
तनहुँ – राष्ट्रपति रामचन्द्र पौडेल गृह जिल्ला तनहुँ पुगेका छन् ।
भानु नगरपालिका–७ वसन्तपुरस्थित पूर्कोट माध्यमिक विद्यालयको शतवार्षिकी समुद्घाटन गर्न राष्ट्रपति पौडेल शुक्रबार तनहुँ पुगेका हुन् ।
राष्ट्रपति बनेपछि पौडेलको यो दोस्रो पटकको गृह जिल्ला भ्रमण हो । यस अघि असोज ६ गते सदरमुकाम दमौलीस्थित जिल्ला सभा हलको उद्घाटनका लागि राष्ट्रपति पौडेल तनहुँ गएका थिए ।