Advertisement

केएमसीमा व्यक्तित्व विकास र सिर्जनात्मक लेखन सम्बन्धि कार्यशाला सम्पन्न

Advertisement

धनगढी – कैलाली बहुमुखी क्याम्पसमा विद्यर्थी गुणस्तर समुहले आयोजाना गरेको सिर्जनात्मक लेखन र व्यक्तित्व विकास सम्बन्धि चार दिने कार्यशाला सम्पन्न भएको छ ।

क्याम्पसमा अध्ययनरत विद्यर्थीहरुको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्धेश्यले विद्यार्थीहरुकै नेतृत्वमा गत साउन ३२ गते उक्त समुह गठन गरिएको थियो । 

त्यस यता असोज २५ गते विद्यार्थी गुणस्तर समुहको तर्फबाट अध्ययनसंगै उद्यम गरिरहेका विद्यार्थीहरुलाई हौसला बढाउन सम्मान गरियो । जसमा कैलाली बहुमुखी क्याम्पसका विभिन्न क्षेत्रमा स्वरोजगार १४ जना विद्यार्थीहरु सम्मानित भएका थिए । 

कानून संकायमा अध्ययनरत विद्यार्थी ओम प्रकाश वस्तीको संयोजकत्वमा रहेको यो समुहले यहि माघ ६ गते देखि ९ गते सम्म दोस्रो कार्यक्रम सिर्जनात्मक लेखन र व्यक्तित्व विकास सम्बन्धि चार दिने कार्यशाला आयोजना गरेकोहो ।

विद्यार्थीहरुलाई दैनिक जीवनमा आवश्यक पर्ने व्यवहारिक सिपहरु सिकाउने उद्धेश्यले उक्त कार्यशालाको आयोजना गरिएको संयोजक वस्तीले बताए । “विभिन्न कार्यालय र क्याम्पसमै पनि औपचारिक चिठी वा निवेदन लेख्नु परे विद्यार्थीहरु अलमलमा पर्नुहुन्छ, नभए आफुभन्दा जान्ने व्यक्तिलाई गुहार्नु पर्ने अवस्था छ” उनले भने, “त्यति मात्र हैन शैक्षिक भ्रमणमा गईसकेपछि विद्यार्थीहरुले प्रतिवेदन तयार पार्ने संस्कार पनि कमै छ, अरुसंग लेखि माग्नुहुन्छ, यसै अवस्थालाई मध्यनजर गरेर हामीले क्षमता विकास सम्बन्धि यो कार्यशाला आयोजना गरेका हौँ”

प्रतिवेदन, प्रस्तावना, निवेदन लेखन, वाककला उद्घोषण जस्ता व्यवहारिक सिपहरु विकास गर्न विद्यार्थीहरु आफैले गतिशील हुनुपर्ने उनको भनाई छ । शैक्षिक गुणस्तर सुधारका लागि आगामी दिनमा पनि संकाय अनुसार आवश्यकताको आधारमा थप कार्यक्रमहरु सञ्चालन गर्ने योजना रहेको उहाँले बताएका छन् ।

कार्यशालाको पहिलो दिन क्याम्पस प्राध्यापक संघ केएमसीका सभापति, सह–प्राध्यापक डा. शिव प्रसाद सापकोटाले प्रस्तावना र प्रतिवेदन लेखन सम्बन्धि (अंग्रेजी माध्यम)मा प्रशिक्षण दिएका थिए । विद्यार्थीहरुले सिकाईलाई दिगो बनाउन खुल्ला र अन्तरक्रियात्मक शिक्षण शैलीको विकासमा जोड दिनुपर्ने उनको भनाई छ । 

जनशक्ति परिचालन, समुह व्यवस्थापन र लेखन सम्बन्धि कार्यशालामा सिकेका सिपहरु दैनिक जीवनमा उपयोगी हुने र सिकाईका क्रममा प्राध्यापक र विद्यार्थीबिचको मनोवैज्ञानिक दुरी कम गर्न मद्दत पुग्ने उनले बताए ।

त्यस्तै दोस्रो दिन नेपाली विषयका उप–प्राध्यापक वासुदेव बिष्टले नेपाली माध्यममा प्रतिवेदन, प्रस्तावना, चिठी, निवेदन, माईन्युट लेखन सम्बन्धि प्रशिक्षण दिएका छन् । 

तेस्रो दिन पहिलो सत्रमा अंग्रेजी विषयका उप–प्राध्यापक डा.मान बहादुर जोराले प्रस्तुतिकरण, त्यससम्बन्धि सिप र वायो–डाटा तयार पार्नेबारे प्रशिक्षण गराए । दोस्रो सत्रमा स्वतन्त्र विद्यार्थी युनियनका सचिव सन्तोष पन्तले वक्तव्य, मन्तव्य र यसका प्रकार तथा सिपहरुबारे प्रशिक्षण दिएका थिए ।

चौथो दिन उद्घोषण र वाक–कला सम्बन्धि प्रशिक्षक प्रेम चन्दले प्रशिक्षण गराए । उक्त कार्यशालामा सिर्जनात्मक लेखन सम्बन्धि सिप सिकेको मात्र नभएर व्यक्त गर्ने तरिकाहरुबारे स्पष्ट हुने मौका पनि पाएको विद्यार्थी कुवेरराज जैशीले बताउँछन् । त्यस्तै अर्की विद्यार्थी पूजा शाहले आफु भित्रको प्रतिभा प्रष्फुटन गर्ने र निखार्ने अवसर पाएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमको आवश्यक्ता रहेको बताइन् ।

स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष याराज जोशी सिर्जनात्मकता र रचनात्मक ज्ञान निर्माणका लागि उक्त कार्यशाला एकदमै उपयोगी भएको बताउँछन् । आगामी दिनमा योजनावद्ध ढङ्गले यस्ता व्यवहारिक र आवश्यक कार्यक्रमहरु आयोजनाका लागि स्ववियुका तर्फबाट पनि पहल चाल्ने उनले बताए । 

स्ववियुले क्याम्पसमा शिक्षासंगै सिप र शिक्षासंगै संस्कार अभियान चलाईरहेको छ । विद्यार्थीहरुलाई स्वरोजगार बनाउन र क्याम्पसमा व्यवसायिक जनशक्तिको उत्पादन गर्न ईन्क्युवेसन सेन्टर स्थापना गरिएको छ । जसमार्फत नयाँ उद्यम गर्न चाहाने विद्यार्थीहरुको आर्थिक आवश्यक्ता पुर्ति गर्न विश्वविद्यालय अनुदान आयोगले सहयोग गर्ने छ । 

क्याम्पसका तर्फबाट विद्यार्थीहरुको व्यक्तित्व विकासका लागि सँधै तत्पर रहेको क्याम्पस प्रमुख प्राध्यापक तोयराज भट्टले बताएका छन् । उत्पादनमूलक र सिर्जनात्मक जनशक्ति उत्पादनमा क्याम्पसले जोडदिने उनले बताए । उक्त कार्यशालामा क्याम्पसमा अध्ययनरत विभिन्न संकायका ६७ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

बचन राज जोशी

बचन राज जोशी यस कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकाका अध्यक्ष तथा सञ्चालक हुनुहुन्छ । उहाँ विभिन्न समसामयिक विषयवस्तु, भाषा कला साहित्य तथा अन्य राजनीतिक र समाजमा भईरहेका विभिन्न विषयवस्तुमा रहेर पत्रकारिता गर्नुहुन्छ । उहाँ संग न्यूज २४ टेलिभिजन तथा अन्य रेडियोमा ५ वर्ष बढी काम गरेको अनुभव छ ।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

गलत भए मलाई जेल हाल: मेयर बालेन

गलत भए मलाई जेल हाल: मेयर बालेन

काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले आफूलाई गलत जेल हाल्न संघीय सरकारलाई चुनौती दिएका छन्। कानून मिच्ने भ्रष्टाचार...
डोटीमा भालुको आक्रमणबाट २ जना घाइते

डोटीमा भालुको आक्रमणबाट २ जना घाइते

धनगढी- डोटीमा भालुको आक्रमणबाट २ जना घाइते भएका छन् । जिल्लाको सायल गाउँपालिका- ६ स्वाडाका अन्दाजी ६२ वर्षीय करी साउँद र उनकी श्री...
बझाङमा क्षयरोगका ४७ प्रतिशत बिरामी मात्र उपचारको दायरामा

बझाङमा क्षयरोगका ४७ प्रतिशत बिरामी मात्र उपचारको दायरामा

बझाङ– बझाङमा राष्ट्रिय क्षयरोग प्रसार सर्वेक्षण २०१९ (Prevalence Survey 2019) का आधारमा वार्षिक रूपमा करिब ४ सय १५ जना नयाँ क्षयरो...
अछाममा करेन्ट लागेर एक किशोरीको मृत्यु

अछाममा करेन्ट लागेर एक किशोरीको मृत्यु

धनगढी- अछाममा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ । जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका-६, दर्ना चन्डालीकी १८ वर्षीया सुनिता कडा...
कार्यकारी निर्देशकबाट कुलमानलाई हटाउने निर्णयको चौतर्फी विरोध

कार्यकारी निर्देशकबाट कुलमानलाई हटाउने निर्णयको चौतर्फी विरोध

काठमाण्डौ – कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयको चौतर्फी विरोध भएको छ । सत्तारुढ कां...
प्रेस चौतारी नेपालको अध्यक्षमा पाण्डे सर्वसम्मत

प्रेस चौतारी नेपालको अध्यक्षमा पाण्डे सर्वसम्मत

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत चयन भएका छन । सोमबार बिराटनगरमा सम्पन्न १० औँ राष्ट्रिय अधिवेशनले पाण्डेको अ...
आज कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा चट्याङ्गसहित वर्षाको सम्भावना

आज कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ - हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको प...
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य नियुक्त

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य नियुक्त

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्र देव शाक्य नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज