केएमसीमा व्यक्तित्व विकास र सिर्जनात्मक लेखन सम्बन्धि कार्यशाला सम्पन्न
धनगढी - कैलाली बहुमुखी क्याम्पसमा विद्यर्थी गुणस्तर समुहले आयोजाना गरेको सिर्जनात्मक लेखन र व्यक्तित्व विकास सम्बन्धि चार दिने कार्यशाला सम्पन्न भएको छ ।
क्याम्पसमा अध्ययनरत विद्यर्थीहरुको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्धेश्यले विद्यार्थीहरुकै नेतृत्वमा गत साउन ३२ गते उक्त समुह गठन गरिएको थियो ।
त्यस यता असोज २५ गते विद्यार्थी गुणस्तर समुहको तर्फबाट अध्ययनसंगै उद्यम गरिरहेका विद्यार्थीहरुलाई हौसला बढाउन सम्मान गरियो । जसमा कैलाली बहुमुखी क्याम्पसका विभिन्न क्षेत्रमा स्वरोजगार १४ जना विद्यार्थीहरु सम्मानित भएका थिए ।
कानून संकायमा अध्ययनरत विद्यार्थी ओम प्रकाश वस्तीको संयोजकत्वमा रहेको यो समुहले यहि माघ ६ गते देखि ९ गते सम्म दोस्रो कार्यक्रम सिर्जनात्मक लेखन र व्यक्तित्व विकास सम्बन्धि चार दिने कार्यशाला आयोजना गरेकोहो ।
विद्यार्थीहरुलाई दैनिक जीवनमा आवश्यक पर्ने...

