्र रहेका चामल, लत्ताकपडा, मदिरा, खुद्रा सामान, इलेक्ट्रोनिक सामाग्री, भाडाबर्तन, रिचार्ज कार्ड, नगद लगायतका सामानहरु जलेर करिब पाँच लाख ९१ हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।  प्रहरी र स्थानीय सहयोगमा आगो नियन्त्रणमा लिने काम भएको थियो । क्षतिको एकिन विवरणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...

धनगढी–अत्तरिया सडकमा साइकल लेन उद्घाटन

समाचार
धनगढी - कैलालीको धनगढी–अत्तरिया सडकमा साइकल सेन निर्माण गरिएको छ । कैलाली भन्सारदेखि धनगढी विमानस्थल मार्गसम्मको सडकमा उपमहानगरपालिकाले साइकल लेन निर्माण गरेको हो । धनगढी उपमहानगरपालिकाले गत कात्तिकमा १४ किलोमिटर सडकमा साइकल लेन निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो ।

एनआइसी एसिया लघुवित्त वित्तीय संस्था बौनियाद्वारा साक्षरता तालिम तथा सहयोग

समाचार
धनगढी - एनआइसी एसिया लघुवित्त वित्तीय संस्था सुदूरपश्चिम प्रदेश अन्तर्गत उप प्रदेश कार्यालय बौनिया शाखाद्वारा वित्तीय साक्षरता तालिम तथा सहयोग कार्यक्रम गरिएको छ । उक्त शाखाद्वारा बसन्त मुरारी नमूना माध्यमिक विद्यालयका माध्यमिक तहमा अध्यनरत विद्यार्थीहरुलाइ वित्तीय साक्षरता तालिम  र अती विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाइ जुत्ता र झोला वितरणका साथै उत्कृष्ट विद्यार्थीलाई पुरस्कारसमेत वितरण गरिएको हो । साथै विद्यालयलाई फोहोर व्यवस्थापन गर्न डस्ट्बिन पनि वितरण गरिएको थियो । उक्त कार्यक्रममा विद्यालय  व्यवस्थापन समितिका  पदाधिकारी  बर्दगोरिया गाउँपालिकाका शिक्षा शाखा प्रमुख, विद्यालयका सम्पूर्ण शिक्षकका साथै अभिभावकको पनि बाक्लो उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको उप प्रदेश प्रमुख भुवन राज भट्ट र शाखा प्रमुख नैन बहादुर बिष्ट ले सहजीकरण गरेका थिए ।...

धनगढी रङ्गशालामा भुवा प्रतियोगिता हुने

समाचार
धनगढी - धनगढीमा भुवा प्रतियोगिता हुने भएको छ ।  बाजुरेली सेवा समाजको आयोजनामा पुष २६ गतेदेखि धनगढी रङ्गशालामा भुवा प्रतियोगिता हुने भएको हो ।  आज शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गर्दै समाजले पुस २५ गतेभीत्र टीम दर्ता गराउन आग्रह गरेको छ । भुवा पर्वका लागि १० वटा टीम सहभागी हुनसक्ने अनुमान गरिएको बाजुरेली सेवा समाजका अध्यक्ष बजिर सिह धामीले बताए ।  उनले कैलाली र कञ्चनपुरमा बसोबास गर्ने बाजुरालगायत भुवा पर्व मनाउनेहरुलाई प्रतियोगितामा सहभागिताका लागि समाजले आग्रह गरेको छ । प्रतियोगिता सहभागी हुने टिम दर्ता शुल्क ९ सय ९९ रुपैयाँ रहेको बताइएको छ । प्रतियोगितामा प्रथम, दृतिय,तृतिय हुने टिमलाई पुरस्कार,प्रमाण पत्र, प्रशंसा पत्र, भुवा प्रदर्शनी हुने बाजुरेली सेवा समाजले जनाएको छ । ...

आन्दोलनकारीको मृत्युपछि बरहथवामा कर्फ्यू

समाचार
सर्लाही - सर्लाहीको बरहथवामा एक आन्दोलनकारीको मृत्यु भएपछि स्थानीय प्रशासनले कार्फ्यू आदेश जारी गरेको छ । बरहथवा नगरपालिका-६ का ३० वर्षीय जयशंकर साहको मृत्यु भएपछि स्थानीय प्रशासनले कार्फ्यू आदेश जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले एक सूचना जारी गर्दै कर्फ्यू लगाएको बताएका छन् । उनका अनुसार बेलुका ५:३० बजेदेखि भोलि बिहान ८ बजेसम्‍म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (१) (३) बमोजिम कर्फ्यू आदेश जारी गरिएको हो । कर्फ्यू लागेसँगै बरहथवा नगरक्षेत्र (उत्तर सोतीरचोर्निया पुल, पश्चिम हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र पूर्वमा सीतापुर जाने बाटो ब्रह्मस्थान) सिमा क्षेत्र भित्र कसैले आजवतजावत गर्न नपाइने, भेला हुन नपाइने, बाहिर हिलडुल गर्न पाउने छैनन् । यो आदेशको उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले आवश्यकता अनुसार बल प्रयोग गरी कानून बमो...

ए सरकार पानी दे : संघर्ष समितिद्वारा प्रदर्शन 

समाचार
काठमाडौं - मेलम्चीको पानी ल्याएर काठमाडौंमा वितरण गर्नुपर्ने माग गर्दै उपत्यका संघर्ष समितिले आज पाटन दरबार क्षेत्रमा प्रदर्शन गरेको छ । काठमाडौं उपत्यका मेलम्ची खानेपानी आयोजनाले मेलम्चीको पानी ल्याउन पहल नगरेको भन्दै उपभोक्ताहरुले संघर्ष समिति नै गठन गरेर एक महिनादेखि नै नियमित जसो प्रदर्शन गर्दै आएका छन् । काठमाडौं उपत्यकाका फरक फरक ठाउँमा प्रदर्शन गर्दै आएका उनीहरुले आज पाटन दरबार क्षेत्रमा प्रदर्शन गरेका हुन् । उपभोक्ताहरु रित्ता गाग्रीसहित विभिन्न नारा लेखिएका पोस्टर र प्लेकार्ड बोकेर नै प्रदर्शनमा सहभागी भएका थिए । मेलम्ची राष्ट्रिय गौरवको आयोजना भए पनि सरकारले आयोजना पूरा नगरेका कारण आन्दोलनमा उत्रिनु परेको गर्ने संघर्ष समितिले बताएको छ । मनसुन सुरु हुनुअघि मेलम्चीको सुरङ बन्द गरेर पानी ल्याउन रोकिएको थियो । मनसुन सकिएको लामो समय हुँदा पनि मेलम्चीको पानी काठमाडौं ल्य...

सशस्त्र प्रहरी बलमा २८८ जनाका लागि भर्ना खुल्यो 

समाचार
धनगढी - सशस्त्र प्रहरी बलले दुई सय ८८ पदका लागि भर्ना माग गरेको छ ।   निरीक्षक पदमा खुला ९९ जना, सहायक निरीक्षक पदमा  ९८ र परिचर पदमा ९१ जनाका लागि भर्ना खुलाएको हो ।

स्मार्ट सिटी बन्दै डडेल्धुराको अमरगढी

समाचार
डडेल्धुरा - नेपाल सरकारले देशका विभिन्न १० वटा सहरलाई स्मार्ट सिटीका रूपमा विकास गर्ने योजना अनुरूप सदरमुकाम अमरगढीलाई स्मार्ट सिटीका रूपमा विकास गर्न बजेट विनियोजन भएको छ । अमरगढी सहरभित्रका सडक स्तरोन्नतिका लागि नयाँ सहर आयोजना समन्वय कार्यालयमार्फत ९१ करोड रुपियाँ बजेट विनियोजन भएको हो ।  २०७५ सालमा अमरगढी स्मार्ट सिटी निर्माण गुरु योजना (मास्टर प्लान) तयार गरिएको थियो । नयाँ सहर आयोजना समन्वय कार्यालय काठमाडौँले अमरगढी स्मार्ट सिटी अन्तर्गत बागबजार–टुँडिखेल–हस्पिटल–रिङ रोड र लिङ्क रोडहरू गरेर १६.८४४ किलोमिटर सडक स्तरोन्नति गर्ने कार्य भइरहेको कार्यालयका इन्जिनियर मोनिका महर्जनले जानकारी दिइन् । स्मार्ट सिटीका लागि आवश्यक भवन, विद्युत्, खानेपानी, फोहोर व्यवस्थापन, यातायात, शिक्षालगायत सुविधा हुन आवश्यक छ । स्मार्ट सिटी योजना निर्माणका लागि विनियोजन भएको बजेटबाट केही थप ...

गृह जिल्लामा राष्ट्रपति पौडेल

समाचार
तनहुँ - राष्ट्रपति रामचन्द्र पौडेल गृह जिल्ला तनहुँ पुगेका छन् ।  भानु नगरपालिका–७ वसन्तपुरस्थित पूर्कोट माध्यमिक विद्यालयको शतवार्षिकी समुद्घाटन गर्न राष्ट्रपति पौडेल शुक्रबार तनहुँ पुगेका हुन् । राष्ट्रपति बनेपछि पौडेलको यो दोस्रो पटकको गृह जिल्ला भ्रमण हो । यस अघि असोज ६ गते सदरमुकाम दमौलीस्थित जिल्ला सभा हलको उद्घाटनका लागि राष्ट्रपति पौडेल तनहुँ गएका थिए ।...

धनगढीको एनडब्लुएका विद्यार्थीले पाए फ्रान्समामा कमाइ सहितको इन्टर्नसिप

समाचार
धनगढी - धनगढीमा रहेको एनडब्लुए कलेजमा बीएचएम अध्ययनरत् दुइ जना विद्यार्थीहरुले फ्रान्सको पेरिसमा रहेको स्टार होटलमा पेड इन्टर्नसिपको अवसर पाएका छन् ।  कलेजमा बीएचएम अध्ययनरत विद्यार्थीहरु अर्जुन सन्ज्याल र उमेश शर्माले पेरिस स्थित होटेलमा पेड इन्टर्नसिपको अवसर पाएका हुन् ।  उक्त होटेलमा विद्यार्थीहरुले काम सिक्दै आकर्षक पारिश्रमिक पनि पाउँनेछन् । यसबाहेक विद्यार्थीहरुले विभिन्न देशमा रहेका स्टार होटलमा र नेपालकै विभिन्न होटेलहरुमा इन्टर्नसिपको अवसर पाइसकेका छन् । कम्तीमा पढ्दापढ्दै विद्यार्थीहरुले आफ्नो शैक्षिक शुल्क आफै तीर्न सक्ने बनाउँने र भविष्य सुनिश्चित गरिदिने कलेजको नीति अनुसार विद्यार्थीलाई जब प्लेसमेन्टको व्यवस्था गर्दै आएको कलेजका एकेडेमीक डाइरेक्टर भिम चौधरीले बताउनु भयो ।  कलेजले भर्खरै मात्र जापानमा भएको एक कार्यक्रमा सर्वोत्कृट होटेल म्यानेजमेन्ट कलेज अ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज